सोमवार, मंसिर १३, २०७८
spot_img

सर्वसम्मत अध्यक्ष बनाउन ओली समुहले अघि सार्यो यी ३ विकल्प, दश बुँधेका पक्षधर के गर्लान !

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशनको नाम दिइएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजन र एमालेभित्रैको फुटपछि यो महाधिवेशन हुन लागेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Kp sharma Oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशनको नाम दिइएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजन र एमालेभित्रैको फुटपछि यो महाधिवेशन हुन लागेको छ । नेकपा माओवादी केन्द्रका केही नेताहरू पनि नेकपा विभाजनसँगै एमालेमा आएकाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नेकपाको निरन्तरताको नाम दिएका छन् । त्यसैले, दशौं महाधिवेशन एकताको महाधिवेशन हुने उनको तर्क छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दशौं महाधिवेशनबाट फेरि कक्षा दोहोर्‍याउने सोचमा रहेको अध्यक्ष ओली सर्वसम्मत रूपमा उही कक्षामा पुनः भर्ना हुने योजनामा छन् । अर्थात्, महाधिवेशन प्रतिनिधिलाई नेतृत्वका लागि आफ्नो पक्षमा एकमत बनाउने ओलीको तयारी छ । त्यसैको आधारभूमि तयार पार्न उनले वडा र पालिका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौटमा पनि सर्वसम्मतिको रटान लगाएका थिए ।

पार्टी हाइ–कमाण्डले सर्वसम्मतिको फर्मान जारी गरेपछि देशका अधिकांश ठाउँमा सहमतिमा नेतृत्व चयन भएको छ । महाधिवेशन प्रतिनिधि पनि धेरैजसो ठाउँमा सहमतिमा छनौट भएका छन् ।

आगामी महाधिवेशनको हलले ओलीलाई उही कक्षामा फेरि दोहोर्‍याउन परर ताली बजाएर सहमति जनाउला वा दोहोरिन नदिने उद्देश्यले कसैले नेतृत्व दाबी गर्ला रु एमालेका नेताहरू भावी नेतृत्व चयन प्रक्रियाबारे तीनवटा विकल्पको बारेमा चर्चा गर्छन् ।

पहिलो विकल्प

बदलिएको राष्ट्रिय राजनीति र विपक्षी पार्टीहरूसँग प्रतिस्पर्धा गर्नका लागि पार्टी अध्यक्षमा केपी ओली नै दोहोरिनुपर्ने मत एमालेभित्र ठूलो छ । ओली अध्यक्ष हुँदा नै पार्टीको हाँक बलियो भएकोमा अधिकांश नेता कार्यकर्ता सहमत छन् । भविष्यमा पनि एमालेको सशक्त उपस्थितिका लागि ओली नै नेतृत्वमा दोहोरिनुपर्ने ओली पक्षका नेताहरू बताउँछन् । र, यो समूह एमालेमा ओलीलाई दोषरहित नेताको रूपमा पनि व्याख्या गर्छ ।

केपी ओली फेरि एमाले अध्यक्षमा दोहोरिए मात्रै आगामी निर्वाचनमा एमालेले सर्वाधिक सिटमा जित निकाल्ने सक्ने ओली खेमाका नेताहरूको मत छ । एमाले महासचिव ईश्वर पोखरेल नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको र एउटा ध्रुवको नेतृत्व केपी ओलीले गरिरहेको बताउँछन् । ओलीलाई सर्वसम्मतिमा अध्यक्ष दोहोर्‍याउन सके आफूहरूले पनि चाहेको पद लिन सकिने लोभ उनीनिकट नेताहरूमा छ ।

दोस्रो विकल्प

एमाले अध्यक्ष ओलीको कार्यशैलीमा प्रश्न उठाएर अन्तरसंघर्ष गरिरहेका केही नेताले उनलाई निर्विरोध अध्यक्ष हुन नदिने सोचाइ राखेको पाइएको छ । एमालेको आन्तरिक अन्तरविरोध समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा रहेका नेताहरू ओलीलाई महाधिवेशनमा चुनौती दिनुपर्ने पक्षमा छन् । भलै, उनीहरूको पक्षमा महाधिवेशनबाट ओलीलाई पराजित गर्ने मताधार भने छैन ।

जतिसुकै मत आए पनि सबै पदमा निर्वाचन गराउने गरी उम्मेदवारी दर्ता गर्नुपर्ने त्यो समूहको मत छ । यसमा विशेषगरी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल ओलीलाई निर्विरोध दोहोरिन दिन नहुने पक्षमा छन् । कम्युनिष्ट पार्टीमा हुने दुई लाइन संघर्षको जग बसाल्न र त्यसको नेतृत्व स्थापित गर्नका लागि पनि महाधिवेशनमा निर्वाचन हुनुपर्ने यो पक्षको मत रहेको छ ।

एमालेका उपाध्यक्ष भीम रावलले त गृहजिल्ला अछामबाट एमाले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । रावलले ओलीले १० बुँदे कार्यान्वयनमा इमान्दारिता नदेखाएको भन्दै ओलीको आलोचना गरिरहेका छन् । त्यसबाहेक, रावल–भुषाल खेमामा रहेका नेताहरू अध्यक्ष ओलीकै कारण पार्टीमा समस्या आएकाले उनलाई चुपचाप अध्यक्षमा दोहोर्‍याउन नहुने पक्षमा छन् ।

त्यस समूहका एक नेताले भने, ‘नेकपाको विभाजन, दुई पटकको संसद् विघटन, दुईतिहाइ नजिक बहुमतको सरकारको अवसान र पार्टी विभाजनमा मुख्य रूपमा अध्यक्षको भूमिका छ । उहाँलाई निर्विरोध अध्यक्षमा दोहोर्‍याउँदा विगतमा उहाँले गरेका सबै गल्ती कमजोरी निशर्त अनुमोदन हुन्छ । हामी त्यसो गर्ने पक्षमा छैनौं ।’

ओली निर्विरोध अध्यक्षमा दोहोरिनका लागि उनले विगतमा गरेका गल्ती कमजोरीका बारेमा बहस चलाउनुपर्ने र उनले आत्मालोचना गरी भविष्यमा त्यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गर्नुपर्ने यो समूहको मत छ । त्यसबाहेक, महाधिवेशनपछि बन्ने पार्टीमा काखा र पाखाको नीति नलिने प्रतिबद्धता सहित सबैलाई समेटेर पदाधिकारी चयन गर्दा मात्रै नेतृत्वमा सर्वसम्मति हुने रावल–भुसाल पक्षका दोस्रो एक नेताले बताए ।

निर्वाचन चाहने खेमाको अर्को बुझाइ पनि छ– ओलीको कार्यशैलीबाट उनकै खेमामा रहेका नेताहरू पनि आजित छन् । राजनीतिक भविष्यको चिन्ताले मुख खोल्न सकेका छैनन् । महाधिवेशनमा गोप्य मतदान हुँदा उनीहरूको मत ओलीइतर पक्षलाई आउने छ । तर, यस्तो मत धेरै नभएको भन्नेमा भने उनीहरू सहमत छन् ।

तेस्रो विकल्प

एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य जोड महाधिवेशनबाट सर्वसम्मतिमा नयाँ नेतृत्व छानेर एमाले विवादरहित पार्टी रहेको देखाउनेमा छ । निर्वाचन हुँदा गुट बन्ने र त्यसले पार्टीभित्र अराजकता निम्तिने उनको बुझाइ छ ।

एमालेले १० औं महाधिवेशनको मूल नारा नै ‘दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने तय गरेको छ ।

ओली पक्षका एक नेता भन्छन्, ‘अध्यक्ष कमरेड कुनै पनि हालतमा पार्टीमा ‘अराजकता’ निम्तिन दिनुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ । प्यानल बनाउने, चुनाव लड्ने र त्यसैलाई गुटको रूपमा हुर्किन दिने गलत अभ्यास महाधिवेशनबाट हुँदैन ।

अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापन पक्षकै छानिएकाले उनीहरूकै समर्थनमा नेतृत्वका मूख्य व्यक्तिहरूले सहमति गरेर अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको नाम टाँसेर महाधिवेशन सम्पन्न गर्ने सम्भावना पनि उत्तिकै रहेको एमाले नेताहरूकै आँकलन छ । त्यसरी नाम टाँस्दा सबैको प्रतिनिधित्वको प्रयास हुने ती नेता बताउँछन् ।

‘महाधिवेशनमा उपस्थित भएका धेरैजसो प्रतिनिधि सहमत हुने अवस्था भयो भने मात्रै यस्तो विकल्प प्रयोग हुनसक्छ’, ती नेताले भने, ‘यो धेरै सम्भावना भएको विकल्प भने होइन ।’

ओली निकट केही नेताहरू ओली निवास बालकोटमा भेला भएर महाधिवेशनपछिको टीमको बारेमा समेत छलफल शुरू भइसकेको बालकोट निकट स्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार