सोमवार, मंसिर १३, २०७८
spot_img

कांग्रेस केन्द्रीय सभापतिमा देउवासहित ४ जनाको उम्मेदवारी, बाजी कसले मार्ला ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनको केन्द्रीय सभापतिमा वर्तमान सभापतीसहित ४ जनाले उम्मेदवारी दिने संकेत देखिएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

sher bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको केन्द्रीय सभापतिमा वर्तमान सभापतीसहित ४ जनाले उम्मेदवारी दिने संकेत देखिएको छ । अब महाधिवेशन आउन अब मात्र तीन साता बाँकी छ । आगामी मंसिर २४–२६ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने कार्यतालिका छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पटकपटक महाधिवेशन कार्यकतालिका संशोधन हुँदै आएकाले यसपल्ट पनि सर्ने हो कि भन्ने चिन्ता आमकांग्रेसीमा छ । तर, महाधिवेशनका लागि होटल र आयोजनास्थल बुक गरिएकाले अब चाहिँ सर्दैन कि भन्ने देखिएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा केहीअघिसम्म एक दर्जन सभापतिका उम्मेदवार थिए । तर त्यो संख्या घट्दै गएको देखिएको छ । खासगरी संस्थापनइतर समूहमा सभापतिका आकांक्षी धेरै देखिएका थिए ।

अहिले पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवारी दिने बताइरहेका छन् । तर, उनका गुटका सबै नेता लाखापाखा लागिसकेकाले पौडेल सभापतिमा उठ्ने सम्भावना झिनो छ ।

संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिमा उठ्ने भएका छन् । निधिले आफूलाई सभापतिमा छाड्न देउवालाई आग्रह गरे पनि उनले अस्वीकार गर्दै पुनः दोहोरिने जनाउ दिइसकेका छन् ।

निधिलाई सभापतिमा उम्मेदवारी नदिन देउवा पक्षले दबाब दिँदै आएको छ । उता, पौडेल र कोइराला समूहमा फुट आएको छ । गणेशमान सिंह पुत्र प्रकाशमान सिंहले आफू सभापतिमा उठ्ने भन्दै अभियान सुरु गरिसकेका छन् ।

सिंहले यसपटक कसैलाई पनि नछाड्ने घोषणा नै गरेका छन् । कोइराला समूहबाट शेखर कोइराला धेरै अघि बढिसकेका छन् । हुन त महामन्त्री डा।शशांक कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुधबार संखुवासभा पुगेर उनले आफू सभापतिको बलियो उम्मेदवार भएको दाबी गरे । तर, अन्तिममा उनले शेखर कोइरालालाई सहयोग गर्ने चर्चा पनि चलेको छ ।

प्रकाशमान र शेखर वा शशांकमध्ये दुईजना उठ्ने भएकाले पौडेल यसपटक सभापतिको उम्मेदवारी दिनबाटै वञ्चित हुने हो कि भन्ने परिस्थिति निर्माण हुँदै गएको छ । तर, पनि एकले अर्कोलाई कन्भिन्स गर्ने क्रम रोकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार