सोमवार, मंसिर १३, २०७८
spot_img

शम्भु थापा : प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, अब नयाँ नियुक्ति गर्नुपर्छ

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको प्रतिक्रिया दिएका छन् । बुधवार नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा भएको धर्ना कार्यक्रमपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Shambu Thapa

नेपाल अनलाइन पत्रिका – काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको प्रतिक्रिया दिएका छन् । बुधवार नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा भएको धर्ना कार्यक्रमपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् । उनले अब सरकार र प्रतिपक्षले नयाँ नियुक्ति गर्नुपर्ने भन्दै यसैका लागि आफूहरुले दवाव दिइरहेको बताए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो’, उनले भने, ‘तपाईं र मैले खाली गरिसक्यौ, खाली अर्को मनोनयन गरेका छैनन् । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’

वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरु इजलास बस्न लागेकोतर्फ इंकित गर्दै उनले न्यायाधीशहरूले मात्रै अदालत चलाउन नसक्ने बताए । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरे ।

उनले आफूहरु भ्रष्टाचारमा मुछिएकाको पछि लागेर बहस नगर्ने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए । उनले भने, ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित ।’

उनले आफूहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानविन गर्न चुनौती दिए । उनले सिरकभित्र टाउको नलुकाइ बारको आन्दोलनमा ऐक्यवद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गरे ।

थापाले नेपाल बार एसोसिएसनलाई नसोधिकन कुनैपनि नियुक्ति नगर्न पनि न्याय परिषद्का सदस्यहरुलाई खबरदारी गरे । यदि बारको सहमतिबिना नियुक्ती गरेमा न्याय परिषद्बाट फिर्ता बोलाउने अधिकार पनि बारसँग रहेको उनले जिकिर गरे ।

उनले राजनीतिक दलहरुले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने भन्ने स्पष्ट पार्नुपर्ने बताए ।
नेपाल बार एसोसिएसनले आज (बुधवार) पनि सर्वोच्च अदालतमा धर्ना दिएको थियो । बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने बैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार