शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

यो के गर्न खोज्दैछन् कर्णालीका मुख्यमन्त्रीले ? देउवालाई नै टक्कर !

कर्णाली प्रदेशमा मुख्यमन्त्रीले जग हसाउने काम हुन थालेको छ । नियुक्त भएको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको र सिंगो सरकार एक्लै चलाउन थालेपछि उनीमाथि प्रश्न उठेको हो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Sher Bahadur, Jeevan bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कर्णाली प्रदेशमा मुख्यमन्त्रीले जग हसाउने काम हुन थालेको छ । नियुक्त भएको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको र सिंगो सरकार एक्लै चलाउन थालेपछि उनीमाथि प्रश्न उठेको हो । नयाँ मुख्यमन्त्रीले के गर्न खोजेको भन्दै रोस प्रकट हुन थालेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न झण्डै १०० दिन लगाएका थिए । देउवालाई नै टक्कर दिने लाइनमा मुख्यमन्त्री अघि बढेको आरोप लाग्न थालेको छ । आठ सदस्यीय मन्त्रिपरिषद्को जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाही एक्लैले सम्हालेका छन् । सत्ता साझेदार तीन दलबीच प्रत्यक्ष रूपमा संवाद हुन नपाएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रदेशका शीर्ष नेताहरू प्रदेशबाहिर भएकाले यसबारे औपचारिक रूपमा छलफल हुन नसकेको बताइएको छ ।

कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका जीवन शाहीले आफ्नो तर्फबाट मन्त्रिपरिषद् विस्तारको लागि प्रयास गरिरहेको बताएका छन् । कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरू माओवादी र समाजवादीले तीनरतीन वटा मन्त्रालयको अनौपचारिक रूपमा दाबी गरेका छन् । यता, मुख्यमन्त्री पाएको कांग्रेसले सत्ता साझेदार दलहरूलाई दुईरदुई वटा मन्त्रालय दिई अरु मन्त्रालय आफै लिने तयारी गरेको छ ।

यसैबीच यता कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा आगलागीबाट पीडित भएकालाई राहत दिने घोषणा गरेका छन् । उनी राहत लिएर आज प्रभावित क्षेत्रमा जाँदै छन्। उनकाअनुसार आज प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकन पछि थप राहत वितरण गरिने उनले बताए ।

गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि जलेर नष्ट भएका छन् । यस्तै, आगो निभाउनका लागि एउटा घर भत्काइएको छ । गएराति १२ बजेदेखि लागेको आगो अघि बिहान १० बजे मात्र पूर्ण रुपमा निभाइएको छ ।

सेना, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाइएको हो । स्थानीय ठिग्ने लामाको घरमा बालेको दियोबाट आगो सल्किएको अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search