शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

जबराको बचाउमा आए ‘कोटा’मा नियुक्त संवैधानिक पदाधिकारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटाबाट नियुक्त भएको भनी आरोप खेपेका संवैधानिक पदाधिकारीहरुले अप्रत्यक्ष रुपमा उनको बचाउमा वक्तव्य जारी गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Cholendra Shumsher

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटाबाट नियुक्त भएको भनी आरोप खेपेका संवैधानिक पदाधिकारीहरुले अप्रत्यक्ष रुपमा उनको बचाउमा वक्तव्य जारी गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आठ संवैधानिक निकायका अध्यक्ष र ३१ जना सदस्यहरुले विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिको पहिलो वाक्यमा नै सर्वोच्च अदालतमा दुई सातादेखि बन्दीप्रत्यक्षीकरण लगायतका निवेदन समेत सुनुवाइ हुन नसकेको भनिएको छ ।

जबकी केही दिनलाई छाडेर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनको नियमित सुनुवाइ भइरहेको छ । संवैधानिक पदाधिकारीहरुले अदालतको विवादमा प्रधानन्यायाधीश र न्यायाधीशहरु बराबर जिम्मेवार रहेको भनी टिप्पणी गरेका छन् । अनि बारलाई पनि जिम्मेवार हुन आग्रह गरेका छन् । विज्ञप्तिमा उनीहरुले वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

मानव अधिकार आयोग उच्च स्रोतका अनुसार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडीपी)को सहयोगमा सञ्चालित परियोजना अन्तर्गत ‘क्षमता विकास कार्यक्रम’का सिलसिलामा केही संवैधानिक अंगका प्रमुख र अरु पदाधिकारीहरु तीन दिनदेखि राजधानी बाहिर आवासीय कार्यक्रममा थिए ।

‘त्यहीँ नै छलफल भएर मानव अधिकार आयोगका केही पदाधिकारीहरुको पहलमा विज्ञप्तिको मस्यौदा बनेको हो,’ स्रोतले भन्यो, ‘त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका लागि अनुकुल हुने गरी विज्ञप्ति जारी भएको देखिन्छ ।’

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गत वर्ष अध्यादेशमार्फत सवैधानिक परिषदको बैठक बसेर संसदीय सुनुवाइविना नै यी संवैधानिक पदाधिकारीहरु नियुक्त भएका थिए ।

प्रधानन्यायाधीश जबराले नै राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेका पूर्वन्यायाधीश तपबहादुर मगर मानव अधिकार आयोगको अध्यक्ष बनेका हुन् । स्रंोतका अनुसार, उनी, मानव अधिकार आयोगका केही पदाधिकारी र समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाको पहलमा विज्ञप्ति जारी गरिएको हो ।

जबरा प्रधानन्यायाधीश भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञ नियुक्त भएका तिमिल्सिनासमावेशी आयोगको सदस्यमा सिफारिस हुँदा पद अस्वीकार गरेको र पछि अध्यक्ष बनेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य एवं अधिवक्ता मोहना अन्सारी यो परिस्थितिमा संवैधानिक निकायका पदाधिकारीहरुबाट यस्तो टीकाटिप्पणी हुनु शोभनीय नभएको बताउँछिन् ।

‘एक त उहाँहरुको नियुक्तिमा प्रश्न उठेकाले त्यसविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अर्कोतर्फ ११ महिनादेखि मुद्दाको पेशी नतोकेर आफूले नियुक्त गरेका पदाधिकारीहरुको पद जोगाइदिएको भनी प्रधानन्यायाधीशज्यूमाथि आरोप लागेको छ,’ अन्सारीले भनिन्, ‘यस्तो अवस्थामा संवैधानिक पदाधिकारीहरुले नै प्रधानन्यायाधीशज्यूलाई अनुकुल र उहाँको पक्षपोषण हुनेगरी विज्ञप्ति जारी गर्नु पूर्वाग्रह हो । यसले संवैधानिक निकाय र तिनका पदाधिकारीको तटस्थतामाथि नै प्रश्न उठ्छ ।’

सर्वोच्च अदालतमा विचाराधीन संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको रवैयाका कारण पटक पटक सरेको छ । पछिल्लोपटक न्यायाधीश हरि फुयालको इजलासको आदेशका कारण सुनुवाइ रोकिएको थियो ।

यसबारेमा चर्को आलोचना भएपछि प्रधानन्यायाधीश जबरा आफैंले टिप्पणी आदेशमार्फत मुद्दालाई संवैधानिक इजलासमा पठाइदिएका छन् । प्रधानन्यायाधीश जबराकै कारण पद लम्ब्याउने अवसर पाएका विवादास्पद रुपमा नियुक्त संवैधानिक पदाधिकारीहरुले उनको पक्षमा विज्ञप्ति निकालेका हुन् ।

मानव अधिकार आयोगसहित विज्ञप्ति जारी गर्नेमा दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी, थारु, महिला लगायतका आयोगका पदाधिकारी छन् । मानव अधिकारको विषयसँग प्रत्यक्ष सरोकार नराख्ने निकायका पदाधिकारीहरुले पनि आफूहरुको क्षेत्राधिकार नजोडिएको विषयमा टिप्पणी गरेका हुन् । फरक प्रकृतिको समावेशी आयोगका अध्यक्ष र अरु सदस्यहरुले समेत विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश जबराको अप्रत्यक्ष पक्षपोषण गरेका छन् ।

जबराको सिफारिसमा नियुक्त भएपनि लोकसेवा, अख्तियार, निर्वाचन आयोगका कुनै पनि पदाधिकारी यो विज्ञप्तिमा जोडिएका छैनन् । प्रधानन्यायाधीश जबरालाई सघाउ पुग्ने गरी वक्तव्य दिनेहरुमा मधेसी आयोगका अध्यक्ष डा. विजय दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पनि छन्, जो ५ पुस २०७७ अगाडि नै नियुक्त भएका थिए ।

‘संवैधानिक पदाधिकारीले यसरी विज्ञप्ति निकालेको इतिहास छदैछैन । र यस्तो काम गर्ने उनीहरुको क्षेत्राधिकार पनि होइन । समावेशी आयोगको यसमा के सरोकार छ र ?’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘प्रधानन्यायाधीश जबराबाट पदको लाभ लिएकाले गुन तिर्न खोजेका थिए । यसबाट प्रधानन्यायाधीशज्यूले सेटिङमा नियुक्त गरेको पुष्टि हुन्छ । प्रधानन्यायाधीशज्यूले उनीहरुको हितका लागि ११ महिनासम्म मुद्दा रोकेर न्यायमा अवरोध गर्नुभयो । अहिले बक्तव्यबाजी गरेर उनीहरुले गुन तिरे । यसले त जबरामाथिको आरोप झनै पुष्टि हुन्छ ।’

हेर्नुहोस् विज्ञप्ति

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search