Viber Community
Nop Ads

प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँडलाई एर्पोटमै हाने झापड, मन्त्रि पद के हुन्छ ?

बेलायतबाट फर्कँदा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिन्जेलसम्म कार्यवाहक प्रधानमन्त्री भनेर प्रचार गरिएका गृहमन्त्री बालकृष्ण खाँडलाई झपारेको पाइएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Balkrishna Khand

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बेलायतबाट फर्कँदा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिन्जेलसम्म कार्यवाहक प्रधानमन्त्री भनेर प्रचार गरिएका गृहमन्त्री बालकृष्ण खाँडलाई झपारेको पाइएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कात्तिक १८ गते विहान प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेको? कस्ले घुम्नु भन्यो? त्यो डडेल्घुरा किन गएको ?

भन्दै भेट्नासाथ आक्रोश पोखेका थिए। बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री देउवासँग सल्लाह नगरी कार्यवाहक प्रधानमन्त्री भन्दै भनाउँदै गृहमन्त्री बालकृष्ण खाँड देउवा नभएको मौकामा देश दौडाहामा निस्किएका थिए।

काठमाडौंको पशुपतिनाथमा पूजा अर्चनादेखि डडेल्घुरा, पोखरा, लुम्बिनीलगायतका ठाउँहरुमा पार्टीस्तरीय कार्यक्रमहरु गर्दै खाँडले देउवाको अनुपस्थितिका दिनहरु विताएका थिए।

पदमा अर्को व्यक्ति वहाल रहेकै अवस्थामा कुनै दोस्रो व्यक्तिलाई कार्यवाहक प्रधानमन्त्री भन्न वा लेख्न पाइने संबैधानिक व्यबस्था नभएकोमा गृहमन्त्री खाँडले अफूलाई देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री भन्दै प्रचार गराएका थिए। यो कुराले देउवाको चित्त नबुझेको स्रोतको दावी छ।

प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेको? कस्ले घुम्नु भन्यो? त्यो डडेल्घुरा किन गएको? भन्दै भेट्नासाथ आक्रोश पोखेका थिए।

त्यसमाथि पनि नेपाली कांग्रेसको महाधिवेशनको सम्मुखमा राज्यको स्रोत साधन र संयन्त्रको दुरुपयोग गर्दै देश दौडाहामा निस्केर आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको अर्थमा पनि खाडको गतिविधिलाई देउवाले बुझेका थिए। खाँड आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने प्रयासमा छन्

र देउवानिकटका अरु नेताहरु पनि सोही पदका आकांक्षी छन्। आफ्नो समूहभित्र तालमेल मिलाउन नसकिरहेको अवस्थामा खाँडले आफूलाई जानकारी नै नदिई जिल्ला जिल्ला दौडाहामा गएकोमा देउवाले एयरपार्टमै असन्तुष्टि पोखेका हुन्।

त्यसो त खाँडले प्रधानमन्त्रीको हैसियतले लुम्बिनीमा राष्ट्रपति सहभागी भएको कार्यक्रममा समेत सहभागिता जनाएको र त्यहाँ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई अपमानित गरेको कुराको रिपोर्ट पनि लण्डनमा हुँदै देउवालाई गरिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १४ गते लुम्बिनीमा एउटा बहुमूल्य बुद्धको मूर्ति अनावरण गरेकी थिइन्। स्पेनको लुम्बिनी गार्डेन फाउण्डेन नामक संस्थाले म्यान्मारमा बनाएको ह्वाइट जेड नामक अति महंगो पत्थरबाट निर्माण गर्न लगाई लुम्बिनीमा स्थापना गरेको सो बुद्ध मूर्ति अनावरण कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन।

स्पेनका सभामुखसहितका केही सांसदहरुसमेत सहभागी भएको सो कार्यक्रममा प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँड अचानक लुम्बिनी पुगेका थिए। त्यसपछि प्रोटोकल मिलाउन आयोजकहरुलाई मुस्किल परेको थियो।

राष्ट्रपतिलाई आसन ग्रहण गराइसकेपछि कार्यवाहक प्रधानमन्त्री भन्दै खाँडलाई आसन ग्रहण गर्न दवाव दिइएको थियो जव कि प्रोटोकलमा मन्त्रीभन्दा माथि रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई मन्चमा आसन ग्रहण गराउने कार्यक्रम तय भइसकेको थियो।

तर, आयोजक अलमल परेर कार्यवाहक प्रधानमन्त्री भन्दै खांडलाई पहिला मन्चमा आसन ग्रहण गराए। यसले अध्यक्ष तिमिल्सिनाको प्रोटोकल मिचियो र तिमिल्सिनासहित एमालेको समूहले अपमानसमेत महसुस गरेको बताइएको छ।

यो कुरा पनि देउवालाई लण्डनमै सुनाइएको थियो। यी विविध कारण मिसिएकाले प्रधानमन्त्री देउवा वेलायतबाट उड्नुअघि नै खांडसंग असन्तुष्ट थिए। त्यही असन्तुष्टि विमानास्थलमा ओर्लनासाथ पोखिएको थियो।

तेस्तै, पाँच दलीय सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विशेष जिम्मेवारी दिएको छ ।उनको नेतृत्वमा ११ सदस्यीय राजनीतिक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको हो। धेरैले पौडेललाई दोश्रो प्रधानमन्त्री भनेर विश्लेषण गरेका छन्।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन्। मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन्।

संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने श्रेष्ठले बताए। पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन्।

बैठकमा सहभागी नेताका अनुसार संयन्त्रमा नेपाली काँग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ,

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एक जना रहने छन्। त्यस्तै, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र नाम दिन बाँकी एक जना सदस्य रहनेछन्।

संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrik[email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search