सोमवार, मंसिर १३, २०७८
spot_img

यसरी जुटाए बहुमत जबराले आफ्नो पक्षमा, यी दुई ठुला ब्यक्तिको साथ पछि निकाले यस्तो विज्ञप्ति !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई सम्वादका लागि आह्वान गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले सम्वादमा आउन आग्रह गरेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp, cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई सम्वादका लागि आह्वान गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले सम्वादमा आउन आग्रह गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विगतका केही हप्ता न्यायापालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घट्नाहरुको कारणबाट स्मरण गरिनेछ भन्ने पनि उनको भनाई छ । उनले न्यायापालिकाले सधैंभरि विधिको बाटो मात्र हिँड्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेको पनि उनले उल्लेख गरेका छन् ।

वक्तव्यमा भनिएको छ सर्वोच्च अदालत आम जनताले न्याय पाउने अन्तिम पवित्र संस्था हो । यसभन्दा माथि र पवित्र अन्य कुनै संस्था छैनन् । हामी सबैको आशा र भरोसाका केन्द्रका रुपमा रहेकोे न्यायापालिकामाथि यसप्रकारले एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

सर्वोच्च न्यायिक धरोहरका रुपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परीणामले हामी न्यायपालिका सम्बद्ध सबैलाई त प्रताडित गरेको छ नै, यसले समग्र राष्टलाई समेत मर्माहत र दुखित बनाएको छ ।

आयोगका प्रतिवेदन कार्यान्वयन गर्न म तयार छु

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायपालिकाको संस्थागत सुधार र सबलीकरणका लागि आवश्यक कदम चाल्न आफू तयार रहेको बताएका छन्।

उनले भनेका छन्, ‘हामीबीच हालसालै भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वंयले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार रहेको यथार्थ पुनः अनुरोध गर्न चाहन्छु।

जबराको पक्षमा देखिदै बहुमत न्यायाधीश

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका छन् । निरन्तर इजलास बहिष्कार गर्दा न्यायाधीशहरुको आलोचना बढ्न थालेको छ । यसप्रति गम्भीर हुँदै केही न्यायाधीशहरु इजलासमा फर्कने भएका छन् ।

आज नेपाल बार एशोशिएसनले सर्वोच्चका न्यायाधीशहरुसँग सामूहिक छलफल गरेकोमा ६ जना न्यायाधीश अनुपस्थित भए । जसमध्ये न्यायाधीश इश्वरीप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् ।

नयायाधीशहरु तेजकुमार केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल बारसँगको छलफलमा अनुपस्थित भए । उनीहरुको अनुपस्थिति अर्थपूर्ण छ । पाँचजना न्यायाधीशहरु इजलास बहिष्कारको निरन्तरताको विपक्षमा देखिएका छन् ।

प्रधानन्यायाधीशले वार्ताको आव्हान गर्दा पनि बारले राजीनामाको अडान लिएपछि अधिकांश न्यायाधीशहरु गम्भीर भएका छन् । उनीहरु वार्ताबाट समस्याको समाधान निकाल्नुपर्ने सुझावहरु अनौपचारिक रुपमा दिएको बुझिएको छ ।

निरन्तरको इजलास बहिष्कारको विपक्षमा न्यायाधीशहरु अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, हरि फुयाल, नहकुल सुवेदीलगायत रहेको बुझिएको छ । सर्वोच्च अदालतमा इजलासमा विस्तारै न्यायाधीशहरु फर्कने र प्रधानन्यायाधीशको पक्षमा बहुमत न्यायाधीशहरु देखिने सम्भावना बढेर गएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश छन् । जसमध्ये बहुमत प्रधानन्यायाधीश जबराको विपक्षमा देखिएका छन् । तर, भित्री रुपमा विस्तारै प्रधानन्यायाधीशको पक्षमा जाने गरी माहोल तयार भएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार