सोमवार, मंसिर १३, २०७८
spot_img

चोलेन्द्र विरुद्धको आन्दोलनमा प्रचण्डले कालो कोट लगाएर वाइसियल परिचालन गरेको खुलासा

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजिनामा मागेर भइरहेको आन्दोलन बारे नयाँ खुलासा भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Prachanda, cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजिनामा मागेर भइरहेको आन्दोलन बारे नयाँ खुलासा भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाल बार एसोसिएसनले पछिल्लो समय प्रधानन्यायाधिश जबरा विरुद्धको आन्दोलनलाई कसिलो बनाउँदै लगेका छ । विचमा केहि समय सुस्ताएका आन्दोलनकारी उग्र भएर निस्कनुको कारण त अहिले आएर पो बल्ल खुलेको छ ।

नेपाल बार ले गरिरहेको आन्दोलनमा कालो कोट लगाएर ठूलो संख्यामा वाइसियल कार्यकर्ताहरु छिरेको तथ्य खुलेको छ । प्रचण्डको निर्देशन बमोजिम यो सबै कामको संयोजन रमण श्रेष्ठले गरिरहेको स्रोतले बताएको छ । जुनसुकै हदमा गएर चोलेन्द्रलाई प्रधान्यायाधिश बाट हटाउँनै पर्ने लाइनमा प्रचण्ड देखिएका छन् ।

स्वयं गृहमन्त्री बालकृष्ण खाँडले सर्बोच्च अदालतमा धर्ना दिइरहेका वकिलहरुको आन्दोलनमा वाईसीएलको ठूलो संख्यामा घुसपैठ भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा गृहमन्त्री खाँडले प्रधानमन्त्रीले आदेश दिए ती वाईसीएलहरु छानीछानी थुनिदिनसक्ने बताएका थिए ।

आगामी महाधिवेशनबारे तयारी पूरा गर्नका लागि भनेर बोलाइएको केन्द्रीय समितिको बैठकमा देउवा इतरसमूहका नेताहरुले न्यायपालिकाको समस्यामा नेपाली कांग्रेसले सरोकार राख्नुपर्ने र छलफल गरेर छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने तर्क गरेका थिए ।

बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्धारित एजेण्डाभन्दा न्यायालयको विषयतिर बैठकलाई लैजान केही नेताहरुले प्रयास गरेपछि यो बैठक त्यसका लागि नबोलाएको भन्दै अरु विषयमा चर्चा नगर्न आदेशात्मक शैलीमा जवाफ दिएका थिए ।

उनले यो बैठक त्यसका लागि बोलाएको हैन, महाधिवेशनको तयारीका लागि हो भन्दा भन्दै पनि न्यायालयको कुरा उठाएपछि बैठककै देउवा झर्किएका थिए । उनले न्यायालयको विषय उठान नै नगर्न भनेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले सुतुरमुर्गको जस्तो टाउको लुकाएर बस्न कांग्रेसले नहुने र समस्या समाधान गर्न अग्रसर हुनुपर्ने भन्दै देउवाको आलोचना गरेका थिए । उनले आन्दोलन चर्किरहेको कुरा उठाएका थिए ।

यी सबै कुरा सुनेर बसेका गृहमन्त्री बालकृष्ण खाँडले नेता पौडेललेसमेत वकिलहरुको आन्दोलनको कुरा गरेपछि यसबारे कडा टिप्पणी गरेका हुन् । उनले वकिलहरुको आन्दोलनबारे टिप्प्णी गर्दै भनेका थिए, ‘कालोकोटभित्र वाईसीएल पसेका छन् । त्यहाँ आधाभन्दा बढी कालोकोटमा वाईसीएल छन् । प्रधानमन्त्रीज्यूबाट आदेश भयो भने म सबैलाई समातेर को को वास्तविक वकिल हुन् को को कालोकोटको आवरणमा वाईसीएल हुन् छुट्याइदिन्छु ।’

कात्तिक २८ गते आइतवारको बैठकमा गृहमन्त्रीले आन्दोलनरत वकिलको समूहमा माओवादी लडाकू संगठन वाईसीएलको घुसपैठ भएको र वकिलहरुको संख्या न्यूय भएको सन्देश दिन सो कुरा बोलेका थिए । उनको भनाइको आशय वकिलहरुको आन्दोलन माओवादीको उक्साहटमा भएको भन्ने थियो ।

बैठक यसरी विषयान्तर भएपछि गृहमन्त्रीको मागवमोजिम आदेश दिने कुरालाई वेवास्ता गर्दै देउवाले गोजीबाट कागजको चिर्कटो झिकेर बैठकलाई तयारी समितिहरु बनाउनेतर्फ मोडेका थिए । उनको प्रस्तावअनुसार नै कांग्रेसले आगामी महाधिवेशनका लागि विभिन्न तयारी समितिहरु गठन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार