Viber Community
Nop Ads

नेपालले बेच्यो भारतलाई दुई सातामै ६ करोडको बिजुली

भारतीय एक्सचेन्ज मार्केटमा कारोबार अनुमति पाएयता कात्तिक १७ देखि ३० सम्म ३ करोड ७७ लाख २ हजार भारु अर्थात ६ करोड ३ लाख २३ हजार रुपैयाँको विद्युत् बेचिएको हो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतीय एक्सचेन्ज मार्केटमा कारोबार अनुमति पाएयता कात्तिक १७ देखि ३० सम्म ३ करोड ७७ लाख २ हजार भारु अर्थात ६ करोड ३ लाख २३ हजार रुपैयाँको विद्युत् बेचिएको हो । भारतलाई विद्युत् बेच्दा कात्तिक २३ मा सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा (३.७० भारु) मूल्य पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सबैभन्दा कम कात्तिक १८ मा प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसा (१.९६ भारु) मा बिजुली बेचिएको छ । अहिले नेपालले भारतको एक्सचेन्ज मार्केटमा हरेक दिन ३९ मेगावाट अर्थात् ९३ हजार ६ सय युनिट विद्युत् बेचिरहेको छ । यसमा २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारत जान्छ ।

स्वदेशमा आन्तरिक खपत हुन नसकेर खेर गइरहेको विद्युत् मात्रै अहिले भारतको एक्सचेन्ज मार्केटमा गइरहेको प्राधिकरणले जनाएको छ । यद्यपि भारतलाई विद्युत् बेच्दा पाएको मूल्य भने प्राधिकरण आफैंले निजी क्षेत्रका आयोजनाबाट विद्युत् खरिद गर्न तोकेको भन्दा कम हो ।

प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गर्छ । केही आयोजनामा भने विदेशी मुद्रा अर्थात् डलरमा समेत पीपीए भएकाले उनीहरूबाट उत्पादित विद्युत् अझ योभन्दा महँगो पर्न जान्छ ।

यस अर्थमा प्राधिकरणले भारतलाई आफूले खरिद गर्ने मूल्यभन्दा कममा बेचेको देखिन्छ । त्यस्तै नेपालभित्रै बेच्ने विद्युत्को मूल्य पनि योभन्दा महँगो छ । पीपीए रकम र आन्तरिक महसुललाई भारतमा बेचेको विद्युत्को मूल्यसँग तुलना गर्दा अहिले प्राधिकरणले घाटाको व्यापार गरिरहेको छ ।

तर खेर गएको विद्युत् बेचेकाले यसलाई घाटा खेपेर बेचेको भन्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईको भनाइ छ । ‘आन्तरिक खपत हुन नसकेर बचेको विद्युत् बेच्दा त्यसमा कम मूल्य भयो भनेर नकारात्मक हुन हुँदैन,’ उनले भने, ‘औद्योगिक ग्राहकलाई नै थप एक हजार मेगावाट चाहिएको छ । तर त्यसका लागि पर्याप्त संरचना हामीसँग छैन । त्यसकारण भारतलाई सस्तोमा विद्युत् बेचेको भनेर आलोचना गरेर मात्रै हुँदैन ।’

भारतीय बजारमा विद्युत्को मूल्य निर्धारणमा अब माग र आपूर्तिको व्यवस्थापन सँगसँगै प्रतिस्पर्धी बजारले समेत महत्त्वपूर्ण भूमिका खेल्ने प्रवक्ता भट्टराईले बताए । उनका अनुसार इन्डियन एक्सचेन्ज मार्केटमा विद्युत् बेच्न हरेक १५ मिनेटमा मूल्य तलमाथि हुन्छ ।

एकै दिनमा पनि हरेक १५ मिनेटको ९६ वटा ब्लकमा फरक-फरक मूल्य तोकिने हुँदा कुनै ब्लकमा सस्तो र कुनैमा महँगो पर्न जान्छ । कुनै ब्लकमा प्रतियुनिट अधिकतम ३२ रुपैयाँ (२० भारु) सम्ममा विद्युत् बेचिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वर्षायामका लागि थप ५ सय ७० मेगावाट बराबरका तीनवटा आयोजनाबाट उत्पादित विद्युत् बेच्न पनि भारतसँग अनुमति मागिरहेको छ । वर्षायामको विद्युत् निर्यात गर्न सकिने सम्भावित आयोजनाका रूपमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसीलाई अघि सारिएका छन् । तर प्राधिकरण उच्च स्रोतका अनुसार भारतले अहिले ढल्केबर-मुजफ्फरपुर ४ सय केभी प्रसारणलाइनबाट ३ सय ५० मेगावाटभन्दा बढी विद्युत् पठाउन अनुमति दिइएको छैन ।

ढल्केबर सबस्टेसनमा १ सय ६० एमभीए र ३ सय १५ एमभीए क्षमताका २र२ वटा ट्रान्सफर्मर राखिएका छन् । जसबाट ९ सय ५० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिन्छ । तर नेपालले प्रसारण अनुमति भने साढे ३ सय मेगावाट बराबर मात्रै पाएको छ ।

‘अघिल्लो पटक भारतसँग विद्युत् प्रसारणका लागि अनुमति माग्दा ३ सय १५ एमभीए क्षमताको एउटा लाइन चार्ज नै भएको थिएन । जसकारण साढे ३ सय मेगावाट बराबर मात्रै विद्युत् पठाउन भारतले अनुमति दिएको देखिन्छ,’ स्रोतले भन्यो ।

सबस्टेसनको कुनै एक मेसिनले काम नगर्ने अवस्था अर्थात् ‘एन माइनस वान’ ९चारमध्ये ३ वटा मेसिनले काम गर्ने एउटाले नगर्ने० को नीतिले नेपालले थोरै विद्युत् पठाउन मात्रै स्वीकृति पाएको स्रोतले बतायो ।

नेपालले भारतसँग मात्र नभई क्षेत्रीय बजारमा नै ऊर्जा व्यापारको सम्भावना खोजिरहेको छ । बोलकबोल प्रक्रिया र न्यून मूल्य बोली लगाउने प्रस्तावकले विद्युत् बेच्न पाउने हुँदा सस्तो दरमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता पनि प्राधिकरणसँग छ । एक्सचेन्ज बजारमा महँगोमा विद्युत् बेच्न राख्दा बिक्री नै नहुने अवस्थासमेत देखिन सक्छ ।

प्रवक्ता भट्टराई भने यस वर्ष अब अधिकतम दुई सातासम्म मात्रै नेपालले विद्युत् बेच्न सक्ने बताउँछन् । त्यसपछि सुक्खायाममा नदीको पानी घट्ने भएकाले उत्पादन पनि घट्छ । त्यो बेलामा भने नेपालले फेरि भारतबाट विद्युत् आयात गर्नुपर्छ । तर यस वर्ष ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि राष्ट्रिय प्रणालीमा जोडिएकाले भारतबाट आयात घट्ने अपेक्षा गरिएको छ । सुक्खायाममा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन पनि ९० मेगावाटसम्म झर्ने प्राधिकरणको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर १५ बुधबारका लागि अमेरीकि डलरको खरिददर ११९ रुपैया ९६ पैशा तोकेको छ । यस्तै, बिक्री मुल्य १२० रुपैया ५६ पैसा रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

सामलिङ पावर, न्यादी हाइड्रोपावर र तेह्रथुम पावरका लगानीकर्ता भए मालामाल

साताको तेस्रो कारोबार दिन सामलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ ।

सामलिङ पावर कम्पनीको सर्किट लेबलमा कारोबार

मंगलबार सामलिङ पावर कम्पनीको शेयरमूल्य उच्च दरले बढेको छ । कारोबारको चौथो दिन कम्पनीको शेयरमूल्य उच्च दरले बढेको हो ।

महुली सामुदायिक लघुवित्तको शेयरमूल्यमा गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार महुली सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

गरिमा विकास बैंकले बिहीबारदेखि १ अर्बको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बिहीबारदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

ताजा समाचार

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search