सोमवार, मंसिर १३, २०७८
spot_img

केपी ओलीले स्वीच थिचेपछि स्वास्थ्यमन्त्री ठूलो तनावमा

नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको बैठक अस्ति आइतबार हेरिटेज गार्डेन सानेपामा सम्पन्न भयो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको बैठक अस्ति आइतबार हेरिटेज गार्डेन सानेपामा सम्पन्न भयो । केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आइतबार समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको गतिविधि ‘ब्रिफ्रिङ’ गर्ने कार्यक्रम थियो । त्यसै क्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो मन्त्रालयको ब्रिफिङ गर्ने क्रममा ओलीको ‘स्वीच’ले म हैरान भएँ भनेर दुःखेसो पोखे । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मन्त्री खतिवडाले भने– २०७७ मंसिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३०९ पालिका र ३९६ स्थानीय तहमा आधारभूत स्वास्थ्य चौकीको बालुवाटारबाट ‘स्वीच’ थिचेर शिलान्यास गरेका थिए । उक्त कुराको देशैभरि स्वागत पनि भयो । तर, अहिले म त्यो ‘स्वीच’का कारण हैरान भएको छु ।

मन्त्री खतिवडाले आफ्नो पीडा पोख्दै भने– ‘ती स्वास्थ्य चौकीको न डिपिआर छ, न कहाँ बनाउने भन्ने जग्गाको ठेगान, हावाको भरमा ‘स्वीच’ थिचेर स्वास्थ्य चौकी शिलायान्स गरेपछि दिनहुँ बजेट माग्नेको संख्या बढ्दो छ ।

मैले स्थानीय निकाय र पालिकाका साथीहरुलाई स्वास्थ्य चौकी बनाउन डिपिआर, जग्गाको लालपुर्जा लिएर आउनुस् म बजेटको व्यवस्था गरौंला भनेर आश्वासन दिने गरेको छु । तर, ती जनप्रतिनिधिहरुले जग्गा खरिद गर्न पनि मन्त्रालयबाट बजेट माग्ने गरेका छन् । क्या फसाद परेको छु ।

त्यतिबेला ओलीले हावादारी भाषणको भरमा विभिन्न आयोजनाहरुको शिलान्यास गरेका कारण म मात्र होइन, अन्य मन्त्रीहरु प्नि समस्यामा परेका छन् भन्दै मन्त्री खतिवडाले अहिले आफ्नो सम्पूर्ण ध्यान कोरोना खोपमा केन्द्रित भएको छ ।

यदि, साथीहरुले पालिकामा स्वास्थ्य चौकी स्थापना गर्न डिपिआर र जग्गाको लालपुर्जा ल्याउँछन् भने भवन निर्माण गर्न चालिस लाखसम्म दिने बताए । तत्कालीन प्रधानमन्त्री ओलीले ५ देखि १५ शैयाको अस्पताल निर्माण गर्न ५७ अर्ब ९७ करोड बजेट छुट्याएका थिए । दृष्टि साप्ताहिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार