शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

एमालेमा वैचारिक बहस र एक्लिएका घनश्याम

१० औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले सार्वजनिक गरेको लोगोप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

ghanshyam bhusal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। १० औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले सार्वजनिक गरेको लोगोप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ । वर्गीय पक्षधरता लिने कम्युनिष्टले पार्टीको झण्डा मजदुरको हातमा राख्ने प्रचलन तोडेर लोपोन्मुख जनावर एकसिंगे गैंडाको हातमा सुम्पिएकोमा असन्तुष्टि देखिएको हो । संभवतः यसलाई नेतृत्वले ‘रेकर्ड’ राखेको रुपमा व्याख्या गर्ला । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मजदुरको हातबाट गैंडाको हातमा झण्डा पुग्दा पर्यावरणीय चेत र विकासको दृष्टिकोणले अर्थपूर्ण पनि भनिएला । तर साढे ८ लाख संगठित सदस्य भएको पार्टीले उठाउँदै आएको वैचारिक पक्षबारे भने जरुर प्रश्न उठ्छ । यद्यपि मंसिर १० देखि चितवनमा सुरु हुने महाधिवेशनमा यसबारे कुनै छलफल हुनेवाला छैन । किनकि असोज दोस्रो साता गोदावरीमा सम्पन्न विधान महाधिवेशनमै नीति विमर्श सकिएकाले अब नेतृत्व चयनमा केन्द्रित हुने अध्यक्ष केपी शर्मा ओली र उनी निकट नेताहरुले बताइरहेका छन् ।

तर आफूलाई जनताको समस्या बुझ्ने र जनताकै बीचमा रहने पार्टीका रुपमा चिनाउने एमालेले लोपोन्मुख जनावरको हातमा पार्टीको झण्डा समर्पित गर्नु र ओलीले लगातार धार्मिक राष्ट्रवादको मुद्दा उचाल्नुले ऊ जनजीविकाको मुद्दाबाट निकै टाढा पुगिसकेको प्रष्ट हुन्छ । वैचारिक भनिने नेताहरूबाटै व्यक्तिपूजक (ओली केन्द्रित) अभिव्यक्ति आउनु र कम्युनिष्ट आदर्शबाट बिमुख हुनुले पनि एमालेमा सैद्धान्तिक मुद्दा मुर्झाएको प्रतीत हुन्छ ।

जस्तो, असोज १५–१७ सम्म भएको विधान महाधिवेशनमा प्रतिनिधिहरूले उठाएको समावेशीकरणको बहसलाई महासचिव ईश्वर पोखरेलले सिधै अस्वीकार गरिदिए । उपभोक्ता समितिमा जनसंख्याको अनुपातमा सहभागिता हुनसक्ने, तर कम्युनिष्ट पार्टीमा असम्भव रहेको उनको जवाफ थियो । यसको अर्थ विचार महाधिवेशन भनिएपनि फरक दस्ताबेज र दृष्टिकोणले स्थान पाउन सकेन ।

वैचारिक मन्थन चाहने समूहले यो तथ्य नबुझेको होइन । सम्भवत: यसैकारण अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले भने, ‘नेतृत्वलाई मन पर्दा देवत्वकरण गर्ने र मन नपर्दा दानवीकरण गर्ने प्रवृत्ति बढेको छ ।’

फरक मत र वैचारिक बहसका लागि एमालेभित्र ढोका खुल्दैन भन्ने एमाले पंक्तिलाई पनि थाहा नभएको होइन । त्यसैकारण हुनुपर्छ, समूहगत छलफलका निश्कर्ष प्रस्तुत भइरहँदा हल रित्तो जस्तो बनेको थियो । अध्यक्ष ओलीको सम्बोधन सुनाउन हलको मूलढोका नै बन्द गर्नु परेको थियो ।

पार्टी नीति र कार्यक्रमबारे छलफल गरी दस्तावेज बनाउने भनेको विधान महाधिवेशनलाई एमालेले ‘शक्ति प्रदर्शन’ थलो बनायो, तामझाम देखायो । तर, स्थायी कमिटी बैठकमा उपमहासचिव घनश्याम भूसालले प्रस्तुत गरेको दस्तावेजलाई प्रस्तुत गर्ने अवसर समेत दिइएन, उपाध्यक्ष भीम रावलका असन्तुष्टि अलपत्र परे । १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरू आफ्नो फरक मत पोको पोरेर ‘तैँ चुप, मै चुप’को अवस्थामा रहे ।

वैचारिक मन्थन गर्ने विगत बिर्सेर एमालेकै कतिपय नेता व्यक्तिलाई रिझाएर मात्रै नेतृत्वको सिंढी चढ्न सकिन्छ भन्ने निश्कर्षमा पुगे, एमालेभित्र मन्थनको माहौल नै बनेन । बरू कसलाई धेरै प्रंशसा र कसलाई धेरै गाली गर्दा आफ्नो स्थान सुरक्षित हुन्छ भन्ने निचोडमा नेताहरू देखिन्छन् । यही बुझाइले महाधिवेशन नजिक आइसकेपनि एमालेभित्र एजेण्डामा बहस भएको देखिँदैन, पार्टीलाई कुन बाटोबाट लैजाने भन्ने प्रष्ट छैन ।

दोस्रो तहका नेताहरु समेत कसरी अध्यक्ष ओली निकट पुग्ने र खुसी पार्ने भन्ने प्रतिस्पर्धामा देखिन्छन् । यसैकारणले पनि विधान महाधिवेशनमा फरक मत आएन, आएका पनि सुनिएनन् । अहिले ‘संख्या होइन, सिद्धान्त’ भन्ने नेताहरु पनि अहिले विचारहीनताको अवस्थामा देखिन्छन् ।

अनलाइनखबरसँगको संवादमा स्थायी कमिटी सस्य सुरेन्द्र पाण्डेले त, संख्यालाई पनि विचारकै रुपमा बुझ्नुपर्ने जिकिर गरे । तर, ‘आइ लभ यू केपी बा’को मन्त्रसहित ओली वरीपरी झुम्मिने र ओलीको मस्कटसँग तस्वीर खिचाउने संख्याले कुन विचारको प्रतिनिधित्व गर्छ भन्नेबारे ती नेताहरुको प्रष्ट जवाफ छैन । बरु ‘नेतृत्वले भनेका कुरा सतप्रतिशत सही’ भन्ने भाष्य एमालेमा विकिसत भएर गएको छ ।

एक्लिएका घनश्याम भूसाल

एमालेमा वैचारिक बहसको ढोका कहिल्यै बन्द नहुने र विकसित परिस्थितिबारे जहिले पनि छलफल हुनसक्ने बताउनेमा घनश्याम भूसाल संभवतः एमालेका एक्ला नेता छन् । नवौं महाधिवेशनको दस्तावेज विधान महाधिवेशनबाट अनुमोदन गरेर एमाले नेतृत्व चयनतिर केन्द्रित भइरहँदा, त्यो दस्तावेजका व्याख्याता भूसाल नै सन्तुष्ट छैनन् ।

उनी नवौं महाधिवेशनले पारित गरेको दस्तावेज कार्यान्वयनका लागि आवश्यक कार्यदिशा तय नगरिँदा पार्टीमा एकपछि अर्को संकट आइपर्दै गएको बताउँदै आएका छन् ।

तर पार्टीको सैद्धान्तिक बहस खुला राख्नुपर्ने भूसालको प्रस्तावमा स्वयं उनी नजिकका नेताहरुले समेत अहिले साथ छोडेको देखिन्छ । भूसालले भने ‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्प पूरा गर्न ठोस् कार्यक्रम आवश्यक रहेको प्रस्ताव विधान महाधिवेशन अगाडि बसेको स्थायी कमिटी बैठकमै राखेका थिए ।

अध्यक्ष ओलीले आवश्यक छलफल गर्न समय नभएकाले विधान महाधिवेशनमा राख्ने बताए, तर त्यो हलमा प्रस्ताव प्रस्तुत गरिएन । फेरि १० औं महाधिवेशनमा छलफल हुनसक्ने संकेत दिए । तर अहिले सिंगो एमाले पंक्ति नेतृत्व चयनतिर तानिएका छन् । जबकी २०६२/०६३ सालको जनआन्दोलन र २०७२ को संविधान पछि मुलुकको राजनीतिक–प्रशासनिक संरचना समेत बदलिएकाले सामान्यतः दलहरुको राजनीतिक कार्यक्रम यथास्थितिमा रहन सक्दैन । २००७ सालदेखि विकसित कम्युनिष्ट आन्दोलन र परिमार्जन हुँदै आएको राजनीतिक कार्यक्रम हेर्दा पनि भूसालको प्रस्ताव अनुचित होइन ।

आज एमालेले जस्तो राजनीतिक कार्यदिशा बोकिरहेको छ, त्यो २००७ सालमा पुष्पलालले गरेको व्याख्याकै जगबाट विकसित हुँदै आएको छ । त्यसबेला नेकपाका संस्थापक पुष्पलालले नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्ध औपनिवेशिक भएको व्याख्या गरेका थिए । त्यसैअनुरुप आन्दोलनको आवश्यकता औंल्याए । कम्युनिष्ट आन्दोलन आमरुपमा मजदुरले गर्ने पुष्पलालको भनाइ थियो, जसलाई उनले नौलो जनवादको नाम दिए ।

पुष्पलालले अघि सारेको माओको नौलो जनवादको कार्यदिशा लामो समय नेपालको कम्युनिष्ट क्रान्तिको वैचारिक बाटो रह्यो । तथापि भूमिगतकालीन कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र उनी विरोधी खेमा भिडिरहे । मोहनविक्रम सिंहले पुष्पलाललाई ‘लालगद्धार’ भनेर पुस्तक नै लेखे ।

समग्रमा कम्युनिष्ट आन्दोलनको सुरुवातकर्ताका हिसाबमा पार्टीलाई कुन वैचारिक धरातलमा अघि बढाउने भन्ने मूल जिम्मेवारी पुष्पलालको काँधमा हुनु स्वाभाविक पनि हो । ०४९ मा सम्पन्न एमालेको पाचौँ महाधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टी कार्यक्रमका रुपमा अघि सार्‍यो । त्यतिखेर जबजको पक्ष–विपक्षबीच एमालेमा ठूलो बहस भएको थियो ।

झलनाथ खनालले जबजलाई ‘दक्ष प्रजापतिको टाउको’को उपमा दिएका थिए र जबजबारे खनालको आलोचनात्मक दृष्टिकोण आज पर्यन्त कायमै छ । तथापि मदन भण्डारीको जबजले ‘नौलो जनवादी क्रान्ति’ बहुदलीय व्यवस्थाबाट सम्भव हुने निश्कर्ष निकाले ।

जबज नमान्ने एउटा पक्षले सशस्त्र आन्दोलनको बाटो रोज्यो । १ फागुन २०५२ मा सुरु भएको माओवादीको सशस्त्र संघर्ष १० वर्ष कायम रह्यो । शान्तिपूर्ण राजनीतिमा आएको माओवादी वैचारिक राजनीतिमा कति खरो उत्रियो, त्यो विश्लेषणको अर्काे पाटो होला । तर अहिले एमालेकै कुरा गरौं ।

एमालेले जबजलाई कहिले सिद्धान्त, त कहिले पार्टीको कार्यक्रम भन्यो । ०५४ माघमा नेपालगञ्जमा भएको छैंटौ महाधिवेशनले जबजलाई सिद्धान्त भन्यो, आवश्यक व्याख्या गरेन । ०५९ मा भएको सातौं महाधिवेशनमा घनश्याम भूसाल नेतत्वमा युवा नेताहरुले जबजलाई सैद्धान्तिकरण गनुपर्ने प्रस्ताव राखे । आठौं महाधिवेशनमा फेरि जबजबारे बहस भयो । व्याख्या र परिमार्जन गर्नुपर्ने कुरा उठ्यो, नेतृत्व स्वयम् भूसालले गरे । उक्त दस्तावेज पार्टीको सम्पत्ति त बन्यो, तर पारित हुन सकेन ।

तर नवौं महाधिवेशनले भने भूसालले अघि सारेको विचार र कार्यदिशा अनुमोदन गरेको छ । जसमा ‘नेपाली समाजको चरित्र नौलो जनवाद र जबजकालीन अर्धसामन्ती, अर्ध औपनिवेशिक रहेन, अब यो पुँजीवादी समाज हो र यसको मूल चरित्र दलाल पुँजीवादी हो’ भन्ने उल्लेख छ । तर यति भनेर नपुग्ने भूसालले बताउँदै आएका छन् ।

दलाल पुँजीवादविरूद्ध संघर्ष गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्नु आजको कम्युनिस्ट आन्दोलनको कार्यदिशा भएको उनको तर्क एमालेमा सुनुवाइ भइरहेको छैन । विचारको बलमा राजनीति गर्छाैं भन्ने नेताहरु अलमलमा छन् । त्यो अलमल स्वयं घनश्याम भूसालमा पनि देखिन्छ । त्यसमाथि एमाले एकता नटुटाउने भन्दै १० बुँदे सहमति गरी ओलीसँग सम्बन्ध विस्तारको सेतु बनाएका १० नेताहरु तितरबितर भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search