spot_img

एमालेमा उथलपुथलको संकेतः महाधिवेशनको मुखैमा बादल नै उभिए ओलीको विरुद्धमा, ओली अब के गर्लान् ?

नेकपा एमालेमा कालो बादल मडारिने संकेत देखिएको छ । १० औँ महाधिवेशन नजिकिएसँगै एमालेमा प्रभावशाली नेताहरुले नै असन्तुष्टि जनाउन थालेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Kp Oli, Badal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेमा कालो बादल मडारिने संकेत देखिएको छ । १० औँ महाधिवेशन नजिकिएसँगै एमालेमा प्रभावशाली नेताहरुले नै असन्तुष्टि जनाउन थालेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेताहरुसँग गरेको भद्र सहमति तोडेका छन् । एमालेको १० औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि छनोट गर्दा ओलीले भद्र सहमति तोडेका हुन् ।

पूर्वमाओवादी समूहका एक एमाले नेताका अनुसार अध्यक्ष ओलीसँग भएको सहमतिअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट पर्नुपर्ने शर्त थियो । त्यसैगरी, जनवर्गीय संगठन र दलित नेता भएको स्थानबाट एक÷एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादीबाट ल्याउने भनिएको थियो ।

तर, ओलीसँग भएको उक्त सहमतिविपरीत महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओली पक्षले एकलौटी गरेको पूर्वमाओवादी समूहको गुनासो छ । ओली पक्षले कतिपय जिल्ला र प्रदेशमा पूर्वमाओवादीका धेरै पुराना कार्यकर्तालाई छाडेर भर्खर राप्रपाबाट पार्टी प्रवेश गरेकाहरुलाई महाधिवेशन प्रतिनिधि बनाएको उनीहरुको गुनासो छ । पूर्वमाओवादी नेताहरुका अनुसार शंकर पोखरेलको गृहजिल्ला दाङबाट मात्रै पूर्वमाओवादीबाट २३ जना आउनुपर्नेमा १ जनामात्रै प्रतिनिधि छानिएका छन् ।

असन्तुष्ट समूहका ती नेताले भने, ‘दाङमा हाम्रो राम्रो छ । तर, त्यहाँ ध्रुव आचार्यजस्ता सिनियरलाई ल्याएनन्, राप्रपाबाट अहिले भर्खर आएकालाई प्रतिनिधि बनाइयो । उहाँहरुका लागि हामी भन्दा राप्रपा प्यारो देखियो ।’

ती नेताले असन्तुष्टि पोख्दै भने, ‘झापामा हाम्रै कारण एमालेमा पाँच हजार भोट बढेको छ, तर एकजना पनि प्रतिनिधि दिएनन् । यस्तो धेरै ठाउँमा भएको छ । रामबहादुर थापा बादल इञ्चार्ज रहेको बागमतीबाटै काठमाडौं र काभ्रेबाट एकैजना पनि पूर्वमाओवादीका नेता महाधिवेशन प्रतिनिधिमा परेनन् ।’

असन्तुष्ट ती नेताले सँग भने, ‘महाधिवेशन प्रतिनिधिको सबै सूची आइसकेको त छैन, देशभरबाट १५० जना जति आउँछन् भन्ने हाम्रो आँकलन थियो, अहिलेसम्म १ सय जति आएका छन् । मधेसबाटै हाम्रा महाधिवेशन प्रतिनिधि आएनन् ।’

ती नेताका अनुसार सिन्धुलीबाट तीनजना र सुर्खेतबाट चार तथा बादलको गृहजिल्ला चितवनबाट २ जना मात्रै महाधिवेशन प्रतिनिधि आएका छन् । मधेसबाट ३०–४० जना आउने अनुमान गरिएकोमा त्यहाँ ओली समूहले एकलौटी गरेका कारण अति कम प्रतिनिधि छानिएका छन् ।

लेखराज भट्ट इञ्चार्ज रहेको सुदूर पश्चिमका जिल्लाहरुमा पनि ओली पक्षले झेली गरेको पूर्वमाओवादी नेताको गुनासो छ । ती असन्तुष्ट नेताले भने, ‘केपी ओली निकट कर्णबहादुर थापाले सुदुरपश्चिममा अब लेखराज भट्ट पनि होइन, भीम रावल पनि होइन, अबको नेता म हुँ भनेर एकलौटी गरे ।’

महाधिवेशन प्रतिनिधि छनोटमा विभेद भएको बताउँदै पूर्वमाओवादी नेता भन्छन्, ‘विद्यार्थी संगठनबाट ५ जना प्रतिनिधि छानिँदा एकता प्रक्रियाबाट आएका एकजना पनि राखेनन् । ओलीबाले भनेको लागु भएन । यो हिसावले अब केन्द्रमा चुनाव लडियो भने हाम्रो पक्षको कोही आउँदैन भन्ने निष्कर्ष छ ।’

यसैबीच, पूर्वमाओवादीले आगामी महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बताउनुपर्ने बताएको छ । एकताका क्रममा हाल एमालेमा पूर्वमाओवादी समूहका २५ जनाको उपस्थिति छ । आगामी महाधिवेशनमा कम्तीमा २५ सै जनाले वैधानिकता पाउनुपर्ने सो समूहको माग छ ।

अनौपचारिक कुराकानीमा सो समूहका एक नेताले भने, ‘केन्द्रीय कमिटीमा हामी २५ जना छौं, बादलजीसहित चारजना स्थायी कमिटीमा छौं, यो टोलीलाई महाधिवेशनमा ग्यारेन्टी भएन भने हामी चुनावमै जाने कि नजाने भन्ने निश्चित छैन ।’

तलैसम्म पार्टी एकताको भाव झल्काउनका लागि पूर्वमाओवादी समूहबाट रामबहादुर थापा बादललाई बरिष्ठ उपाध्यक्ष बनाइनुपर्ने आफूहरुको अडान रहेको बताउँदै ती नेताले भने, ‘अहिले स्थायी कमिटीमा रहेका चारजना र प्रभु साहसमेत स्थायी कमिटीमा पर्नैपर्यो । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमा पनि हाम्रो दाबी छ । २१ केन्द्रीय सदस्यलाई महाधिवेशनले नेतृत्वमा समेट्न जरुरी छ ।’

पूर्वमाओवादी पक्षले अब महाधिवेशनमा सहमतिबाटै आफूहरुको व्यवस्थापन गर्न ओली तयार भए उनैलाई साथ दिने रणनीति बनाएको छ । तर, सहमति नगरे फरक ढंगबाट सोच्ने नेताहरुको भनाइ छ ।

‘एमालेका तीन–चारवटा गुटमा हामी पर्न चाहँदैनौँ’ नाम उल्लेख नगर्ने शर्तमा एक नेता भन्छन्, ‘हाम्रा २५ जना मान्छे केन्द्रीय कमिटीमा मिलाउन नसके अधिकांश फर्कन्छन् । विप्लव, प्रचण्ड, बाबुराम र नेकपा एस पनि छ, सही ढंगले मिलाएनन् भने एमालेबाट आधा मान्छे फर्किन्छन् । ठूला नेता नफर्के पनि तलका धेरैले एमाले छाड्छन् ।’

अहिले बादल, भीम रावल र घनश्याम भुसाल जस्ता नेताहरुले समेत मानेको हुनाले त्यही सेन्टिमेन्टका आधारमा ओलीको पक्षमा लहर चलेको बताउँदै ती नेताले भने, ‘तर, यसैगरी पेल्दै र एकलौटी गर्दै जाने हो भने यिनको लहर बन्द गर्न हामी एक–दुईजना काफी छौं । हामीले प्रचण्ड र ओलीमा केही फरक रहेनछ भन्दिने हो भने यिनको लहर स्वाट्टै घट्छ । हामीलाई त सडकमा हिँड्न केही आपत्ति छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार