सोमवार, मंसिर १३, २०७८
spot_img

अबौं पैसा कहाँबाट आउछ महाधिवेशनमा दलहरुले खर्च गर्ने ?

यतिबेला देशका प्रमुख राजनीतिक दलहरुलाई महाधिवेशनको चटारो छ । निकै तामझामका साथ राजनीतिक दलहरु अधिवेशन गर्दै महाधिवेशन सफल पार्न लागिरहेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

sher bahadur, kp oli, prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यतिबेला देशका प्रमुख राजनीतिक दलहरुलाई महाधिवेशनको चटारो छ । निकै तामझामका साथ राजनीतिक दलहरु अधिवेशन गर्दै महाधिवेशन सफल पार्न लागिरहेका छन् । निकै तडकभडक र तामझामका साथ करोडौँ खर्च गर्नसक्ने आर्थिक हैसियत राजनीतिक दलहरुमा एकाएक कसरी प्राप्त हुन्छ ? राजनीतिक दलहरुको खर्चको स्रोत के त ? ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेबाट चितवनमा आयोजना गर्दैछ । यता मंसिर २९ देखि सुरु हुने महाधिवेशनको चटारोमा छ नेपाली काँग्रेस पनि । यी दलहरुले महाधिवेशन लक्षित गतिविधि निकै तामझामका साथ गरिरहेका छन् ।

त्यस्तै आगामी पुषको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले पनि राष्ट्रिय सम्मेलन लक्षित गतिविधि चलाईरहेको छ । यी दलबाहेक भर्खरै नेकपा एमालेबाट विभाजित बनेको नेकपा एकिकृत समाजवादी पनि आफ्नो पार्टीलाई बलियो बनाउने दौडधुपमा लागिरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत महाधिवेशनको तयारीमा छ । मुख्यतः राष्ट्रिय राजनीतिका तीन ठुलाहरु निकै तामझामपूर्ण महाधिवेशन केन्द्रीत बनेका छन् । जसमा नेकपा एमालेले त महाधिवेशन सफल पार्न भन्दै करिब ९ लाख कार्यकर्तालाई एक सय रुपैँया आर्थिक सहायता गर्न अपिल नै जारी गरेको छ ।

यसअघि असोज १५ देखि १७ सम्म ललितपुरको गोदावारीस्थित राष्ट्रिय सम्मलेन केन्द्रमा विधान महाधिवेशन सम्पन्न गरेको एमाले निकै तामझाम देखाएको थियो । काठमाडौंदेखि ललितपुरसम्मका पोलपोलमा अध्यक्ष ओलीको तस्बीर अंकित ब्यानर, ठुला ठुला डमी, पानीका बोतलमा ओलीकै तस्बीर, ६ हजार बढी कार्यकर्तालाई भेज, ननभेज खाना, खाजाको व्यवस्था, आउन जान गाडीकै व्यवस्था ।

एमालेको विधान महाधिवेशनमा देखिएको त्यो तामझामले राष्ट्रिय महाधिवेशन झनै बढ्ने निश्चित छ । तर खर्च कार्यकर्ताबाट उठाएको एक सय रुपँयौबाट यो तामझाम सम्भव होला त ? प्रश्न अह्म छ ।

काँग्रेस पनि कार्यकर्ताबाटै उठेको रकमबाट महाधिवेशन सक्ने बताउँछ । यता दलभित्र चुलिँदो आर्थिक अपारदर्शिता र राजनीतिमा हुने अवैध पैसाको प्रभाव सार्वजनिक चासो र नीतिगत बहस बन्दै आएको छ ।

तर राजनीतिक दलहरु आफूलाई पानी माथिको ओभानो बनाउँन भने निकै माहिर छन् । दलहरुले भनेजस्तै चुनावी तथा पार्टीको अधिवेशन महाधिवेशनको खर्च कार्यकर्ताबाट उठाएर मात्र सम्भव छ त रु

दलहरुले आफ्नो पार्टी चलाउनका लागि जहाँ जस्तो तरिकाले अर्थ संकलनको दाबी गरेपनि विज्ञहरु यो मान्न तयार छैनन् । किनकी उनीहरुको पार्टीबाट लेबी उठाएको भरमा मात्रै तामझामका साथ पार्टीका गतिविधिहरु गर्न सम्भव देखिदैन् ।

पार्टीका हरेक गतिविधिलाई चलाउन प्रमुख राजनीतिक दलहरुले लोकतन्त्रका मूल्य मान्यतालाई भुलेर जस्तासुकै साँठगाँठ गर्न पनि पछि नहटेको दृष्टान्तले दलहरुको कामकारबाहीका बारेमा प्रश्न उठ्दै आएको छ ।

राजनीतिक वित्तलाई पारदर्शी बनाउने कानुनी अभियान विश्वव्यापी रूपमा सञ्चालन भैरहेको भएपनि कार्यान्वयनको पाटो फितलो हुँदा नेपालमा दलहरुको परदर्शीतामाथि सधै प्रश्न उठ्ने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार