बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

यी ७ नेताको रोचक भीडन्त एमालेको सचिवमा हुदै छ, यी हुन ओली प्यानलका ५ भाई

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सात सचिव पदका लागि झण्डै तेब्बर संख्यामा रहेका नेताहरूले दावेदारी पेश गर्ने तयारी गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli Sharma, Yamale

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सात सचिव पदका लागि झण्डै तेब्बर संख्यामा रहेका नेताहरूले दावेदारी पेश गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्य पाउन पनि न्यूनतम रूपमा सचिवको दावी गर्नुपर्ने अवस्थाले दावेदारी पेश गर्नेहरूको संख्या बढेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारी सुरु भएसँगै एमालेको केन्द्रीय सचिवका लागि नेताहरूले आन्तरिक समीकरणको हिसाबकिताबसहित आफू निकटका नेताहरू मार्फत् आफ्नो चाहना सार्वजनिक गर्न थालेका छन् ।

सचिवमा दावेदारी पेश गर्नेहरुमध्ये एक कार्यकाल जिम्मेवारी पुरा गरेकादेखि नयाँ अनुहारसमेत थपिँदैछन् । अहिले आफैले मुख खोल्दा गडबड हुन सक्छ । त्यही नजिकका नेताहरू मार्फत् नाम चर्चामा ल्याउने काम भइरहेको छ सचिवको दावी गर्ने तयारीमा रहेका एक नेताले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्य पाउन पनि न्यूनतम रूपमा सचिवको दावी गर्नुपर्ने अवस्था छ ।

​नेकपा एमालेले गत असोजमा विधान महाधिवेशनमार्फत १५ केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ । जसमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, महासचिव र उपमहासचिव एक एक तथा सचिव सात रहने व्यवस्था गरेको छ ।

विधानमा यस्तो व्यवस्था भएपनि आकांक्षीको संख्या धेरै हुन पुग्दा केन्द्रीय पदाधिकारीको खुड्किलो मानिने सचिव पदमा रोचक भीडन्त हुने सम्भावना बढेको छ । यद्यपी एमालेले यस पटकको महाधिवेशन सहमतिमा गर्ने भन्दै आएको छ । तर सहमति जुट्न नसके २२५ केन्द्रीय सदस्यसहित १५ पदाधिकारीमा समेत निर्वाचन हुने निश्चित छ ।

को को छन् सचिवका दावेदार ?
नवौं महाधिवेशनमा पाँच जना सचिव निर्वाचित भएका थिए, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ । यस पटक २ जना थपिएर सात जना सचिव बन्नेछन् । सातमध्ये ५ जना अहिले सचिव रहेकाहरू पदोन्नति नहुने अवस्थामा सोही पदमा रहन चाहन्छन् । यस्तो भए नयाँ अनुहार दुईजनाले मात्रै सचिवमा स्थान पाउनेछन् ।

पहिलेका ५ जनाको बढुवा हुने अवस्था आएन भने स्वभावैले उनीहरूको स्वतः दावी हुन्छ एमालेका एक स्थायी समिति सदस्य भन्छन् कि राजनीतिबाट सन्यास लिनुपर्यो कि दावी पेश गर्नुपर्यो, त्योभन्दा अन्य विकल्प हुँदैन । सचिवका लागि दाबेदारका रूपमा चर्चामा रहेका नयाँ अनुहारमा खगराज अधिकारी, विष्णु रिमाल, लालबाबु पण्डित, रघुवीर महासेठ, भानुभक्त ढकाल, शेरधन राई, यमलाल कँडेल, डोरमणि पौडेल, गोकुल बाँस्कोटादेखि महेश बस्नेतलगायत छन् ।

एमालेमा पूर्वमाओवादी फ्याक्टर स् वरिष्ठ उपाध्यक्षसहित २५ केन्द्रीय सदस्य नपाए विद्रोह १बाँस्कोटा र बस्नेत ओली निकट मानिन्छन् । बाँस्कोटा गएको संसदीय निर्वाचनमा केपी ओलीपछि लोकप्रिय मत ल्याउनेमापर्छन् । उता पूर्व माओवादीतर्फका मणि थापा र लेखराज भट्टले पनि सचिवको दावी गर्ने तयारीमा छन् ।

रिमाल ओलीका किचेन क्याबिनेटभित्रका सदस्य मानिन्छन् । उनी अघिल्लो पटक सचिवमा पराजित भएका थिए । त्यस्तै पण्डित गत महाधिवेशनमा उपाध्यक्षमा थोरै मतले पराजित भएका थिए । उनी त्यसबेला माधव नेपाल खेमामा रहेका थिए । तर अहिले उनी पदाधिकारीको जुनसुकै पद भएपनि चित्त बुझाउने दाउमा छन् । भन्छन्, ‘म पहिला पनि उपाध्यक्षमा उठेको हो । अहिले यो पद भन्दिन । तर, पदाधिकारी जुनसुकै पदमा मेरो दावी रहन्छ ।

त्यस्तै महासेठ नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीको सचिव पद गरी दुवैमा हारेका थिए । उनी यो पटक जसरी पनि सचिव दावी गर्ने पक्षमा छन् । तर एमालेभित्र महासेठको सट्टा पण्डितलाई सचिव बनाउनुपर्ने मत बलियो छ । उता मुख्यमन्त्री भैसकेकाले शेरधन राई, यमलाल कँडेल र डोरमणि पौडेलले पनि पदाधिकारीमा चाहना राखेका छन् । मणि र ​पार्टी विभाजनमा ओलीलाई साथ दिएकाले उनीहरूप्रति पनि ओलीको सहानुभूति हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search