मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

यस्तो समीकरण बिरुद्ध बन्यो देउवा र रामचन्द्रको, कोइराला परिवारबाट सभापति बनाउने सहमति !

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा चुनौती दिन कोइराला परिवारबीच भएको समझदारी १२ घण्टामै अन्योलमा परेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur, ramchandra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा चुनौती दिन कोइराला परिवारबीच भएको समझदारी १२ घण्टामै अन्योलमा परेको छ । महामन्त्री शशांकले सभापतिको उम्मेदवारका रूपमा शेखरलाई प्रस्ताव गर्ने गरी बुधबार बिहान गर्ने भनिएको पत्रकार सम्मेलन अचानक स्थगित भएको छ । मंगलबार राति शेखर निवासमा समझदारी भए पनि शशांक बुधबार बिहान संखुवासभा पुगेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

देउवाइतर समूहबाट एकमात्र उम्मेदवार बन्न कोइराला परिवार, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहबीच चरणबद्ध रूपमा छलफल भइरहेको छ । तर, कोइराला परिवारले नै एकताको सन्देश दिन सकेको छैन । यही क्रममा मंगलबार साँझ बसुन्धरास्थित शेखर निवासमा दाजुभाइबीच समझदारी भएको र बुधबार बिहान पत्रकार सम्मेलनबाट सार्वजनिक गर्ने तयारी भएको शेखरनिकट एक नेताको दाबी छ ।

पार्टी सभापतिमा शेखर उठ्ने, घोषणा शशांकले गर्ने, त्यसका लागि बुधबार बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्ने समझदारी भएको थियो,’ ती नेताले भने । पत्रकार सम्मेलनको तयारीका लागि शेखर बुधबार बिहान सवा ९ बजे शशांक निवास महाराजगन्ज पुगेका थिए । माथिल्लो तलामै गएर शेखरले शशांकलाई भेटे । ‘दाजुभाइबीच करिब डेढ मिनेटमात्र कुरा भएको जानकारी आएको छ ।

लगत्तै शेखरले स्वकीय सचिव दिनेश थपलिया र शशांकका सहयोगी सुरज उप्रेतीलाई १०ः३० बजे जम्मा हुन सञ्चारकर्मीलाई खबर गर्न अह्राउनुभयो,’ स्रोतले भन्यो । केहीछिनका लागि शेखर बाहिरिएका मात्र थिए, शशांकका प्रमुख स्वकीय सचिव भरत तिवारीले नवलपुरमै खबर पाए । यो खबर कांग्रेसवृत्तमा फैलियो ।

लगत्तै तिवारी र अन्य नेताहरूले घोषणा कार्यक्रम स्थगन गर्न र उम्मेदवारका विषयमा केही नबोल्न शशांकलाई सुझाए । उनले शेखरलाई टेलिफोन गरेर ‘प्रधानमन्त्री शेरबहादुरजीले बोलाउनुभयो, बालुवाटार जानुपर्ने भयो, घोषणाको काम मंसिर ८ गते गरौंला’ भने । लगत्तै निवासबाट निस्किएका उनी केहीबेरपछि संखुवासभामा देखिए ।

शशांकलाई पूर्वसांसद एवं संखुवासभाका पार्टी सभापतिसमेत रहेका व्यवसायी दीपक खड्काले हेलिकोप्टरमा आफ्नो गृह जिल्ला पुर्‍याएका थिए । ‘महाधिवेशनका बेला कार्यकर्तासँग भेटघाट गर्न महामन्त्री आउनुभएको हो,’ खड्काले कान्तिपुरसँग भने, ‘यसमा अन्यथा केही छैन । देउवालाई चुनौती दिन उम्मेदवार को हुने हो भनेर शीघ्र निर्णय गर्न अनुरोध गर्न गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङलगायत युवाले मंगलबार बिहान शशांकलाई भेटेका थिए ।

लगत्तै शशांकले शेखरलाई टेलिफोन गरी साँझ भेट्न आउने बताएका थिए । ‘समझदारी दुई दाजुभाइबीच मात्रै नभई कोइराला परिवारबीच नै भएको थियो । सुजाता कोइरालालाई समेत सँगै राखेर घोषणा गर्ने कार्यक्रम तय भएको थियो,’ शेखरनिकट एक केन्द्रीय सदस्यले भने, ‘तर महामन्त्रीलाई कताबाट दबाब आयो, थाहा भएन, अन्तिम समयमा कार्यक्रम स्थगन गर्न लगाउनुभयो ।’

दुई दाजुभाइबीचको समझदारी पारदर्शी नभएको भन्दै शशांकनिकट नेताहरूले प्रदेशसभाको क्षेत्रीय अधिवेशन ९मंसिर ६० अघि त्यस्तो घोषणा नगर्न सुझाएका थिए । क्षेत्रीयस्तरको अधिवेशन सम्पन्न नहुँदासम्म उम्मेदवार घोषणा नगर्ने समझदारी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि भएको थियो ।

शेखरलाई उम्मेदवारी छाड्दा स्वयं शशांकको राजनीतिक ‘पोजिसन’ के हुने, शशांकका पक्षमा लागेका नेताहरूको व्यवस्थापन कसरी गर्नेजस्ता सवाललाई लिएर आफ्नै निकटवर्तीले प्रश्न उठाएपछि उनी पछि हटेको एक नेताको दाबी छ । शशांकले भने आफूले सभापतिमा दाबी छाड्ने सहमति नभएको र आफू नै बलियो उम्मेदवार रहेको दाबी गरेका छन् ।

‘सहमति हुनुपर्छ, त्यसका लागि म लागिरहेको छु तर अहिल्यै शेखर दालाई छाडिसक्यो भन्ने सत्य होइन,’ संखुवासभामा रहेका उनले भने, ‘सभापतिका लागि हाम्रो टिमबाट सबैभन्दा बलियो उम्मेदवार नै मै छु,’ उनले संखुवासभामा दुई दिन बसेर राजधानी फर्कने बताए ।

दाजुभाइको पारिवारिक एकता मैले किन भड्काउने रु पारिवारिक एकता गर्छौं भनेर बोल्ने विषय ठीक हो,’ उनले भने, ‘तर, उम्मेदवार को हुने भन्ने विषय दुई जनाबीच मात्रै नभई रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेतको उपस्थितिमा घोषणा गर्न राम्रो हुन्छ भन्ने सुझाव दिएको हुँ ।

समूहको समझदारी पनि क्षेत्रीय तहको अधिवेशन सकिएपछि नै घोषणा गर्ने भन्ने थियो ।’ शशांकले सोमबार सर्लाहीको हरिवनमा पार्टी कार्यकर्तामाझ आफू सभापतिका लागि उम्मेदवार नहुने संकेत गरिसकेका थिए । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई हराउनुपर्ने ‘मिसन’ रहेको बताउँदै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट एक जना मात्र उम्मेदवार बन्नुपर्ने धारणा दोहोर्‍याएका थिए । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहले नसक्ने निष्कर्षसहित उनले कोइराला परिवारबाट शेखर नै उम्मेदवार हुने संकेत गरेका थिए । ‘शेखर दाले अरूलाई पनि कन्भिन्स गराउन सक्नुपर्छ, उहाँले मलाई त गराइहाल्नु हुन्छ उनको भनाइ थियो ।

शेखरले प्रधानमन्त्री नबन्ने र एकपटक सभापति भएपछि फेरि नदोहोरिने प्रस्ताव गरेका छन् । शशांक र शेखर दुवै एउटै पृष्ठभूमिबाट राजनीतिमा होमिएका हुन् । शशांक आँखाका विशिष्ट चिकित्सक हुन्, शेखर फिजिसियन । कोइराला परिवारको विरासत धान्न यी दुवै दाजुभाइलाई राजनीतिमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएका हुन् । केन्द्रीय कार्यसमितिमा यी दुवैको प्रवेश एघारौं महाधिवेशनबाट भएको हो । १३ औं महाधिवेशनमा शेखरले पनि महामन्त्रीको दाबी गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search