Viber Community
Nop Ads

प्रचण्डको नाममा आज सार्वजनिक बिदा दिने निर्णय (सूचनासहित)

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाममा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाममा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि सार्वजनिक बिदा हुने भएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने भएपछि बुधबार एक दिन सार्वजनिक बिदा नै दिने निर्णय गरेको हो । नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय लिंदा सबैलाई चकित तुल्याएको छ ।

यस्तै यता पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन् ।

जारी विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ । ुराष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छु, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

यसैगरी एमाले शीर्ष नेताहरूको उपस्थितमा प्रदेश २ को भेला सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासमा एमाले प्रदेश २ को भेला सम्पन्न भएको हो ।उपमहासचिव विष्णु पौडेल, महाअधिवेशन सहसंयोजक सुरेन्द्र पाण्डेसहित स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यको सहभागिताबीच आयोजित भेलामा माहाअधिवेशनको तयारी र चुनावी अभियानको विषयमा छलफल भएको नेकपा एमाले प्रदेश २ ले जनाएको छ ।

चुनावी अभियानलाई प्रदेश २ मा कसरी बलियो बनाउने र महाधिवेशन प्रतिनिधि छनोटमा भएको विवाद कसरी सुल्झाउने भन्ने विषयमा पौडेलले मैत्रीपूर्ण वातावरण तयार गर्न निर्देशन दिएको पौडेललाई उदृत गर्दै प्रदेश कमिटी सदस्य गोपाल बरालले बताए ।

प्रदेश २ मा महाअधिवेशन प्रतिनिधि चयन गर्दासमेत निक्कै ठूको विवाद सिर्जना भएको थियो । अहिलेसम्म कुनै पनि जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन सकेका छैनन् । यही विवादलाई सहजीकरण गर्नका लागि पनि विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत नेताहरू प्रदेश २ मा आएको एक नेताले जानकारी दिए ।

महोत्तरीमा प्रतिनिधिका आकांक्षी तेब्बर छन् । विधानअनुसार सदस्य संख्याको आधारमा महोत्तरीमा बढीमा ३० जना प्रतिनिधि मात्रै चयन हुनेछन् । आकांक्षी धेरै भएपछि चयन गर्न निक्कै सकस भइरहेको महोत्तरी जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले बताए ।

महोत्तरी जस्तै प्रदेश २ का अन्य जिल्लामा पनि विवाद कायम नै छ । अहिले प्रदेश २ मा नेकपा एमाले र नेकपा एसको तुलना गर्दा नेकपा एस नै बलियो देखिएको छ ।

नेकपा एमालेका प्रदेश २ मा २१ जना प्रदेशसभा सदस्य मध्य १३ जना नेकपा एसमा छन् । नेकपा एस प्रदेशकै तेस्रो ठूलो पार्टी बनेपछि मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारमा सहभागी गराउने प्रक्रिया अगाडि बढाएका छन् । नेकपा एसलाई प्रदेश सरकारमा सामेल गराउन मुख्यमन्त्रीले आजै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search