सोमवार, मंसिर १३, २०७८
spot_img

उपकप्तान सीताको अर्धशतक

टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत कतारविरुद्धको अन्तिम खेलमा नेपालका लागि उपकप्तान सीता राना मगरले अर्धशतक बनाएकी छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत कतारविरुद्धको अन्तिम खेलमा नेपालका लागि उपकप्तान सीता राना मगरले अर्धशतक बनाएकी छन् । बिहीबार जारी तेस्रो तथा अन्तिम नेपालका लागि ओपनिङमा आएकी सीताले ४७ बलमा ५० रन पूरा गरेकी हुन् ।

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि काजल श्रेष्ठ ७ तथा ज्योति पाण्डे २४ रन बनाएर पेभेलियन फर्केका छन् । अहिले सीता ५४ बलमा ५ चौकासहित ६१ रन तथा डोली भट्ट १२ रन बनाएर खेलिरहेका छन् । अहिले नेपालले १५ ओभरमा दुई विकेट गुमाएर १ सय २२ रन बनाएर खेलिरहेको छ ।

कतारका लागि एन्जेलिन मेर र साची डडुवालले १/१ विकेट लिएका छन् । यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

आईसीसी विश्वपको एसियाली छनोटको तयारीका लागि मिडिल इस्ट भ्रमणमा रहेको नेपाल भोलि उतैबाट युएई जानेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार