Viber Community
Nop Ads

‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिराे घटना दोहोरिन सक्छ’

मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालकाे संख्या बढ्ने गरेकाे देखाएकाे छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Snow Avalanche

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालकाे संख्या बढ्ने गरेकाे देखाएकाे छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गत असारमा पनि हिमाली क्षेत्रमा ठूलाे पानी पर्‍याे, जबकि हिमालपारी ठूलाे वर्षा नभइ हिमपात हुनुपर्ने हाे । हिउँमा पानी पर्दा विपद्का घटना अझ बढ्दै जाने आँकलन वैज्ञानिकले गरेका छन् । नेपालमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे जानकार जलवायु परिवर्तन न्यूनीकरण विज्ञ मन्जित ढकालसँग न्युज कारखानाले संवाद गरेकाे छ । प्रस्तुत छ संवादकाे सम्पादित अंश

हिमाली क्षेत्रमा हिमपहिराेसहित विपद्का घटना किन बढ्दै छन् ? जलवायु परिवर्तनकै असर हो कि ?
घटनाको प्रकृतिकाे अध्ययन नगरी ठ्याक्कै भन्न अप्ठेरो छ । वास्तविकता बुझ्नु पर्छ । एउटा कुरा के प्रष्ट छ भने, पृथ्वीको तापक्रम विगत एक सय वर्षमा १.१ डिग्री बढिसक्यो । यसको मुख्य कारण कार्वन उत्सर्जन नै हो ।

तापक्रम बढेको कारण यस्ता नसोचेका घटनामा बृद्धि हुन्छ र पुनराबृत्ति पनि छिटोछिटो हुन्छ । हिमताल नै विस्फोट हुने सम्भावना हुन्छ । केही वर्ष अघि सेती नदीमा बाढी आएको घटना पनि जलवायु परिवर्तनका कारणले हो ।

बेमौसमी वर्षा र पहिरोका घटना बढिरहेका छन् । वर्षाको मौसम सकिएपछि पनि अनौँठो खालको वर्षा हुने थालेकाे छ जसकाे उदाहरण असाेज अन्तिम साताकाे भीषण वर्षा हाे । यी घटनालाई जलवायु परिवर्तनसँग जाेड्न सकिन्छ ।

गण्डकीका धेरै जिल्ला हिमालसँग जोडिएका छन् । त्यहाँकाे अवस्था कस्ताे छ ?
जल तथा माैसम विज्ञाान विभागकाे तथ्यांक अनुसार नेपालमा तापक्रम बृद्धिदर वार्षिक औसतमा ०.०५६ डिग्रीसेल्सियस छ । तर, मुस्ताङको चाहिँ वर्षमै ०.१६ डिग्री छ । प्रत्येक १० वर्षमा १ डिग्री बढेको देखिन्छ । १ डिग्री सामान्य हो भन्ने पनि बुझाइ छ । तर, ० डिग्रीमा हिउँ पर्छ, १ डिग्री हुँदा हिउँ पग्लिन्छ । यो ठूलो अन्तर हो । त्यसमा पनि गण्डकी प्रदेशमै त्यस्तो देखिएको र हिमाली भेगमा तापक्रम बृद्धि अधिक छ । यस्ताे असर अहिले पनि छ, भविष्यमा झन् बढ्छ ।

टुकुचे हिमालबाट हिमपहिरो खस्याे । गण्डकीमा हिमताल फुट्न सक्ने सम्भावना कति छ ?
नेपालमका रहेका हिमतालमध्ये ४७ वटा जोखिममा छन् । खतराको उच्च विन्दुमा छन् । पूर्वतिर अलि बढी छन् । गण्डकीका तीन वटा हिमताल यस्ता छन्, जाे फुट्न सक्छन् ।

मनाङको ठूलागी ताल झन जाेखिममा छ । हिमाली क्षेत्रकाे जाेखिमबारे प्रदेश सरकारलाई पनि जानकारी गराएको छु । अन्तराष्ट्रिय अध्ययनले पनि यस्ता घटनाको पुनराबृत्ति छिटो हुने देखाएको छ । पहिले १० वर्षमा हुन्थ्यो भने अब ३ वर्षकै अन्तरालमा पुनाराबृत्ति हुने देखाएको छ । गण्डकीमा वर्षाको चरित्रमा ठूलो फेरबदल भएको छ । लगातार पानी नपर्ने दिन बढ्छन् र थोरै दिनमै धेरै पानी पर्ने अवस्था छ ।

त्यसो भए सरकारले पनि पूर्वतयारी गर्नुपर्ने भयो ?
पूर्वतयारीको भूमिका धेरै ठूलो छ । जोखिम पहिचान गर्नुपर्छ । जाेखिम क्षेत्रमा बस्ती बसाउन हुँदैन । पूर्वतयारी र विपद्सँग जुध्न तीन वटै सरकारबीच समन्वय हुनुपर्छ ।

मुस्ताङ र मनाङका भुगोल कति जाेखिममा छ ?
मुस्ताङमा जोखिम छ, अरु ठाउँ छैन भन्न खोजेको होइन । नेपालका अरु जिल्लासँग तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम बृद्धिदर बढी छ । सुक्खा, खडेरी पनि यहाँ धेरै छ ।

खडेरी पनि बढ्नु, तापक्रम बढेपछि पार्ने असर झन् फरक हुनु भनेको राम्रो होइन । निराशाजनक कुरा गरेको भन्नुहोला, तर सकारात्मक देखिँदैन । यसको नियन्त्रणका लागि कार्वन उत्सर्जन घटाउने हो । ग्लास्गोमा भएको काेप-२६ ले यसलाई सहयोग पुग्छ । आइतबारको हिम पहिलो एक्स्ट्रिम इभेण्ट हो । अर्को स्लो इभेण्ट पनि छ ।

लामो समयसम्म सुक्खा खडेरी बढ्दै जान्छ । मेरा विद्यार्थीले मुस्ताङ अध्ययन गरेका छन् । याकको चरन क्षेत्र घटेकाले धेरैले पेशा छाडेका छन् । अरु काममा लागेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

नागार्जुनमा रहेका राजालाई नारायणहिटी सारिदैं, यस्तो छ तयारी !

राप्रपाका अध्यक्ष कमल थापाले संसदमा सम्मानजनक स्थान र सडकमा रहेक दिन १ लाख कार्यकर्ता उतार्न सकेको दिन निर्वासनमा रहेका राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याएर राख्ने चेतावनी दिएका छन्।

पर्यटनमन्त्री आलेले भने- म आफैँ एयरपोर्टमा ट्याक्सीबाट लुटिएँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search