सोमवार, मंसिर १३, २०७८
spot_img

एमाले महाधिवेशनमा दुई समुहको भिडन्त पक्का, यस्तो छ रावल र ओली समुहको भित्री तयारी !

प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Kp Sharma OLi, Bhim Rawal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ । महाधिवेशन मिति नजिकिँदै जाँदा आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन् भन्ने चर्चा समेत सुरु भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेतृत्वमा आन्तरिक जोड घटाउ भइरहे पनि बाहिर भने खुलेर आफूले चाहेको पद ‘यही हो’ भन्न सक्ने अवस्थामा नेताहरु भने पुगिसकेका छैनन् । यो महाधिवेशन ‘सहमतिको महाधिवेशन’ बनाउने अध्यक्ष केपी ओलीलगायतका नेताहरुको चाहनाका कारण पनि नेताहरु आफुलाई मन लागेको पदमा उम्मेदवारी घोषणा गर्न सकिरहेका छैनन् ।

महाधिवेशनमार्फत पुनः अध्यक्षमा ओली नै दोहोरिने निश्चित भइसके पनि अध्यक्ष बाहेकका अन्य १४ केन्द्रीय पदाधिकारी पदमा को–को नेता आउने हुन् भन्ने चासो एमाले वृत्तमा बढ्दै गएको छ । वडादेखि पालिका र महाधिवेशन प्रतिनिधिसमेत सहमतिमा चयन गरेको एमालेले दशौं महाधिवेशन पनि सहमतिमै गरेर पार्टी एकताको सन्देश दिने बताउदै आएको छ ।

यस्तो छ रावल र भुषालको तयारी

सहमतिको महाधिवेशन बनाउने भनिएको छ । भित्री चाहाना एउटा भएपनि अहिलेको अवस्थामा बाहिर बोल्न उपयुक्त हुने अवस्था छैन । त्यसैले पनि अहिले नै मुख खोल्न समस्या छ । पछि के हुन्छ त्यसअनुसार अघि बढ्नुपर्नेछ’, हाल उपाध्यक्ष रहिसकेका एक नेताले भने,‘सहमति भनेर पाखा नै लगाउने काम भयो भने त मान्न कठीन छ ।’

विगतमा तेस्रो धार भनेर चिनिएका उनीहरुमध्ये धेरै नेताहरु अध्यक्ष ओलीको कित्तामा पुगे पनि रावल र भुसाल भने अहिलेसम्म आफुलाई फरक कित्तामा उभ्याइरहेका छन् ।

रावलले त वडा, पालिका र महाधिवेशन प्रतिनिधि छनोटमा ओली पक्षले एकलौटी गरेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पनि जनाइसकेका छन् । उनले सुदुरपश्चिम पुगेर आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनुपरे पछि नहट्ने समेत बताइसकेका छन् ।

भुसाललाई पनि आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार रुपमा कतिपयले लिने गरेका छन् । तर, उनी आफैले भने केही बोलेका छैनन् । यस्तो अवस्थामा रावल र भुसालमध्ये एकले ओलीलाई सर्वसम्मत अध्यक्ष हुनबाट रोक्न पनि उम्मेदवारी दिन सक्ने अड्कलबाजी भइरहेको छ । नजित्ने निश्चित भए पनि उनीहरुमध्ये एकले अध्यक्ष पदमा उम्मेदवारी दिए ओली थप आक्रोशित बन्ने देखिन्छ ।

एमालेका एक नेताले ‘१० भाइको टिमबाट भीम रावल वा घनश्याम भुसालमध्ये एकजना सहमतिकै आधारमा अध्यक्षमा उठ्ने सम्भावना छ । अथवा, रावल अध्यक्ष र भुसाल महासचिवमा प्यानल बनाएर उठ्ने सम्भावना पनि छ । तर, यसबारे रावल र भुसालबीच छलफल हुन बाँकी छ ।

महासचिवमा को को ?

उपाध्यक्षपछि सर्वाधिक नेताहरुको चाहनाको अर्को पद हो महासचिव । यो पदका आकांक्षी पनि उत्तिकै छन् । हाल सचिव रहेका, उपमहासचिव रहेका र अन्य पार्टीबाट आएकाहरु पनि महासचिव पदका आकांक्षी छन् । त्यसबाहेक नवौं महाधिवेशनमा पदाधिकारीमा नपरेकाहरु पनि यसपटक महासचिवका लागि आकांक्षी छन् ।

यो पदमा ओली निकट मानिने हालका उपमहासचिव विष्णु पौडेल, नवौँ महाधिवेशनमा उपमहासचिव पराजित शंकर पोखरेल, उपमहासचिवमै पराजित रघुजी पन्त, हालका सचिव पृथ्वी सुब्बा गुरुङ पार्टी विभाजनमा माधव नेपाल छोडेर ओलीतिरै बसेका सुरेन्द्र पाण्डे लगायतका अन्य नेताहरुले समेत दावी गर्ने अवस्था छ ।

नेता गुरुङले त यसअघि अध्यक्ष ओलीलाई भेटेर आफू महासचिव पदको दावेदार भएको सन्देश सुनाइसकेका छन् । एमाले स्रोतका अनुसार गुरुङले ओलीलाई महासचिव नभए उपाध्यक्ष पाउनुपर्ने बताएका छन् । जानकारहरुका अनुसार महासचिव पदमा ओलीले नचाहेको व्यक्ति आउने सम्भावना छैन । यस्तोमा ओलीले कसलाई रोज्छन्, त्यो नै यो पदमा पुग्न सक्छ ।

यी हुन् पाध्यक्षका दाबेदार

एमालेको नवौं महाधिवेशनमा निर्वाचित भएका पदाधिकारीहरूमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरूमा क्रमशः वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विद्यादेवी भण्डारी र भीम रावल नवौं महाधिवेशनमा निर्वाचित भएका नेता हुन् । त्यस्तै महासचिवमा ईश्वर र उपमहासचिवमा घनश्याम भुसाल, विष्णु पौडेल निर्वाचित भएका थिए भने सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका थिए ।

उपाध्यक्षद्वय विद्यादेवी भण्डारी राष्ट्रपति भएको र वामदेव गौतम पार्टी छाडेकाले उनीहरुले कुनै पदमा दावा गर्ने छैनन् । यी दुईबाहेक हाल पार्टीमा रहेका तीनजना उपाध्यक्षले खोज्ने भनेको अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष नै हो । अध्यक्ष ओलीबाट रिजर्भ भैसकेको छ । बरिष्ठ उपाध्यक्षमा हालका तीन उपाध्यक्षले आकांक्षा राख्नु स्वभाविक मानिन्छ ।

त्यतिमात्रै होइन, यसअघि महासचिव भैसकेका ईश्वर पोखरेल पनि बरिष्ठ उपाध्यक्षका दावेदार हुन् । किनभने, उनलाई महासचिवमा तेहर्याउने सुविधा विधानले दिएको छैन । यसो हुँदा उनको वरिष्ठ उपाध्यक्षमा दावी रहने नै भयो । उनले सांकेतिक रुपमा आफूलाई बरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा उभ्याई नै सकेका छन् । यस्तो हुँदा बरिष्ठ उपाध्यक्षका लागि नै धेरैजनाको प्रतिस्पर्धा हुने देखिन्छ ।

अझ सोही पदमा नेकपा विभाजनमा अध्यक्ष ओलीलाई साथ दिएका रामबहादुर थापा बादल र जस्तोसुकै समस्यामा पनि साथ दिएका सुवास नेम्वाङले पनि सोही पदमा आकांक्षा देखाएका छन् । वरिष्ठ उपाध्यक्ष अध्यक्षपछिको दोस्रो पद भएकाले पनि यो पदमा पुग्न नेताहरुको जोडबल रहनु स्वभाविक भएको बताउँछन् ।

यसरी हेर्दा वरिष्ठ उपाध्यक्ष पदका लागिमात्रै पनि ६ जना दाबेदार सहजै देखिन्छन् । यी ६ मध्ये वरिष्ठ उपाध्यक्ष नपाए केहीले मात्रै उपाध्यक्षमा चित्त बुझाउन सक्छन् । यीमध्ये उपाध्यक्षमा चारजनाले चित्त बुझाए पनि २ जना पदाधिकारीबाट बाहिरिन बाध्य हुन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार