मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

माधव नेपालका कारण पर्यटनमन्त्री एकाएक बर्खास्त, अबको तयारी यस्तो छ !

Viber Community

नेपाल अनलाइन पत्रिका

Madhav Nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। माधव कुमार नेपालको स्वार्थका कारण एक मन्त्री बर्खास्तीमा परेका छन् । केन्द्र सरकारमा रहेको सत्तारुढ गठबन्धन अनुसार नै मन्त्री हेरफेर गर्न खोज्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई अकस्मात बर्खास्त गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सहभागी गराउन रायलाई बर्खास्त गरिएको छ । यसअघि कात्तिक २८ गते मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका हुन् तर रायले राजीनामा नगरेपछि बर्खास्त गरिएको छ ।

मन्त्री रायलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । एकीकृत समाजवादीलाई उद्योग मन्त्रालय दिने सहमति भएको जनाइएको छ ।

यस्तै यता न्यायालय विवादले देशको राजनीति तातेको छ । मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताए ।

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश जबराले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न जबरालाई सुझाव दिए । जबराले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि जबराले पदमा बस्न नहुने बताए ।

जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् । उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर जबरालाई महाअभियोग लगाउन माग गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search