शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

‘ब्याक टु ब्याक’ कमाल गर्दै वाहीवाही पाइरहेका आलेको मन्त्रालयमा भ्रष्टाचारको गन्ध आएपछि…

Viber Community

नेपाल अनलाइन पत्रिका

prem ale

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सम्हालेको मन्त्रालयमा भ्रष्टाचारको गन्ध आएको छ । आलेले सेटिङमा टेण्डर आह्वान गरेर एकै निर्माण व्यवसायीलाई ठेक्का दिन लागिएको उजुरीपछि पर्यटन विभागले गरेको तीनवटा टेण्डर रद्द गर्न निर्देशन दिएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मन्त्रीको निर्देशनलगत्तै पर्यटन विभागले ग्रेट हिमालयन ट्रेलका तीनवटा खण्डको निर्माण तथा स्तरोन्नति गर्ने सम्बन्धी टेण्डर रद्द गरेको महानिर्देशक तारानाध अधिकारीले बताएका छन् ।

सोमबार पर्यटनसचिव यादव प्रसाद कोइराला र पर्यटन विभागका प्रमुख तारानाथ अधिकारीलाई बोलाएर मन्त्री आलेले विगत चार–पाँच वर्षदेखि सधैँ दुईवटा निर्माण कम्पनीलाई मात्र मिल्नेगरी टेण्डर आह्वान हुने गरेको गुनासो आएको भन्दै कात्तिक ११ गते गरिएको टेण्डर रद्द गर्न निर्देशन दिएका थिए ।

मन्त्रालय स्रोतका अनुसार खानी निर्माण सेवा र सीएम कन्स्ट्रक्सन कम्पनीले मात्रै विभागको टेण्डर पार्ने गरेको र यसपटक पनि मिलेमतोमा उनीहरूलेमात्र पाउनेगरी प्रावधान घुसाइएको भन्दै मन्त्रीले ठेक्का रद्द गर्न भनेका हुन् ।

सचिव कोइरालाले विगतदेखि नै यसैगरि टेण्डर हुने भनेर जवाफ दिएपछि मन्त्री आलेले आफू विगतका अनियमिततालाई निरन्तरता दिन मन्त्री नभएको भन्दै पारदर्शीरूपमा सबै सहभागी हुन पाउनेगरी रिटेण्डर गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । विभागले हिमालय ट्रेल निर्माणका लागि अलग अलग तीनवटा टेण्डर आह्वान गरेको थियो । जसमा धौलागिरी राउण्डको रुइसे डाँडादेखि धौलागिरी आइसफलसम्म एउटा छ ।

त्यस्तै ग्रेट हिमालय ट्रेल मनास्लु क्षेत्रको रुबिनाला फेदेखि हुँदै रुबिनाला पास–ठाडो बोराङ र सामागाउँ(वीरेन्द्र ताल हुँदै मनास्लु बेसक्याम्पसम्मको अर्को खण्डको लागि टेण्डर आह्वान भएको थियो ।

त्यस्तै बाजुराको बडिमालिका ट्रेकिङ ट्रेलको बोल्दे(फाइमा भण्डार गृह हुँदै मनागाउँको लागि अर्को टेण्डर आह्वान भएको छ । टेण्डरसम्बन्धी सबै प्रक्रिया विभागका इन्जिनियर सचिन्द्र यादवले मिलाउने गरेको बताइएको छ ।

यादवले भने टेण्डर भर्ने मिति १५ दिन बाँकी रहँदै कसले ठेक्का पार्छ भन्नु अनुमानित कुरामात्र भएको भन्दै कुनै ठेकेदारले मन्त्रीलाई उजुरी गरेपछि रद्द गर्न निर्देशन दिएको हुनसक्ने बताए ।

तीनवटै ट्रेलको विभिन्न कामको ठेक्का करीव १४ करोडको रहेको छ । ठेकेदारहरूले मिलेमतोमा ५ प्रतिशतमात्र छाडेर ठेक्का लिने गरेको मन्त्रालयमा उजुरी परेको छ । मन्त्री आलेले आफ्नो कार्यकालमा मन्त्रालयभित्र कुनै पनि अनियमितता, मिलेमतो स्वीकार्य नहुने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

रेखाको अफर कुन्ति शाहीलाई- वैशाखमा फिल्म बनाउँदैछु, हिरोइनको त मिल्दैन आमाको रोल दिउँला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search