आइतवार, मंसिर १२, २०७८
spot_img

कांग्रेसको घोषणा लगत्तै फुट्यो पाँच दलीय गठबन्धन, ठूलो फाइदा एमालेलाई !

पाँच दलीय गठबन्धनमा फुट आएको । कांग्रेसले इन्जिनियर्स एशोसिएशनमा गठबन्धनबाट निर्वाचन नलड्ने भएसँगै सत्तारुढ दल निकट पाँच दलीय गठबन्धन टुटेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

sher bahadur, prachanda, madhav nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पाँच दलीय गठबन्धनमा फुट आएको । कांग्रेसले इन्जिनियर्स एशोसिएशनमा गठबन्धनबाट निर्वाचन नलड्ने भएसँगै सत्तारुढ दल निकट पाँच दलीय गठबन्धन टुटेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आगामी मंसिर २४ गते हुने इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा गठबन्धन टुटेको छ । गठबन्धन बनाउन हिजोसम्म सम्पूर्ण पदहरुमा मनोनयन गरिसक्नुपर्ने समय निर्धारण गरिएको थियो ।

जसमा गठबन्धनको तर्फबाट संयुक्त रुपमा मनोनय हुन सकेन । आ–आफ्नो दलको तर्फबाट मनोनयन भएसँगै इन्जिनियरिङको निर्वाचनमा गठबन्धन नहुने पक्का भएको हो ।

गठबन्धन भएमा दुई पक्षीय भिडन्त हुने लगभग पक्का जस्तै थियो । जसमा गठबन्धन र अर्को पक्ष नेकपा एमाले नेतृत्वको इन्जिनियरिङहरुको संगठनसहितको प्यानलबीच प्रतिष्पर्धा हुने थियो ।

पाँच दलीय गठबन्धनका इन्जिनियरिङ संगठनहरुले निर्वाचनको मितिलाई सारेर गठबन्धन गर्ने रणनीति अपनाएपनि सो कुरामा सफल हुन सकेनन् । एमाले निकट संगठनले कडा रुपमा प्रदतिवाद गरेसँगै गठबन्धन टुट्दै एकल एकल निर्वाचनमा जाने निश्चित भएको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस बाहेक नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी ९जसपा० का इन्जिनियरहरुले गठबन्धन गरेका छन् । उपेन्द्र यादव समूह पनि आफैमा विभाजित रहेको छ ।

त्यस्तै ठूलो इन्जिनियरको हिस्सा महन्त ठाकुर समूहमा रहेको देखिन्छ । महन्त ठाकुर समूह र एमालेको गठबन्धन रहेको छ । पेसागत ठाउँमा कांग्रेससँग सहकार्य नहुनुले आम राजनीतिमा विशेष अर्थ राखेको छ । योसँगै एमाले र महन्त समूहले विजय हासिल गर्ने सम्भावना बढेर गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार