Viber Community
Nop Ads

यी तिन आकांक्षी एमालेको वरिष्ठ उपाध्यक्षमा देखिएका, ओलीले आफु पछिको बरियतामा रोजे यी पात्र !

वडा र पालिका अधिवेशनसँगै अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट गरेर एमाले अध्यक्ष केपी ओलीले दशौँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्वको कोसिस गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। वडा र पालिका अधिवेशनसँगै अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट गरेर एमाले अध्यक्ष केपी ओलीले दशौँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्वको कोसिस गरेका छन् । तर, पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा रहेको वरिष्ठ उपाध्यक्षका लागि तीन शक्तिशाली नेताले दाबेदारी पेस गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमालेले विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी रहने गरी दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिने विधान पारित गरेको छ ।महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पार्टी विभाजनमा ओलीलाई साथ दिएका पूर्वमाओवादी समूहका नेता रामबहादुर थापा बादल वरिष्ठ उपाध्यक्षका आकांक्षी देखिएका छन् ।

अहिले पोखरेल, नेम्वाङ र थापा तीनै नेता ओलीनिकट छन् । ओली समूहमै पनि नेम्वाङ र थापाका भिन्दाभिन्दै समीकरण पनि छन् । एमालेले विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अध्यक्षपछिको दोस्रो वरीयता हुने र त्यसपछि चार उपाध्यक्ष रहने विधान पारित गरेको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले पार्टीको आसन्न दशौँ महाधिवेशनमा अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने संकेत गरेका छन् ।

‘हाम्रा अध्यक्ष केपी ओलीले एउटा परिस्थितिमा क्लास दोहोर्‍याउँदिनँ भन्नुभएको थियो, तर अहिले जुन ढंगले एमालेमाथि घेराबन्दी भइरहेको छ, यस्तो अवस्थामा पार्टी र मुलुकका लागि तपाईंको नेतृत्व फेरि आवश्यक छ भनेर हामीले पुनः अध्यक्षमा निर्वाचित हुनुहोस् भनेर उहाँलाई आग्रह गरेका छौँ ।

र उहाँ नै नेतृत्वमा आउनुपर्छ भन्ने टुंगोमै पुगिसकेका छौँ,’ नेम्वाङले भने, ‘त्यसैले अध्यक्षबारे अन्यथा सोच्ने कुरा भएन, त्यसभन्दा बाहेकका पदमा विचार गर्ने हो, मलाई धेरै साथीहरूले तपाईंले अहिलेसम्म जुन भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ, त्यस हिसाबले उपयुक्त पदमा दाबी गर्नुस् भन्ने सुझाव दिइरहनुभएको छ ।’

स्थायी समिति सदस्य रहेका नेम्वाङ संसदीय दलमा ओलीपछिको दोस्रो वरीयतामा छन् । ओलीले सरकारको नेतृत्व गर्दा र त्यसपछि प्रतिपक्षको भूमिकामा रहँदा उनको अनुपस्थितिमा संसदीय दलमा नेम्वाङले नै समग्र नेतृत्व गर्दै आएका छन् । महाधिवेशन नजिकिँदै गर्दा महासचिवका दाबेदार विष्णु पौडेल र दशबुँदे सहमतिका पक्षधर नेताहरूस“ग नेम्वाङले संवाद बढाएका छन् ।

विधानअनुसार तेस्रोपटक महासचिव बन्न नसक्ने भएकाले पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष बाध्यकारी दाबेदारी बनेको छ । दुईपटक महासचिव भइसकेका ईश्वर पोखरेलले पनि निकटस्थहरूलाई आफूले पनि वरिष्ठ उपाध्यक्षमै दाबी गर्ने बताउँदै आएका छन् । उनले केही अन्तर्वार्तामा समेत वरिष्ठ उपाध्यक्षमा आफ्नो स्वाभाविक दाबेदारी रहने बताएका छन् ।

पोखरेलले विधान महाधिवेशनदेखि नै निकट प्रतिनिधिमार्फत त्यही पदमा आफ्नो दाबी रहने प्रस्ट संकेत गर्दै आएका छन् । तर, ओलीको जोड नेम्वाङ वा थापामध्येबाटै वरिष्ठ उपाध्यक्ष बनाउने तयारी रहेको उच्च स्रोतले जनाएको छ । चुनाव भएमा भने नेम्वाङले पोखरेललाई कडा चुनौती दिने अवस्था छ ।

तत्कालीन नेकपाको शक्तिसंघर्ष र पार्टी विभाजनमा पनि साथ दिएको भन्दै ओली मन्त्रिपरिषद्का गृहमन्त्रीसमेत रहेका बादलले पनि एमाले महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको भूमिका खोजेका छन् । प्रतिनिधि छनोटमा पूर्वमाओवादीको झिनो उपस्थिति छ । तर, एकताका सन्देश दिन आफूहरूलाई सम्मानजनक भूमिका दिनुपर्ने पूर्वमाओवादी नेताहरूको माग छ ।

स्रोतका अनुसार ओलीले उपाध्यक्ष ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष तथा सो आयोग अध्यक्ष रहेका अमृत बोहरालाई सल्लाहकार कमिटीको अध्यक्ष बनाउने तयारी गरेका छन् । यसबाहेक ओलीले निकटस्थ नेताहरूमार्फत सर्वसम्मत नेतृत्व चयनका लागि आन्तरिक गृहकार्य पनि सुरु गरेका छन् । तर, अहिले पदाधिकारीमा रहेका नेताहरू र पूर्वमाओवादी समूह तथा नयाँ आकांक्षीसहितलाई पदाधिकारीमा समेट्नुपर्ने ओलीमाथि चुनौती छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search