बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

देउवा र ओलीको कुरा मिल्यो ? प्रधानन्यायाधीश चोलेन्द्र र सभामुख सापकोटालाई एकसाथ महाभियोग !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रस्ताव अघि सारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई महाभियोग लगाउने भए प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि महाभियोग लगाउनु पर्ने प्रस्ताव गरेका हुुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp sher

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रस्ताव अघि सारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई महाभियोग लगाउने भए प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि महाभियोग लगाउनु पर्ने प्रस्ताव गरेका हुुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानमन्त्री शेरबहादुर देउवासँगको पटक पटकको कुराकानीका क्रममा ओलीले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने नै हो भने सभामुख सापकोटालाई पनि लगाउन कांग्रेस तयार हुनुपर्ने प्रस्ताव राख्दै आएका छन् । बालुवाटारनिकट स्रोतका अनुसार, न्यायालयमा धेरै नै समस्या आएपछि त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग पटक पटक टेलिफोन परामर्श गरेका थिए ।

देउवाले प्रधानन्यायाधीशबिरुद्ध महाभियोगको प्रस्ताव संसदमा दर्तामात्र गरे समस्या समाधान हुने भएकाले त्यसमा एमालेको साथ खोजेका थिए । राणाविरुद्ध सत्तारुढ दलकै केही सांसदले महाभियोगको प्रस्ताव ल्याइदिने र प्रस्ताव दर्ता भएपछि उनी स्वत निलम्बनमा पर्ने भएकाले महाभियोगको प्रस्ताव केही महिनासम्म संसदमै अड्काएर राखी राजीनामा दिन राणालाई वाध्य पार्ने योजनाअनुसार देउवाले ओलीसमक्ष प्रस्ताव गरेका थिए ।

तर, प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीले स्वीकार गरेनन् । ओलीले राणालाई महाभियोग ल्याउने हो भने सभामुखलाई पनि महाभियोग ल्याउन कांग्रेस तयार हुनुपर्ने प्रस्ताव गरेका थिए ।

ओलीको यो प्रस्तावमा देउवाले सहमती जनाएनन् । समाचारअनुसार, सभामुखलाई महाभियोग ल्याए प्रचण्ड र माधव नेपाल भड्किन्छन् अनि गठबन्धन कहाँ रहन्छ र ? सरकार ढलिहाल्छ नि ? भन्दै देउवाले ओलीलाई आफूलाई झन् अप्ठेरोमा पार्न खोजेको भनेका थिए ।

तर, जवाफमा ओलीले देउवाको सरकारलाई घुनपुतली लाग्न नदिने भन्दै प्रचण्ड र नेपालले समर्थन नदिए आफूले देउवाको सरकारलाई समर्थन दिने आश्वासन दिएका थिए । उनले एमाले सरकारमा नजाने, वाहिर नै बसेर देउवालाई एकलौटी सरकार चलाउन दिने तर देउवाले आगामी बैशाख, जेठमा आम निर्वाचन गराउनु पर्ने शर्त अघि सारेका थिए ।

स्रोतका अनुसार, अहिले माओवादीसँगको मिलेमतोमा प्रधानन्यायाधीश राणालाई मात्र महाभियोगको प्रस्ताव ल्याए नेपालमा माहाभियोग प्रस्तावको फायर नै खोलिने भन्दै ओलीले देउवालाई सचेत समेत गराएका थिए ।

सत्तारुढ दलले प्रधानन्यायाधीश राणालाई मात्र महाभियोग दर्ता गराए, एमालले संसद पुनस्र्थापना गर्ने अरु चार न्यायाधीशविरुद्ध पनि महाभियोग दर्ता गराउने ओलीको प्रष्ट भनाइ थियो । यसो गर्दा राणासहित पांचै न्यायाधीश निलम्बनमा पर्ने र संसदले निर्धारित समयमा निर्णय नगर्दा पांचै न्यायाधीश फेरि काममा फर्कन मुस्किल पर्ने हुन्छ ।

छिटो प्रक्रिया पूरा गरे महाभियोगको प्रस्ताव कसैको पनि पारित हुंदैन र राणासहित पांचै न्यायाधीश फेरि काममा फर्किनुपर्ने हुन्छ अहिलेको आन्दोलनको कुनै अर्थ नै रहंदैन । न्यायाधीशहरुलाई महाभियोग ल्याएको झोकमा माओवादीले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउन सक्ने र यसो गरे सभामुख र उपराष्ट्रपतिविरुद्ध एमालेले थप महाभियोगहरु दर्ता गर्नेबारे स्पष्ट हुन देउवालाई भनिएको थियो ।

स्रोतका अनुसार, यी विषयमा आफूले कांग्रेस पार्टीका नेताहरुसँग सल्लाह गरेरमात्र केही भन्न सक्ने जवाफ देउवाले एमाले अध्यक्ष ओलीलाई दिएका छन् । ओलीको सभामुखबारेको प्रस्तावका विषयमा देउवाले आफू निकटस्थ केही नेताहरुसँग कुराकानीसमेत गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search