मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

प्रचण्ड चितवनबाट लखेटिए, ज्यान जोगाउन मुस्किल

केन्द्रमा सत्ता गठबन्धन भए पनि चितवनमा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच संघर्ष चलिरहेको छ। फागुनदेखि वैशाखसम्म तिनै तहको निर्वाचनको चर्चा चलिरहेका बेला कांग्रेसले चितवनमा माओवादी लखेट्ने रणनीति बनाएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। केन्द्रमा सत्ता गठबन्धन भए पनि चितवनमा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच संघर्ष चलिरहेको छ। फागुनदेखि वैशाखसम्म तिनै तहको निर्वाचनको चर्चा चलिरहेका बेला कांग्रेसले चितवनमा माओवादी लखेट्ने रणनीति बनाएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केही दिनअघि प्रचण्ड र रेणु दाहाललाई चितवनबाट लखेट्ने उदघोष गरेका थिए। कांग्रेस नेता कार्यकर्ता माओवादीविरुद्ध यसरी विद्रोहमा उत्रेपछि माओवादी अध्यक्ष प्रचण्ड र उनकी छोरी भरतपुरकी मेयर रेणु दाहालले चित्त दुखाएका छन्।

प्रचण्डले केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि चितवनमा नेता कार्यकर्ताले रेणु दाहाल र आफूलाई लखेट्ने भन्नु विडम्बना रहेको गुनासो गरे।

देउवालाई प्रधानमन्त्री बनाए पनि कांग्रेस कांग्रेसभन्दा अधिक ठाउँमा जितेको स्मरण गर्दै प्रचण्डले तै पनि प्रधानमन्त्री देउवा बनाउँदा खुसी हुनुपर्नेमा उल्टै लखेट्ने कुरा गर्दा अचम्म लागेको बताए।

भरतपुरमा माओवादीको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ जिल्ला सभापति भन्नेहरुले बोलेको सुन्नुभयो नि, खुसी हुनुपर्ने होइन ?

त्यसैगरी मेयर रेणु दाहालले पनि जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुरा आउनु दुखद भएको बताइन्। रेणुले त एमालेले पनि महाधिवेशन चितवनमा गरेर आफूहरुलाई घेरा हाल्न खोजेको गुनासो गरिन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी एवं भरतपुरकी मेयर रेणु दाहालले प्रमुख प्रतिपक्षी एमालेले घेराबन्दी गरेको गुनासो गरेकी छन्। उनले केन्द्र जस्तै सबै पार्टी मिलेर अगाडी बढ्न सुझाब दिईन।

आफ्नै पिता प्रचण्डका अगाडि मेयर रेणुले भरतपुरमा आयोजित कार्यक्रममा एमालेले महाधिवेशन चितवनमा गरेर आफूहरुलाई घेरा हाल्न खोजेको गुनासो गरिन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तै हुने तय भए पनि भरतपुरमै ल्याएर गर्नुपर्ने स्थिति बनाइएको उनको गुनासो थियो ।

सबैतिरबाट घेराबन्दी र काम गर्ने मान्छेलाई लखेट्ने परिपाटी अहिले पनि हामीले देखेका छौं । म भन्न चाहन्छु, हामी हिजो पनि जनताका अधिकारका लागि मर्न तयार भएर हिडेका हौं, अहिले पनि जनताकै लागि लडिरहेका छौं ।

जति हामीलाई लखेट्ने कुरा गर्छन् त्यति नै धेरै जनताको सेवक भएर काम गर्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् । कांग्रेस जिल्ला सभापतिले पनि बाबुछोरीलाई लखेट्ने भनेर धम्की दिएकोमा पनि रेणु र प्रचण्ड दुबैले चित्त दुखाएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन्। माओवादी केन्द्र भरतपुर महानगर समितिले शुक्रबार आयोजना गरेको चियापान एवं दशैं,तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका छन्।

उनले भने,‘तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ।’ माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो।

आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरे। उनले भने,‘म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस्। माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको उनको दाबी रहेको छ।

आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताउउँदै आफू चितवन निर्वाचन क्षेत्रबाट कतै नभाग्ने पनि बताएका छन्।उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने,‘प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्।

एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाई थियो । उनले भने,‘मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब।

म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि।’माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरेका थिय।

प्रचण्ड चितवनमा चुनाव लड्न आए हिसाब-किताब गर्न एमाले तयार छः देवी ज्ञवाली: नेकपा एमालेका नेता देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी चुनाव लड्न चितवन नआउँने बताएका छन्।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा नेता ज्ञवालीले प्रचण्ड फर्केर चितवन चुनाव लड्न आउँछन् जस्तो आफुलाई नलागेको बताएका छन् । कुन मुख लिएर चुनाव लड्न चितवन आउँन सक्छन् मलाई पटक्कै विश्वास छैन उनले भनेका छन्।

प्रचण्ड चितवनमा चुनाव लड्ने गरि आउँछन् जस्तो नलागेको यदि आएछन् भने राम्रो सँग हिसाब किताब गर्न पनि एमाले तयार रेहेको ज्ञवालीले बताएका छन् । चुनावी मैदानमा हिसाब किताब गर्न तयार रहेको उनले बताए।

प्रचण्डको निर्वाचन क्षेत्र नै नभएको भन्दै ज्ञवालीले यस अघि कहिले काठमाडौँ कहिले रोल्पा त कहिले सिराह गरेर डुलेको र अघिल्लो निर्वाचनमा एमालेले साथ दिने भए पछि चितवन आइपुगको भन्दै अब हारिन्छ भन्ने राम्रो सँग वुझेकाले प्रचण्ड चितवन आउँनेले ज्ञवालीको अनुमान छ।

अन्तवार्ताका क्रममा ज्ञवालीले भनेका छन् माओवादी भन्ने पार्टी कस्तो देखीयो भने एजेरु भन्ने एउटा वनस्पती हुन्छ जुन माटोमा बस्दैन, बनस्पतीमा मात्रै बस्छ ,उसको विशेषता के हो भने जुन विरुवामा उ जन्मिन्छ र हुर्किन्छ त्यहि विरुवालाई मार्दिन्छ ।

माओवादी एक्लै कँही चुनाव जित्न सक्दैन कहिले एमालेलाई समात्छ ,कहिले काग्रेसलाई समात्छ , काग्रेसलाई समात्यो भने त्यही झगडा गराउँछ एमालेलाई समात्यो भने पनि त्यहि झगडा लगाएर पार्टी फुटाउँन खोज्छ त्यसैले वनस्पतीमा एजेरु र राजनितीमा माओवादी एकै हो । ज्ञवालीले भनेका छन्।

तेस्तै, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफैले गठबन्धन सरकार र खासगरी गठबन्धन दलहरूको भविष्य धेरै लामो नरहेको टिप्पणी गरेका छन् ।

उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका हुन् । गठबन्धन दलहरुको आगामि निवार्चनपछिको भविष्य भने के हुन्छ भन्नेमा आशंका उब्जिएको हो।

उसो त, केहीदिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले पनि अवस्था हेरेर कांग्रेसविरुद्ध अन्य चार दल एक भएर लाग्ने किसिमको टिप्पणी गरेका थिए ।

यसबिच एकीकृत समाजवादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा नेता नेपालले यस्तो भनेका हुन्। यसले आगामी निर्वाचनसम्म गठबन्धन सरकार चलेपनि त्यसपछि भने फेरि दलहरुबिच उथलपुथल हुने अवस्थाको संकेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search