बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

प्रधानन्यायाधीश चोलेन्द्रको अन्ततः जोगियो कुर्सी, राजीनामा माग्ने यस्तो बोल्ड निर्णय गरिदिए न्यायाधीशहरुले नै !

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कुर्सी जोगिने संकेत देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रलाई कारबाही माग गर्दै उनले तोकेका बन्दीबाहेकका इजलास बहिष्कार गर्दै आएका पाँच न्यायाधीशले अरू सहकर्मीहरूसँगको छलफलमा नबस्ने भएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कुर्सी जोगिने संकेत देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रलाई कारबाही माग गर्दै उनले तोकेका बन्दीबाहेकका इजलास बहिष्कार गर्दै आएका पाँच न्यायाधीशले अरू सहकर्मीहरूसँगको छलफलमा नबस्ने भएका छन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रलाई साथ दिने भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने निर्णय गरेको पाँचमध्येका एक न्यायाधीशले बताए।

’हामीहरूबीच हप्ता दिनअघि नै गोलाप्रथा लागु गरेर काममा फर्किने सहमति भएको थियो। विभिन्न कारणले त्यो लागु हुन सकिरहेको छैन। जनतालाई न्याय दिन बसेका हामी इजलास नबस्दा उनीहरूले पाएको सास्ती देखेर चित्त दुख्यो।यता छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन’ उनले भने, ’त्यसैले अब हामी फुर्लकोटबाहेक अरू कुनै पनि छलफलमा सहभागी नहुने निर्णय ग¥यौं। हामी नियमित काममा फर्किन्छौं।’

आज नेपाल बार एशोसिएसनले इजलास बहिष्कार गर्दैआएका न्यायाधीशहरूसँग भेट्न गएको थियो। नेपाल बार र सर्वोच्चबारका ७ पदाधिकरी भेट्न जाँदा १३ न्यायाधीशमात्र उपस्थित थिए। आफूहरू इजलासमा भएको जनाउ दिँदै भेट जारी राख्न उनीहरूले सन्देश पठाएको नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले बताए।

आज प्रधानन्यायाधीश राणाले आन्दोलनरत बारलाई संवादबाट समस्या समाधान गर्न आह्वान गरेका थिए। उनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले विकृति विसंगति रोक्न दिएको प्रतिवेदन लागु गर्न आफू तयार भएको भन्दै अरू समस्या वार्ताबाट समाधान गर्न आह्वान गरेका थिए।

उनको विज्ञप्ति आइसकेपछि नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्चबारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशसँग आफूहरूले वार्ता नगर्ने बताएका थिए। सर्वोच्चमाम भएको धर्नापछि बार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले विकृति र विसंगतिको मूलढोका प्रधानन्यायाधीश राणा नै भएकाले उनको राजिनामा आफुहरूको बटमलाईन भएको बताएका थिए।

प्रधानन्यायाधीश राणाको वर्ता आह्वान अस्वीकार गरेका उनीहरू आफ्ना पदाधिकारी लिएर सर्वोच्चका अरू न्यायाधीशलाई भेट्न गएका हुन्। आज नेपाल बारका पदाधिकारीले नै आफ्ना कुरा न्यायाधीशहरूसमक्ष राखेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

’हामीले आज आफ्ना कुरा राख्यौं। हाम्रो बटमलाईन् चोलेन्द्रको राजिनामा हो त्यो भन्दा बाहेकका कुरा हामी गर्दैनौं। उनी गएपछी सुधार अभियान अघि बढ्छ भनेका थियौं। प्रधानन्यायाधीशले तोकेका इजलासमा नबस्न पनि आग्रह ग¥यौं,’ उनले भने,’हामीसँग सल्लाह नगरि प्रधानन्यायाधीशसँग आफै गएर कुनैपनि सहमति नगर्न पनि हामीले अनुरोध गरेका थियौं।’

बार पदाधिकारीले १३ न्यायाधीशहरूसमक्ष आजसम्म प्रधानन्यायाधीशसँग बारले गरेका सहमति, बारले उनलाई ध्यानाकर्षण गर्दै निकालेका वक्तव्य, गोलाप्रथा र न्यायलय सुधारको आन्दोलन र पछिल्लोपटक उनको राजिनामा माग गर्दै जारी आन्दोलनबारे ब्रिफिङ पनि गरेका थिए। आज आफ्ना कुरा राखेको बारले भोली फेरि न्यायाधीशहरूका कुरा सुन्न जाने अध्यक्ष श्रेष्ठले बताए।

हिजोमात्र नेपालबारले उनीहरूलाई प्रधानन्यायाश राणाले तोकेका इजलास नबस्न चिठी लेखेको थियो। प्रधानन्यायाधीशलाई मार्गप्रसस्त गर्न सुझाव दिएर झण्डै तीन हप्तादेखि उनीहरूले प्रधानन्यायाधीशले तोकेका बन्दीका मुद्दा परेका बाहेक अरू इजलास बहिष्कार गरिरहेका छन्।

उनीहरूबीच गोलाप्रथा प्रणाली लागु तत्काल लागु भए इजलास कि भन्ने मतबारे छलफल चलिरहेका बेला बारले आइतबार यस्तो चिठी पठाएको हो। सर्वोच्चमा अहिले प्रधानन्यायाधीश विरूद्ध सबै न्यायाधीशले इजलास बहिष्कार गरि आगामी रणनीति के बनाउने भन्ने छलफल गरिरहेका छन्।

छलफलमा हिजोसम्म गोलाप्रथाबाट पेशी तोक्ने विषय थियो। १९ न्यायाधीशमध्ये उल्लेखित पाँच न्यायाधीशले गोलाप्रथा लागु गरे इजलासमा फर्किनुपर्छ भन्ने धारणा छलफलमा राख्दै आएका थिए। गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली भयो भने प्रधानन्यायाधीशले पेशी नतोक्ने हुनाले इजलासमा फर्किन सकिने उनीहरूको तर्क थियो।

तर कतिपयले भने प्रधानन्यायाधीश राणाको बहिर्गमन नै पहिलो सर्त भएको धारणा राख्ने गरेका छन्। प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागु गरिदिएर आफू पदमा रहिरहने रणनीति लिन सक्ने उनीहरूको आशंका छ। आफूहरूले सुधारको लागि गोलाप्रथामा जानुपर्ने भनेपनि यतिधेरै विवादमा फसेका प्रधानन्यायाधीशको बहिर्गमन भएपछि त्यो लागु गर्नुपर्ने उनीहरूको भनाइ छ।

मन्त्रिपरिषद, संवैधानिक परिषदलगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका छन्। दसैंअघि मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाले मागेको भागमा उनकै जेठान गजेन्द्र हमाललाई नियुक्त गरेका थिए। चर्को विवादपछि हमालले राजीनामा दिए। प्रधानन्यायाधीशले यसरी सत्तामा भाग खोज्नु न्यायालयमा विचलन हो भन्दै नेपाल बार एसोसिएसन आन्दोलनमा छ। सर्वोच्चका १९ न्यायायाधीशहरू पनि प्रधानन्यायाधीश राणाले न्यायिक विचलन निम्त्याएको भन्दै उनी विरूद्ध विद्रोह गरिरहेका छन्।

मन्त्रिपरिषद, संवैधानिक परिषदलगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका छन्।

दसैंअघि मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाले मागेको भागमा उनकै जेठान गजेन्द्र हमाललाई नियुक्त गरेका थिए। चर्को विवादपछि हमालले राजीनामा दिए।

प्रधानन्यायाधीशले यसरी सत्तामा भाग खोज्नु न्यायालयमा विचलन हो भन्दै नेपाल बार एसोसिएसन आन्दोलनमा छ। सर्वोच्चका १९ न्यायायाधीशहरू पनि प्रधानन्यायाधीश राणाले न्यायिक विचलन निम्त्याएको भन्दै उनी विरूद्ध विद्रोह गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search