बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

देउवा र ओलीको कुरा मिल्यो, अब प्रचण्ड–माधव के गर्लान् ?

प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कुरा मिलेको छ । उनीहरुबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रकरणमा कुरा मिलेको हो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कुरा मिलेको छ । उनीहरुबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रकरणमा कुरा मिलेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै महाभियोगसम्मका लागि नेपाल बार एशोशिएसनलगायतले दबाब दिए । जबराविरुद्ध बारले आन्दोलन नै चलाइरहेको छ । सर्वोच्च बार, ४ पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश फोरमले विज्ञप्ति नै जारी गरेर राजीनामाको विषय उठाए । तर, जबरा टसमस भएनन् ।

संविधान बमोजिम जबरालाई हटाउन प्रतिनिधि सभाको एक चौथाई सदस्यले महाभियोग लगाउन सक्ने व्यवस्था छ । महाभियोग पारित गर्न दुई तिहाई चाहिन्छ । जबरालाई महाभियोग लगाउन कम्तिमा तीन दल मिल्नुपर्ने अवस्था छ । जसमध्ये नेपाली काँग्रेस र नेकपा एमाले मुख्य हुन् ।

जबराविरुद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीनिकट कानुन व्यवसायीहरु आन्दोलनमा देखिए । नेपाली काँग्रेस र नेकपा एमालेनिकट अधिकांश कानुन व्यवसायीहरु जबराको राजीनामाको विपक्षमा छन् ।

दुवै दल निकट कानुन व्यवसायीहरुको संगठनले तिहार अगावै विज्ञप्ति जारी गरी न्यायाधीशहरुको इजलास बहिष्कार गर्ने कदमको आलोचना गरेका थिए । यो आफैमा यस्तो सन्देश थियो कि काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जबराको राजीनामाको विपक्षमा छन् ।

देउवाले पार्टी बैठकमा अदालतबाट काँग्रेसले नबोल्ने स्पष्ट पारे । पार्टीभित्र उचित कदम चाल्नुपर्ने दबाब थियो । तर, देउवा बोलेनन् । उनले जबरालाई घुमाउरो तरिकाले समर्थन गरे ।

ओलीले राजीनामाको कुरा गर्ने भए जबराले मात्र नभई देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने न्यायाधीशहरुले पनि छाड्नुपर्ने तर्क सारे । यो सर्वोच्चमा जबराविरुद्ध उत्रिएका न्यायाधीशहरुप्रतिको असन्तुष्टि थियो ।

जबराको विषयमा देउवा र ओलीबीच कुरा मिलेको देखिन्छ । त्यसैले दुवैले जबराको राजीनामाको मागलाई साथ दिएनन् । अन्य प्रभावशाली नेताहरुले भित्री रुपमा जबराको बर्हिगमनमा भूमिका खेलेका थिए ।

अहिले देउवा र ओलीको जबराको विषयमा कुरा मिल्नु अर्थपूर्ण छ । यो विषयले सत्ता गठबन्धनभित्र विस्तारै खटपट सुरु हुने संकेतहरु देखिएका छन् । यता एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ । काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम गर्ने छ ।

१०-१२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ । उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । बन्द सत्र भने ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा हुने तय भएको छ ।

बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको बन्दोबस्त गरिएको छ । दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र पाँच सय अतिथि तथा पत्रकार गरी चार हजार जनाका लागि होटलका कोठा बुक गरिएको छ ।

बन्द सत्रमा सहभागीले सौराहामा पाँच छाक खाना खाने छन् । खाना खाजा र कोठाका लागि आयोजकले व्यवसायीहरूसँग आधिकारिक रूपमा सम्झौता भने गरिसकेको छैन । १० मंसिर राति एमाले अध्यक्षका तर्फबाट विशेष खानाको व्यवस्था गर्ने भनिएको छ ।

११ र १२ मंसिरको बिहानको खाजा (ब्रेकफास्ट) र बेलुकीको खाना गरी चार छाकको व्यवस्था गर्न व्यवसायीहरूलाई भनिएको छ । दुई दिनको दिउँसोको खानाको पनि आयोजकले नै व्यवस्था गर्ने भएको छ । त्यसका लागि आयोजकले क्याटरिङलाई जिम्मा दिँदै छ ।

बन्द सत्र हुने होटलको नजिकै खाली चौरमा पण्डाल बनाइएको छ । पण्डालबाट पार्टी अध्यक्षले कार्यकर्तालाई सम्बोधन गर्ने महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट भोटिङ सुरु हुने उनले जानकारी दिए ।

आयोजकसँग औपचारिक सम्झौता भइसकेपछि खाना र खाजाको मेन्यु सार्वजनिक गरिने होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले बताए । ‘खाजा खानाका लागि लगभग म्यान्डेट पाइसक्यौँ । तर पनि औपचारिकता पूरा गर्न बाँकी छ । सम्झौता पत्रमा हस्ताक्षर भएपछि औपचारिकता पनि सकिन्छ’, उनले भने ।

ब्रेकफास्टको मेन्यु तयार भइनसकेको उनले बताए । खानामा दाल, भात, तरकारी र मासुको व्यवस्था हुने छ । खाजा तथा खानाको मेन्यु तयार गर्ने विषयमा मोनिटरिङका लागि सोल्टी र हायत होटलबाट अनुभवी सेफहरूलाई ल्याइने उनले बताए ।

एमाले महाधिवेशनको बन्द सत्रमा सहभागी हुनेहरूलाई कोठा भाडामा २० देखि ५० प्रतिशत छुट दिने निर्णय भएको क्षेत्रीय होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । एक दिनको १० हजार रुपैयाँ पर्ने कोठालाई अहिले ४५ सय रुपैयाँमा दिन खोजिएको उनको भनाइ छ ।

संघले होटललाई ‘ए’, ‘बी’ र ‘सी’ वर्गमा छुट्याएको छ । स्टार लेभलका होटललाई ‘ए’ वर्गमा राखिएको छ भने मध्यम वर्गका होटललाई ‘बी’ वर्गमा राखिएको छ । साना होटललाई ‘सी’ वर्गमा राखिएको छ ।

‘ए’ वर्गका होटलको एउटा कोठालाई प्रतिदिन ४५ सय, ‘बी’ वर्गलाई २५ सय र ‘सी’ वर्गलाई १५ सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । पार्टी र व्यवसायी दुवैलाई घाटा नपर्ने गरी केही साना वर्गका कोठालाई पनि राम्रोसँग व्यवस्थापन गरिएको उनले बताए ।

‘यसअघि विभिन्न पार्टीका कार्यक्रम हुँदा पाँच(दश वटा होटलका कोठा पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । यसपालि त्यस्तो नभएको हुँदा हामीले सहुलियत दरमा कोठा र खाना उपलब्ध गराउने भनेका हौँ’, उनले भने । सौराहामा १०(१३ मंसिरसम्मका लागि सबै होटलका कोठा बुक भइसकेको उनी बताउँछन् ।

‘सौराहाका साना ठूला होटल व्यवसायीसँग भएको ६५ सय बेड हो । एमाले महाधिवेशनको प्रतिनिधिका लागि चार हजार बेड बुक भयो । त्यसका अलावा व्यक्तिगत रूपमा पनि करिब एक हजार बेड बुक भएका छन्’, उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search