Viber Community
Nop Ads

भीम रावलपछि अर्का प्रभावशाली नेता पनि उत्रिए मैदानमा, महाधिवेशनको मुखैमा पार्टी फुटाउनेसम्मको तयारी, बालकोटमा छायो सन्नाटा !

महाधिवेशन प्रतिनिधी छनौटमा एमालेभित्र असन्तुष्टि बढ्न थालेको छ । एमाले उपाध्यक्ष भीम रावल पक्षले त समानान्तर महाधिवेशन प्रतिनिधी छनौट गरका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। महाधिवेशन प्रतिनिधी छनौटमा एमालेभित्र असन्तुष्टि बढ्न थालेको छ । एमाले उपाध्यक्ष भीम रावल पक्षले त समानान्तर महाधिवेशन प्रतिनिधी छनौट गरका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यस्तै यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पूर्व माओवादी नेता प्रभु साह फेरि असन्तुष्ट देखिएका छन् । जिल्ला तहमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा ओली पक्षले प्रदेश २ मा एकलौटी गरेको भन्दै साह असन्तुष्ट बनेका हुन् ।

माओवादीबाट एमालेमा प्रवेश गरेका रौतहटका पूर्वसांसद साह पार्टीभित्र एकताको भावना हुनुपर्ने भन्दै ओलीसँग असन्तुष्ट थिए । तर, पछिल्लो समयमा चितवन पुगेर उनले ओलीलाई बाँचुञ्जेल साथ दिने वचन दिएका थिए । ओलीले पूर्वमाओवादीबाट आएका नेता–कार्यकर्तालाई भेदभाव नगरिने बताएपछि साहले ओलीलाई जीवनभर सघाउने वचन दिएका थिए ।

‘तर, अहिले प्रदेश २ मा प्रभु साहको राजनीति सिध्याउन ओली पक्षका नेताहरु लागेको देखियो’ एमालेमा आवद्ध पूर्व माओवादीका एक नेताले भने, प्रदेश २ मा माओवादीबाट एमालेमा आएका सयौं नेता कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिमा आउन दिइएन, ओली समूहले कोटामा बसेर एकलौटी रुपमा प्रतिनिधिहरू छान्ने काम गर्यो ।’

सर्लाही जस्तो जिल्लामा माओवादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भए पनि एकै जना पनि प्रतिनिधि नछानिएको प्रमुख साह निकटका नेताहरुको गुनासो छ । पूर्व माओवादीका प्रदेश स्तरका एक नेताले भने, ‘महाधिवेशन प्रतिनिधि छान्ने नाममा नाटक मञ्चन भएको छ, सम्मेलनै नगरी पूर्वएमाले समूहका नेताहरु बसेर लेटर प्याडमा प्रतिनिधिको नाम लेखेर पठाउने काम गरिएको छ, यो नाटक शिवाय अरु केही होइन ।’

त्यसैगरी धनुषाबाट पनि प्रभु साहको मान्छेलाई एकजना पनि प्रतिनिधि नबनाइएको पूर्वमाओवादी समूहको गुनासो छ । सिरहा र बाराबाट भने २÷२ जना प्रभु साहको पक्षबाट प्रतिनिधिहरू छानिएको सो समूहको भनाइ छ । महोत्तरी र प्रभु साहकै गृहजिल्लाबाट पनि प्रतिनिधिहरु छानिन नसकेको प्रभु साहसँग नजिक रहेका एक नेताले बताए ।

यसैबीच, नेकपा एमालेको स्थायी कमिटीमा समेत नपरेका पूर्वमन्त्री साहले एमालेको दसौँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । महाधिवेशनबाट सहमतिकै आधारमा नेतृत्व चयन हुनुपर्ने साहले माग राख्दै आएका छन् ।

साहको भनाइ उधृत गर्दै एक पूर्वमाओवादी नेताले भने, ‘सहमति जुट्यो भने ठीकै छ, जुटेन भने हामी बेग्लै रणनीति अपनाउने छौं । सहमतिका आधारमा अघि नबढ्ने हो भने आफ्नो समूहबाट प्रभु साहले पदाधिकारीमा उम्मेदवारी दिने तयारी अगाडि बढाइरहेको उनले बताए । स्रोतका अनुसार शाहको गुनासो सम्बोधन नभए एमाले छाड्नेसम्मको तयारी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search