सोमवार, मंसिर १३, २०७८
spot_img

कप्तान रुबिनाको शानदार बलिङमा नेपालको फराकिलो जित:टी-२० अन्तर्राष्ट्रिय शृंखला

कप्तान रुबिना क्षेत्रीको शानदार बलिङप्रेरित नेपाली राष्ट्रिय महिला टोलीले पहिलो टी-२० अन्तर्राष्ट्रियमा कतारविरुद्ध १ सय १९ रनको फराकिलो जित निकालेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कप्तान रुबिना क्षेत्रीको शानदार बलिङप्रेरित नेपाली राष्ट्रिय महिला टोलीले पहिलो टी-२० अन्तर्राष्ट्रियमा कतारविरुद्ध १ सय १९ रनको फराकिलो जित निकालेको छ । मंगलबार कतारमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रनको योगफल तयार पारेको थियो ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाएर २७ रन मात्रै बनाउन सक्यो । नेपालको कसिलो बलिङसामु टिक्न नसकेको कतारका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि १.५ ओभर बलिङ गरेकी रुबिनाले मात्रै १ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । यस्तै, सीता राना मगर र कविता कुँवरले २-२ तथा करुण भण्डारीले एक विकेट लिइन् ।

पहिलो इनिङमा इन्दु बर्माको अर्धशतक नेपालले पूरा २० ओभर खेल्दै सम्मानजनक योगफल तयार गरेको थियो । नेपालका लागि ४७ बलको सामना गरेकी इन्दुले ५ चौकासहित ५५ रनको शानदार इनिङ खेलिन् । यस्तै सीता राना मगरले ३३ बलमा ५ चौकासहित ३९ रन बनाउँदा सरिता मगरले २१ तथा कविता कुँवरले अविजित ८ रनको योगदान गरेकी थिइन् ।

कतारका लागि सबीजा पनायेन र एन्जेलिन मेरले १-१ विकेट बाहेक अन्य बलरले सफलता हात पार्न सकेनन् ।

आईसीसी विश्वकपको एसिया छनोटको तयारी स्वरुप कतारमा पहिलो टी-२० शृंखला खेलिरहेको नेपालले घरेलु टोलीविरुद्ध अझै दुई टी-२० खेल्ने छ । युएईमा हुने छनोटका लागि नेपाली टोली त्यतैबाट प्रस्थान गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार