Viber Community
Nop Ads

रुसले मिसाइल हानेर अन्तरिक्षमा रहेको स्याटेलाइट धवस्त पार्यो, अन्तरिक्ष यात्रीहरुको अबस्था के छ ?

रुसले एक एन्टी स्याटेलाइट मिसाइल हानेर आफ्नो एउटा पुरानो स्याटेलाइटलाई अन्तरिक्षमै उडाइदिएको छ। पृथ्वीको तल्लो कक्षमा रहेको यो स्याटेलाइट ध्वस्त भएपछि यसका १५०० भन्दा धेरै टुक्राहरु तीब्र रुपमा अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएस तर्फ बढे।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रुसले एक एन्टी स्याटेलाइट मिसाइल हानेर आफ्नो एउटा पुरानो स्याटेलाइटलाई अन्तरिक्षमै उडाइदिएको छ। पृथ्वीको तल्लो कक्षमा रहेको यो स्याटेलाइट ध्वस्त भएपछि यसका १५०० भन्दा धेरै टुक्राहरु तीब्र रुपमा अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएस तर्फ बढे।

यी टुक्राहरुका कारण आइएसएसमा रहेका अन्तरिक्ष यात्रीहरु सोयुज र ड्रेगन क्याप्सुलमा लुके ताकि यदि टुक्राहरुले आइएसएस क्षतिग्रस्त भयो भने उनीहरु क्याप्सुलबाट पृथ्वीमा फर्किन सकुन्। यो घटनापछि धेरै देशहरुले रुसको आलोचना गरिरहेका छन्।

रुसले १४ नोभेम्बर राती वा १५ नोभेम्बर बिहानमा एन्टी स्याटेलाइट मिसाइल (एस्याट) हानेर आफ्नो स्याटेलाइट कस्मस–१४०८ लाई उडाइदिएको थियो। यो स्याटेलाइटको तौल २ हजार किलो थियो।

यसलाई १९८२ मा अन्तरिक्षमा पठाइएको थियो। यो विगत केही वर्षदेखि निष्क्रिय थियो । यसलाई मिसाइल हानेर उडाउँदा यो पृथ्वीबाट ४८५ किलोमिटर टाढा थियो । योभन्दा केही तल रहेर अन्तर्राष्ट्रिय स्पेस स्टेशनले पृथ्वीको परिक्रमा गर्छ।

अमेरिकाले रुसको यो कदमलाई गलत भन्दै यसको निन्दा गरेको छ। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले रुसले गरेको यो काम लापरवाहीपूर्ण भनेका छन्।

उनले रुसको हर्कतका कारण आइएसएसमा रहेका अन्तरिक्ष यात्रीको जीवन खतरामा परेको बताउँदै रुसको यो टेस्टका कारण करिब १५०० टुक्रा फोहर उत्पन्न भएको र यो सजिलै देख्न सकिने बताए।

उनले यो टेस्टबाट सजिलै देख्न नसकिने हजारौं टुक्राहरु पनि अन्तरिक्षमा फैलिएको भन्दै रुसले विश्वभरका देशका स्याटेलाइट र स्पेस स्टेशनको लागि खतरा उत्पन्न गरेको बताए।

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अहिले ७ जना अन्तरिक्ष यात्री छन्। उनीहरुले अन्तरिक्षमा फैलिएका टुक्राको डरले करिब ९० मिनेट क्याप्सुलमा बिताउनु परेको थियो।

सात अन्तरिक्ष यात्री मध्ये ४ जना अमेरिकी, २ जना रुसी र १ जना जर्मन हुन्। रुसले २०१४ देखि अहिलेसम्म १० पटक एन्टी स्याटेलाइट मिसाइलको परीक्षण गरेको छ।

यसअघि २००७ मा चीनले पनि आफ्नो स्याटेलाइट मिसाइल हानेर उडाएको थियो। रुसले जुन उचाइमा यो स्याटेलाइटलाई उडाएको छ त्यो कक्षमा अब नयाँ स्याटेलाइट लञ्च गर्न ठूलो समस्या हुन्छ।

रुसले यस्तो गरेपछि एलन मस्कको कम्पनी स्पेसएक्सका १८०० स्टारलिंक स्याटेलाइट खतरामा परेका छन्। यी स्याटेलाइट ५४० देखि ५५० किलोमिटरको उचाइमा रहेर पृथ्वीलाई घुम्छन्।

तेस्तै , दक्षिण एसियामा चीनको बढ्दो खतरा रोक्नका लागि अमेरिकाले आफ्नो सेना तैनाथ गर्ने बताएपछि चीनले जवाफी प्रतिक्रिया दिएको छ। बिहीबार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका थिए।

दक्षिण पूर्वी एसियाली देशहरुको अगाडि चीनको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका युरोपमा आफ्ना सैनिकको तैनाथी घटाएर उनीहरुलाई सही स्थानमा तैनाथ गर्दैछ।

यसको जवाफ चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले दिएको छ। ग्लोबल टाइम्सले लेखेको छ ‘चीन र भारतको बीच सीमा विवाद रातारात पैदा भएको होइन। एक समय थियो जतिबेला दुई देशको तनाव ठूलो खतरा थियो।

भारत त्यतिबेला पनि कुनै देशमा निर्भर भएन त्यसैले यो तर्क पूरै गलत छ कि अहिलेको सीमा तनावमा भारत कुनै उक गुटको साथमा जान बाध्य हुनेछ।

सीमा विवादलाई युद्धतर्फ लैजाने चीनको कुनै चाहना छैन । गलवान घाटीमा भारतीय पक्षले उक्साएपछि मात्र संघर्ष सुरु भयो । यहाँसम्म कि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं स्वीकार गरे कि भारतीय सीमाभित्र कसैले घुसपैठ गरेको छैन।

अखबारले अगाडि लेखेको छ ‘हामीले अमेरिकाको हातमा परेका देश वा क्षेत्रलाई देखेका छौं। उनीहरु सबै अमेरिका वा उसको हितको लागि काम गर्न इच्छुक छन् । अस्ट्रेलिया होस्, क्यानडा होस् वा ताइवान द्वीप, यी सबैको गणना यही श्रेणीमा गर्न सकिन्छ।

तर यी देश या त आफ्नो हितको सौदा गरिरहेका छन् या आफ्नो सम्प्रभुता अमेरिकाको हातमा गुमाइरहेका छन्। ताइवानको हकमा त सम्प्रभुताको कुरा गर्नै बेकार छ किनकि उसका सबै हित अमेरिकाको नियन्त्रणमा छन् । उसले चाहोस् वा नचाहोस्, ऊ अमेरिकाको इशारामा नाच्नुपर्छ।

अखबारले अगाडि लेखेको छ ‘यो कल्पना गर्नु कठिन छ कि कुनै विश्वव्यापी महाशक्ति अमेरिकाको हातमा रहन मन पराउँछ । भारतको यो विशेषता छ कि ऊ आफ्नो कुटनीतिक स्वतन्त्रता कायम राख्न चाहन्छ । वाशिङटन र नयाँ दिल्लीको सम्बन्ध पश्चिमी विश्लेषकहरुको रायभन्दा धेरै टाढा छ। दुवै पक्ष केवल एक अर्काको प्रयोग गरिरहेका छन्।

अमेरिका हिन्द प्रशान्तको रणनीतिमा भारतलाई आफ्नो गोटी बनाउन चाहन्छ ताकि चीनलाई रोक्न सकोस् र विश्वमा आफ्नो प्रभुत्व कायम राख्न सकोस् । अर्कोतिर भारत अमेरिकाको प्रयोग दक्षिण पूर्व एसियामा चीनको प्रभावलाई काउन्टर गर्न र पाकिस्तानलाई रोक्नको लागि गरिरहेको छ।

यद्यपि भारतलाई यो राम्रोसँग थाहा छ कि अमेरिका उसको लक्ष्य पूरा गर्नको लागि उसलाई सहयोग गर्ने छैन।अगाडि लेखिएको छ ‘अमेरिकाले भारतको रुससँग हतियार सम्झौतालाई कम गरेर हेरिरहेको छ।

र भारतको सैन्य उद्योगमा आफ्नो नियन्त्रण स्थापित गर्ने आशा गरिरहेको छ । जबकि यो असम्भव छ कि भारतलाई यसबारे अनुमान नहोस्। रुससँग हतियार खरिद गरेर नयाँ दिल्लीले आफ्नो पक्ष स्पष्ट पारेको छ।

भारत–चीन सीमा विवादमा जतिसुकै उतार चढाव आउन् र भारतीय पक्षले अगाडि जो कदम उठाओस्, चीनको पक्ष यही हो कि विवादको समाधान केवल छलफलबाट गर्न सकिन्छ र यसमा कुनै बाहिरी शक्तिको व्यवधानको आवश्यकता छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

तीन विद्यार्थीको मृत्यु अमेरिकाको मिशिगनस्थित विद्यालयमा अन्धाधुन्ध गोली प्रहार

एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् ।

बेलायती महारानी राष्ट्रप्रमुख नरहने: बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बन्यो

बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको हो ।

अन्तराष्ट्रिय विद्यार्थीमाथि अष्ट्रेलिया र जापानमा प्रतिबन्ध

सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् । अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा देउवाले भाग लिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आगामी २३ र २४ मंसिरमा उक्त सम्मेलन भर्चुअलरूपमा हुन लागेको छ ।

दर्जन बढी चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

ताइवान मामिलामा दुई मुलुकबीच तनाव बढिरहेको बेला अमेरिकी सरकारले थप १२ वटा चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले दिए राजीनामा

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामाको घोषणा गरेका छन्।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search