Viber Community
Nop Ads

अब चाहि देउवा ढुक्क!

सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला महामन्त्री डा. शशांक कोइरालाले मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला महामन्त्री डा. शशांक कोइरालाले मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

महामन्त्री डा. कोइरालाको घोषणाले कांग्रेसको संस्थापनइतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको गुटलाई झस्काएको छ । कांग्रेसको संस्थापनइतर गुटमा सभापतिको साझा उम्मेदवारको खोजी हुँदै थियो । कोइराला पनि सोही गुटमा छन् । शशांकको घोषणासँगै साझा उम्मेदवार बन्ने सम्भावना समेत टरेको छ ।

संस्थापनइतर समूहबाट मात्रै कांग्रेस सभापतिका लागि झण्डै आधा दर्जन आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री डा. कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिका दाबेदार रहेका छन् ।

यी नेताहरुको दाबेदारी सभापति पदमा हुँदै गर्दा बुधवार संखुवासभा पुगेर महामन्त्री डा. कोइरालाले आफू पनि उठ्ने बताएका छन् । ‘म महामन्त्री छु, अब सभापतिमा उठ्छु, म स्वाभाविक उम्मेदवार हो, म बलियो उम्मेदवार पनि हो,’ महामन्त्री डा. कोइरालाले भने ।

केही दिनअघि उनले संस्थापनइतर गुट सभापति शेरबहादुर देउवाविरुद्ध एक नभए फेरि पनि उनलाई सभापतिबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । त्यसबखत उनले देउवालाई पार्टी जिम्मा लगाए हुने समेत बताएका थिए ।

पौडेल गुटमा रहेका महामन्त्री कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ हुन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा रहेको छ ।

कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ‘ब्याक’ हुनसक्ने समेत संकेत गरेका थिए । ‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ । सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई तानेर एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ,’ भिडियोमा उनले भनेका छन्, ‘अर्को प्रकाशमान, भन्दाखेरि मलाई नराम्रो लाग्छ तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ, बाहिर निस्केपछि प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरुले, हुन त उहाँ महामन्त्री हुनुभयो, त्यो अलग पाटो हो तर उहाँमा जुन आत्मीयता छ साथीहरूसँग त्यो म देख्दिनँ ।’

त्यसपछि महामन्त्री कोइरालाले दाजु शेखरप्रति आफ्नो भनाइ मोड्दै भनेका छन्, ‘चौथो हो, शेखर दाइ, शेखर दाइ पनि लागिराख्नुभएको छ, भिडिरहनुभएको छ, मैले भनिहालें, हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरुको भावना हो । त्यसलाई म कदर गर्छु र सम्मान गर्छु, शेखर दाइसँग कुरा हुन सकेको छैन । म जानेबित्तिकै उहाँसँग कुरा राख्छु । उहाँलाई सभापति हुन मन छ भने अरुलाई पनि कन्भिन्स गर्न सक्नुपर्‍यो । मलाई त गरिहाल्नुहुन्छ, मैले भनेको म बाधक हुदिनँ । बरु सबै मिलाउने काममा लाग्छु ।’

शशांकको आशयले सिटौलालाई पनि आफ्नो गुटमा मिलाउने संकेत गरेको छ तर सिटौलाले भने १४औं महाधिवेशनमा आफू टीम बनाएरै लड्ने घोषणा गरिसकेका छन् । सिटौला यसपटक सिंगो टीमसहित महाधिवेशनमा भिड्ने तयारीमा रहेका छन् ।

यसैबीच, सभापतिका आकांक्षी पूर्व महामन्त्री सिंहले महामन्त्री कोइरालाप्रति आक्रमक बनेका छन् । बुधवार विराटनगरमा पुगेका सिंहले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको टिप्पणी गरेका छन् ।

पार्टी विभाजन हुँदा शेरबहादुर देउवा र एकतापछि गिरिजाप्रसाद कोइरालाको उपसभापति भएर काम गरेको बताउँदै सिंहले भने, ‘१२औं महाधिवेशनमा सभापति सुुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको हुँ, प्रकाशमानको रेकर्ड हेरे हुन्छ ।’ सिंहले आफू ग्रासरुटबाट राजनीति गरेर आएको दाबी गर्दै शशांकलाई आफ्नो रेकडै हेरेर बोल्न चुनौती दिएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search