Viber Community
Nop Ads

विप्लवको घोषणा फेरि नेपाल बन्द गर्ने

विप्लवले फेरि नेपाल बन्द गर्ने घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खारेज नभएसम्म नेपाल बन्द लगायतका संघर्ष निरन्तर रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

biplop

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विप्लवले फेरि नेपाल बन्द गर्ने घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खारेज नभएसम्म नेपाल बन्द लगायतका संघर्ष निरन्तर रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंगलबार गरिएको नेपाल बन्दमा सहयोग पुर्याउने सबैलाई विज्ञप्तिमार्फ् धन्यवाद दिँदै मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने उनले बताए ।

उनले पक्राउ गरिएका कार्यकर्तालाई रिहाइको माग गरेका छन् । बन्दका क्रममा तीन सय बढी कार्यकर्ता पक्राउ परेका छन् । विप्लव नेतृत्वको पार्टी अहिले शान्तीपूर्ण राजनीतिमा आइसकेको छ ।

यस्तै यता सत्तारुढ गठबन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको छ ।

मंगलबार बसेको समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् ।

उनीहरूले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् । यसैगरी सर्वोच्च अदालतका न्यायाधीशहरूले न्यायालय सुधारको एजेण्डामा कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्दै आएका सर्वोच्चका न्यायाधीशहरूबीच मंगलबार फुट आएको थियो । उनीहरूबाट अलग भएका पाँचमध्ये चार न्यायाधीश मंगलबार नियमित काममा फर्किएका छन् ।

तर, अरू न्यायाधीशहरूले भने पाँच जना पनि आफूहरूभन्दा अलग नभएको दाबी गरेका छन् । मंगलबार भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले न्यायाधीशहरूको समूहमा आएको फाटोबारे चासो राखेका थिए । बार उपाध्यक्ष रक्षा बस्यालले भनिन्, ‘उहाँहरूले पटक पटक भन्नुभयो, उहाँहरू हामीभन्दा बाहिर होइन ।’

त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा ९एकीकृत समाजवादी०का चन्द्रबहादुर शाहीलाई सिफारिस गरेका छन् ।

एकीकृत समाजवादी संसदीय दलका नेता शाहीलाई नियुक्त गर्न मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शाहीलाई प्रदेश प्रमुख तिलक परियारले अहिले साढे ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका शाहीले आधा महिनामा एक जना मन्त्री नियुक्त गरेका छन् । यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बेञ्च बहिष्कार गरिरहेका सबै न्यायाधीश बेन्चमा फर्किने भएका छन् ।

जबराको राजीनामा माग्दै ८ कात्तिकदेखि बेञ्च बहिष्कार गरिरहेका न्यायाधीशहरू बेन्चमा फर्किने भएका हुन् । मंगलबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा आन्दोलनरत न्यायाधीशहरूले बेञ्चमा फर्किने बताएका हुन् ।

छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेका अनुसार जबराको राजीनामा मागिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली र मिलापत्रलगायतका मुद्दा हेर्ने गरी बेञ्चमा फर्किने बताएका हुन् ।

बैठकपछि न्यायाधीश अनिलकुमार सिन्ह्वाले गोला प्रथामार्फत पेसी तोक्ने काम सुरु नभएसम्म बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली र मिलापत्रसम्बन्धी मुद्दा मात्र आफूहरूले हेर्ने गरी बेन्चमा फर्किने बताए ।

त्यसैगरी उता प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगी बनेको आरोप लगाएका छन् । मंगलबार कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभा बैठक स्थगित भएपछि राईले भण्डारी एमालेको निर्देशनमा चल्न खोजेको आरोप लगाएका हुन् ।

प्रदेशसभा भवनबाट बाहिरिँदै गर्दा राईले एमालेकै निर्देशनअनुसार सभामुखले बैठक स्थगित गरेको बताए । ‘प्रदेशसभामा एमालेले सभामुखसमेतलाई जोडेर आफ्ना ४१ सांसद भन्छ । व्यवहारमा पनि आज सभामुखको भूमिकाले ४१ रहेको देखाउनुभयो’, राईले भने, ‘एमालेको निर्देशनअनुसार उहाँले आजको बैठक स्थगित गर्नुभयो, यो राम्रो कुरा होइन ।’

मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेबमोजिम प्रदेशसभा बैठक संचालन हुनुपर्ने भए पनि सभामुखले त्यसो नगरेको उनले बताए । ‘विश्वासको मतका लागि मुख्यमन्त्रीले चाहेअनुसार हुनुपर्ने हो तर कार्यसूची तयार भए पनि सभामुखले एमालेको निर्देशनमा हठात् बैठक स्थगित गर्नुभयो’, राईले भने । यस्तै नक्कली अन्तस्शुल्क स्टिकर प्रयोग गरी राजस्व छलेको अभियोगमा दुइटा व्यापारिक फर्मका संचालकसहित १२ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले सोमबार रूपन्देहीको कृष्टल बोटलर्स प्रालिका संचालक फुलसिंह क्षेत्री, माउन्ड एभरेस्ट डिस्टिलरी प्रालिका संचालक मृगेन्द्रगोविन्द श्रेष्ठ र सिद्धार्थनगर( ३ का मोहम्मद साहिद अन्सारीसहित १२ जनाविरुद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भन्सार चोरी पैठारी गरी ल्याएको नक्कली अन्तस्शुल्क स्टिकर टाँसेको, भन्सार जाँचपासभन्दा बढी परिमाणमा मालवस्तु ल्याएर पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजस्व छली गरेको पाइएकाले उनीहरूलाई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनीहरूलाई बिगो बराबरको रकम, जरिमाना र कैद सजायको मागदाबी पनि लिइएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । उता टी( २० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध ११९ रनले विजयी भएको छ ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतारले ११।५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ तथा केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाए ।

कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । उसका ६ खेलाडी शून्य रनमा आउट भए । नेपालका लागि कप्तान रुविना क्षत्रीले उत्कृष्ट बलिङ गरिन् । उनले १।५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन् ।

यस्तै, कविता कुँवर र सरस्वती कुमारीले २र२ विकेट लिँदा करुण भण्डारीको नाममा १ विकेट रह्यो । यसअघि दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

नेपाली टोलीले टी( २० अन्तर्राष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १२६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् ।

उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् । टी( २० अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । यसका साथै उनी नेपालका लागि टी( २० आईमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी पनि बनिन् ।

यस्तै भारतको दिल्ली सरकारले दिल्लीमा ुघरबाट कामु नीति लागू गर्ने र केही उद्योग बन्द गर्नेजस्ता कदम चाल्न सुझाव दिएको छ । दिल्लीका वातावरणमन्त्री गोपाल रायले मंगलबारको वायु गुणस्तर व्यवस्थापन आयोगको बैठकमा यस्तो सुझाव दिएका हुन् ।

दिल्लीमा प्रदूषणबाट बच्न मुख्यमन्त्री अरविन्द केजरीवालले गत शनिबार एक साताका लागि स्कुल बन्द गर्ने, निर्माण गतिविधिमा प्रतिबन्ध लगाउने र सरकारी कर्मचारीहरूका लागि घरबाट काम गर्ने घोषणा गरेका थिए । सर्वोच्च अदालतले यसबारे सोमबार वायु गुणस्तर व्यवस्थापन आयोगलाई संयुक्त बैठक बोलाउन निर्देशन दिएको थियो । मंगलबारको बैठकमा पञ्जाब, राजस्थान, हरियाणा र उत्तर प्रदेश राज्यका अधिकारी पनि सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

केपी ओलीले किन निर्वाचन चाहेनन् ? आफू निकटसङ वास्तविकता खोले

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । यसपटकको महाधिवेशनमा पनि केपी शर्मा ओली नै अध्यक्ष पदमा विजयी भइसकेका छन् । उनले अध्यक्षमा उठेको अर्का नेता भीम रावललाई भारी मतले हराए ।

डा.भीम रावल र घनश्याम पाखा लगाएका केपी ओलीले गरे हारेको महसुस !

१०औं राष्ट्रिय महाधिवेशनमा सिंगो पार्टी एकातिर उभिएका बेला भीम रावल, घनश्याम भूसाल र भीम आचार्य जस्ता केही नेताहरु अर्कातिर उभिए । हार्छु भन्ने जान्दाजान्दै चुनाव लडे । जसले एमालेभित्र मौलाएको ‘बा’प्रवृत्तिलाई टक्कर दिएको छ । 

आजबाट राप्रपाको चुनावी प्रक्रिया सुरु हुँदै, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए । 

ओलीमाथि प्रचण्डको कडा व्यंग्य – पार्टी तीन टुक्रा बनाउने र महाधिवेशनको नाम एकताको महाधिवेशन राख्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा व्यंग्य गरेका छन् ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

चीन पठाइयो विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई

मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

बेन्जेमाको गोलमा रियल विजयी : स्पेनिस ला लिगा

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।

यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ । धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् ।

केपी ओलीले किन निर्वाचन चाहेनन् ? आफू निकटसङ वास्तविकता खोले

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । यसपटकको महाधिवेशनमा पनि केपी शर्मा ओली नै अध्यक्ष पदमा विजयी भइसकेका छन् । उनले अध्यक्षमा उठेको अर्का नेता भीम रावललाई भारी मतले हराए ।

डा.भीम रावल र घनश्याम पाखा लगाएका केपी ओलीले गरे हारेको महसुस !

१०औं राष्ट्रिय महाधिवेशनमा सिंगो पार्टी एकातिर उभिएका बेला भीम रावल, घनश्याम भूसाल र भीम आचार्य जस्ता केही नेताहरु अर्कातिर उभिए । हार्छु भन्ने जान्दाजान्दै चुनाव लडे । जसले एमालेभित्र मौलाएको ‘बा’प्रवृत्तिलाई टक्कर दिएको छ । 
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search