शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

देउवाले ठोकेरै भनेः ‘मेरो फाइनल डिसिजन यो नै हो, अब दायाँ बायाँ हुन्न’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिम डिसिजन यही हो भन्दै अडान लिएका छन् । उनले फेरि एक कार्यकाल पार्टी सभापति पदमा लड्न पछि नहट्ने बताएका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिम डिसिजन यही हो भन्दै अडान लिएका छन् । उनले फेरि एक कार्यकाल पार्टी सभापति पदमा लड्न पछि नहट्ने बताएका हुन् । यो निर्णयबाट दायाँ बाँया नहुने देउवाको अडान छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

महाधिवेशन आउन तीन साता मात्रै बाँकी रहँदा देउवाले महाधिवेशनको आन्तरिक तयारी सुरू गरेका हुन्। आफू पक्षका नेताहरूलाई बूढानिलकण्ठ बोलाएर देउवाले एकपटक फेरि आफू नै सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरेका छन्।

सोमबार भएको देउवापक्षको आन्तरिक बैठकमा उपसभापति विमलेन्द्र निधि भने गएनन्। निधि सभापति पदमा उठ्ने तयारी गरिरहेका छन्। सभापतिका अर्का आकांक्षी संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ भने देउवाले बोलाएको छलफलमा गएका थिए।

सभापति देउवाले एक कार्यकाल आफू नै सभापति उठ्ने र अर्कोपटक नेताहरूलाई सहयोग गर्ने बताएका थिए। कांग्रेस विधानले नै अर्कोपटक देउवालाई सभापनि बन्न रोक्छ।सभापति देउवा बोलेपछि महामन्त्री पूर्णबहादुर खड्काले कुरा राखेका थिए। उनले पार्टीमा आकांक्षीहरू धेरै हुँदा सबैलाई मिलाएर जानुपर्ने कुरा राखेका थिए।

सभापति देउवाले आफूलाई फेरि सभापति जिताउन सहयोग मागेपछि संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले यसपालि सभापति नउठ्न आग्रह गरेका थिए। ‘तपाईंलाई दुःख परेका बेला मैले सहयोग गरेको थिएँ। निर्विरोध सभापति पनि बनाएको हुँ,’ पुराना कुरा निकाल्दै श्रेष्ठले भनेका थिए, ‘यसपालि सभापति नउठ्नुस्। मलाई सहयोग गर्नुस्।’

श्रेष्ठले सभापति देउवालाई प्रधानमन्त्री भएर काम गर्न आग्रह गरेका थिए। ‘कहिलेकाहीँ छिमेकतिर पनि हेर्नुपर्छ, राम्रा अभ्यास छन् भने सिको गर्नुपर्छ। नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री छन् उनी पार्टी अध्यक्ष त बनेनन्,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं प्रधानमन्त्री हुनुस्, काम गर्नुस्। सभापतिमा मलाई समर्थन गर्नुस्।’

तर देउवाले यसपालि आफू नै सभापतिका लागि उठ्ने बताएका थिए। श्रेष्ठले देउवा फेरि सभापतिको उम्मेदवार नहुने हो भने टिमभित्र सर्वसम्मत तवरले अगाडि बढ्न सकिने धारणा पनि राखेका थिए।

‘तपाईं (देउवा) सभापति नउठ्ने हो भने विमलजी (विमलेन्द्र निधि) ले पनि मलाई समर्थन गर्छु भन्नुभएको छ,’ श्रेष्ठको दाबी थियो, ‘टिम पनि एकढिक्का रहन्छ।’ तर सभापति देउवाले बोलाएको आफूपक्षिय बैठकमा उपसभापति निधि भने अनुपस्थित थिए। प्रवक्ता विश्वप्रकाश शर्मा पनि देखिएनन्।

‘केन्द्रीय समिति बैठकपछि नेताहरू जिल्लातिर गइसक्नुभएको छ। केही शीर्ष नेता मात्रै बैठकमा हुनुहुन्थ्यो, बोल्दै निस्कँदै गर्नुभयो,’ छलफलमा सहभागी एक नेताले दाबी गरे, ‘उपसभापति निधि, प्रवक्ता शर्मा सबै सभापति देउवातिरै हुनुहुन्छ, कामले गर्दा बैठकमा आउन नभ्याउनुभएको होला।’

गत कात्तिक २५ मा पनि देउवाले आफू पक्षका नेतालाई बोलाएर सभापतिमा सहयोग गर्न आग्रह गर्दा उपसभापति निधिले मानेका थिएनन्। त्यसदिन निधिले सभापति लड्छु भन्दा देउवाले शुभकामना छ भनेका थिए।

सभापति देउवाले महाधिवेशन नजिकै आइसकेकोले टिम बनाएर जानुपर्ने भन्दै आन्तरिक बैठकलाई तीव्रता दिइरहेका छन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा अहिलेदेखि नै तयारी गरेर जानुपर्नेमा देउवा छन्।

मंसिर पहिलो सातासम्म सातै प्रदेश र केन्द्रीय सभापतिदेखि पदाधिकारी टिम घोषणा गर्नुपर्नेमा देउवा छन्। कांग्रेसले मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन र मंसिर २१ मा मनोनयन गरी मंसिर २४ देखि २६ सम्म १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ।

सभापति देउवाले तलैदेखि आफूपक्षका महाधिवेशन प्रतिनिधि सकेसम्म धेरै ल्याउन नेताहरूलाई आग्रह गरिरहेका छन्। उनले प्रदेश नम्बर १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमतीमा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही, सुदूरपश्चिममा रमेश लेखक र एनपी साउदलगायत नेतालाई जिम्मेवारी दिएको स्रोतको भनाइ छ।

यी नेताहरूले मंसिर १६ र १७ मा हुने सातै प्रदेश अधिवेशनमा देउवा पक्षबाट टिम बनाएर उक्त टिमलाई जिताउने जिम्मेवारी पाएको स्रोतको दाबी छ। वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापनइतर समूहले प्रदेशमा पनि टिम बनाएर सभापति देउवा पक्षसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।

सभापतिमा फेरि पनि देउवा उठ्ने भएपछि उक्त समूहभित्र उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा नेता व्यवस्थापन गर्न चुनौती छ। उपसभापति पदमा विजयकुमार गच्छदार फेरि दोहो¥याउन चाहेका छन्। महामन्त्री पूर्णबहादुर खड्का पनि उपसभापति पदका आकांक्षी छन्।

यस्तै केन्द्रीय सदस्य नारायण खड्का पनि उपसभापति पदका आकांक्षी छन्। धेरै नेताले महामन्त्रीमा दाबी गरेका छन्। सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक लगायतका नेता महामन्त्री पदका आकांक्षी छन्।

कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था छ। सहमहामन्त्री सुनिलबहादुर थापाले पनि त्यसभन्दा माथिल्लो पदमा दाबी गरिरहेका छन्। आठ सहमहामन्त्री पदमा पनि धेरै आकांक्षी छन्।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, मिनबहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्बे, डिला संग्रौला, महालक्ष्मी उपाध्यायलगायत नेताहरू सहमहामन्त्री पदमा उठ्ने तयारी गरिरहेका छन्।

आकांक्षी व्यवस्थापन गर्न नसके अर्को टिममा जान सक्ने खतरासमेत देखिएको भन्दै सभापति देउवा पक्षले तारन्तर नेताहरूसँग संवाद अगाडि बढाइरहेको छ। उपसभापति निधि सभापति उठेमा उनले देउवा पक्षका केही प्रभावशाली नेता महामन्त्री पदका लागि लैजान सक्ने चर्चासमेत हुन थालेको छ।

सभापति देउवालाई उनी पक्षका नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ लिन आग्रह गरेका छन्। १३ औं महाधिवेशनमा पनि सिटौलाले सभापतिमा सहयोग गरेको उल्लेख गर्दै उनीहरूले प्रदेशदेखि नै सिटौलालाई साथमा लिएर जान सक्ने हो भने महाधिवेशन सजिलै जितिने बताएका थिए। सिटौला पनि सभापति उठ्ने तयारी गरिरहेका छन्। उनले महामन्त्रीमा प्रदीप पौडेल लगायतलाई समावेश गरेर सभापति उठ्ने तयारी गरेको स्रोत बताउँछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search