सोमवार, मंसिर १३, २०७८
spot_img

बुढो भइरहेको सुर्यको मृत्यु कहिले हुन्छ ? नासाको टेलिस्कोपले गर्‍यो महत्वपूर्ण खुलासा

ब्रम्हाण्डमा धेरै यस्ता रहस्यमय चिजहरु छन् जसको बारेमा वैज्ञानिकहरुले जान्ने कोसिस अनवरत रुपमा गरिरहेका हुन्छन् । यसैबीच वैज्ञानिकहरुले एउटा यस्तो तस्वीर हात पारेका छन् जसबाट सुर्यको बारेमा नयाँ जानकारी प्राप्त भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

sun

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ब्रम्हाण्डमा धेरै यस्ता रहस्यमय चिजहरु छन् जसको बारेमा वैज्ञानिकहरुले जान्ने कोसिस अनवरत रुपमा गरिरहेका हुन्छन् । यसैबीच वैज्ञानिकहरुले एउटा यस्तो तस्वीर हात पारेका छन् जसबाट सुर्यको बारेमा नयाँ जानकारी प्राप्त भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उक्त तस्वीर अमेरिकी अन्तरीक्ष संस्था नासाको हबल टेलिस्कोपले खिचेको हो । सुर्यको मृत्यु कहिले र कसरी हुन्छ भन्ने विषय प्रक्षेपण गर्न उक्त तस्वीर सहयोगी हुने वैज्ञानिकहरुको भनाई छ ।

सुर्यको मृत्यु कसरी होला ? यो एक महत्वपूर्ण प्रश्न हो जसका बारेमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरुका अनुसार सुर्य पनि एक तारा भएको हुँदा अन्य ताराहरु जस्तै भविष्यमा कुनै समयमा सुर्यको मृत्यु हुनेछ र ह्वाइट ड्वार्फमा बदलिनेछ । ह्वाइट ड्वार्फ निभिसकेको ताराको अवशेष हो जसको प्रकाश कम हुँदै अन्तिममा अँध्यारोमा परिणत हुन्छ ।

सुर्यको उत्पत्ति साढे ४ अर्ब पहिले भएको हो । यो हाइड्रोजन र हिलियम ग्याँसको एक तातो पिण्ड हो । सुर्यले आफ्नो जिवनकालको आधा उमेर पार गरिसकेको छ । सुर्यको व्यास करीब ८ लाख ६४ हजार माइल र सतहको तापक्रम करीब १० हजार डिग्री फरेनहाइट छ ।

कसरी हुन्छ सुर्यको मृत्यु ?

एनजीसी २४३८ (प्लानेटरी नेब्युला पनि सुर्यजस्तै एक ताराको अवशेष हो । यो पृथ्वीभन्दा करीब १३७० प्रकाश वर्ष टाढा छ । प्लानेटरी नेब्युला एक विशाल ग्यासको बादल हो । यो सुर्यजस्तै समाप्त हुने ताराहरुबाट निस्किन्छ । नासाले हालै उक्त प्लानेटरी नेबुलाको नयाँ तस्वीर सार्वजनिक गरेको छ ।

रिपोर्ट अनुसार सुर्यको हाइड्रोजन उसको जिवनकालको अन्तिम समयमा समाप्त हुन्छ । जसका कारण सुर्य अस्थीर हुन्छ र सेतो गोला अर्थात् ह्वाइट ड्वार्फको रुपमा समाप्त हुनेछ ।

वाशिङटनस्थित नासाको हबल टेलिस्कोपले खिचिएका तस्वीरमा विभिन्न रङ देखिन्छन्, जुन सनस्पट तथा अन्य घटनाहरुका कारण सुर्यको चमक अन्य ताराहरुको तुलनामा निकै कम सक्रिय रहेको प्रतित हुन्छ । यसबाट सुर्य बुढो हुँदै गइरहेको पुष्टि हुन्छ ।

सार्वजनिक गरिएको नेबुलाको तस्वीरमा रहेको नीलो रङको अर्थ अक्सिजन हो, हरियो हाइड्रोजन, सुन्तला रङ नाइट्रोजन र रातो सल्फर ।

नासाले सन् १९९० मा हबल टेलिस्कोप प्रक्षेपण गरेको थियो । त्यसलाई पृथ्वीको तल्लो कक्षमा पठाइएको थियो ।

नासाले हबल टेलिस्कोपले खिचेका अद्भूत तस्वीरहरु आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा समय समयमा सार्वजनिक गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार