Viber Community
Nop Ads

ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकापछि पहिलोपटक भिड्दै

आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान बनाइसकेको ब्राजिलले महादेशीय छनोट प्रतियोगिताअन्तर्गत बुधबार बिहान हुने खेलमा चिर प्रतिद्वन्द्वी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान बनाइसकेको ब्राजिलले महादेशीय छनोट प्रतियोगिताअन्तर्गत बुधबार बिहान हुने खेलमा चिर प्रतिद्वन्द्वी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै छ।

गत जुलाईमा सम्पन्न भएको कोपा अमेरिका फाइनलपछि यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन्। ब्राजिलमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले घरेलु टोलीलाई १-० गोलले हराएर उपाधि जितेको थियो। त्योसँगै सिनियर राष्ट्रिय टोलीबाट उपाधि जित्ने लियोनल मेस्सीको सपना पनि पुरा भएको थियो। घरेलु मैदानमा ब्यहोरेको हारको बदला यसपटक अर्जेन्टिनालाई उसको मैदानमा हराएर लिन चाहन्छ ब्राजिल।

विश्वकपको जारी दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिल मात्र अपराजित छन्। १२ खेलबाट ३४ अंक भएको ब्राजिल तालिकाको शीर्षस्थानमा छ। समान खेलबाट २७ अंक भएको अर्जेन्टिना दोस्रोमा छ। ब्राजिलले ११ जित र एक बराबरी तथा अर्जेन्टिनाले ८ जित र चार बराबरीको नतिजा निकालेको छ।

समग्रमा अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलयता अपराजित रहेको छ। सन् २०१९ को जुलाईमा भएको कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग २-० गोलको हार ब्यहोरेयता अर्जेन्टिनाले कुनैपनि खेल हारेको छैन। यसबीचमा उसले १८ जित र ८ बराबरीको नतिजा निकालेको छ।

गत कोपा अमेरिकाको उपाधि जित्नेक्रममा अर्जेन्टिनाले ब्राजिलको १२ जित र एक बराबरीसहित १३ खेलको अपराजित यात्रा टुंग्याएको थियो। अर्जेन्टिनासँग पराजित भएयता ब्राजिलले कुनैपनि खेल हारेको छैन। यसबीचमा उसले ६ खेल खेल्नेक्रममा पाँच जित र एक बराबरीको नतिजा निकालेको छ। अर्जेन्टिनाले पनि ब्राजिललाई हराएयता खेलेका ६ अन्तर्राष्ट्रिय खेलमा पाँच जित र एक बराबरीको नतिजा निकालेको छ।

ब्राजिलविरुद्ध अर्जेन्टिनाले पछिल्ला लगातार दुई खेल जितेको छ। त्यसअघि लगातार दुई खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराएको थियो। जारी महादेशीय छनोटमा ब्राजिलका नेमारले ७ र अर्जेन्टिनाका मेस्सीले ६ गोल गरेका छ्न। उनीहरु दुवै जना फ्रान्सको पेरिस सेन्ट जर्मनबाट व्यावशायीक क्लब फुटबल खेल्ने गर्छन्।

विश्वकप छनोटअन्तर्गत बुधबार हुने अन्य खेलमा चिलीले घरेलु मैदानमा इक्वेडर तथा कोलम्बियाले घरेलु मैदानमा पाराग्वेसँग प्रतिस्पर्धा गर्ने छ। तालिकामा १३ खेलबाट २० अंक भएको इक्वेडर तेस्रोमा छ। चिली, उरुग्वे र कोलम्बियाको १३ खेलबाट समान १६ अंक छ। दक्षिण अमेरिकी महादेशीय छनोटमा १० टोलीले डबल लिग राउन्ड रोबिन आधारमा प्रतिस्पर्धा गर्छन्। दक्षिण अमेरिकाबाट कम्तिमा चार टोली र बढीमा ५ टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

कोन्टे: स्किप उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्

‘उनी युवा छन्, र अझै आफूलाई सुधारेर उत्कृष्ट बन्ने मौका पनि उनीसँग छ ।’

एरिक्सन अचेल के गर्दैछन्?

डेनिस फुटबलर क्रिष्टियन एरिक्सन किशोर अवस्था हुँदा खेलेको क्लबमा एक्ल‌ै प्रशिक्षण गरिरहेको बिबिसीले जनाएको छ।

रोनाल्डोले पूरा गरे ८०० गोल

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ ।

बराबरीमा रोकियो पीएसजी

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससंग बराबरीमा रोकिएको छ ।

चीनका टेनिस प्रतियोगितामा प्रतिबन्ध: पूर्व उपप्रधानमन्त्रीमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि

महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएसन-डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ।

उपाधि रक्षा: महिला भलिबल टोलीको फेरिएको लक्ष्य

नेपाली महिला भलिबल टोली अहिले दुई वर्षअघि बंगलादेशको ढाकामा जितेको ऐतिहासिक उपाधि रक्षा गर्ने अभियानमा जुटेको छ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search