मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

ओलीले चाले कठोर कदम रावलले अध्यक्षमा उठ्छु भनेपछि, १० भाई मध्यकै यी नेताले दिए खुलेरै साथ् !

कैलालीको क्षेत्र नम्बर २ मा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले कात्तिक ३० गते ९ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो। तर, ओली पक्षले एकलौटी महाधिवेशन प्रतिनिधि छानेको र आफ्नो पक्षका प्रतिनिधि नपरेको भन्दै उपाध्यक्ष भीम रावलले विरोधमा विज्ञप्ति नै जारी गरे।

Viber Community

नेपाल अनलाइन पत्रिका

bhim rawal, kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कैलालीको क्षेत्र नम्बर २ मा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले कात्तिक ३० गते ९ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो। तर, ओली पक्षले एकलौटी महाधिवेशन प्रतिनिधि छानेको र आफ्नो पक्षका प्रतिनिधि नपरेको भन्दै उपाध्यक्ष भीम रावलले विरोधमा विज्ञप्ति नै जारी गरे। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दसौँ राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो,’ रावलले भने, ‘तर कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णयविपरीतका क्रियाकलाप भए।

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा चरम स्वेच्छाचार भयो। प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रियाबिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ।यसविरूद्ध १२ सयभन्दा बढी पार्टी सदस्यले हस्ताक्षर गरी उजुरी गरेको रावलको भनाइ छ।

रावल यतिमै रोकिएनन्। उनले कैलाली–२ बाट समानान्तर रुपमा अरु ९ जना प्रतिनिधि पनि चयन गरेर पठाएका छन्। रावलको समूहले मंसिर १ गते नयाँ प्रतिनिधि चयन गरेर पठाएको घोषणा गरेको हो।

अन्यत्र पनि महाधिवेशन प्रतिनिधि छनोटमा ओली पक्षले विधिविधान मिचेको, सर्वसम्मतिका नाममा एकलौटी गरेको आरोप लागिरहेको छ। खासगरी पहिले माधव नेपाल निकट रहेका तर विभाजनको घडीमा एमालेमै बस्ने निर्णय लिएका १० नेताहरु प्रतिनिधि छनोटमा असन्तुष्ट छन्।

बागमती, सुदूरपश्चिम र गण्डकीमा यी नेताहरुको प्रभाव राम्रो छ। अन्यत्रका केही जिल्ला, केही निर्वाचन क्षेत्रमा पनि उनीहरुको उपस्थिति बलियो छ। तर, प्रतिनिधि चयनमा सबैतिर ओली पक्ष हाबी भएको र आफ्नो पक्षका प्रतिनिधि कटौती भएको नेताहरु बताउँछन्। स्थायी कमिटी सदस्य रघुजी पन्तले देशभर प्रतिनिधि छनोट निष्पक्ष नभएको गुनासो गरे।

प्रतिनिधि छान्दा ओली पक्षले किन एकलौटी गर्यो तरु यसबारे नेपालखबरले जिज्ञासा राख्दा ओलीनिकट केही नेताहरुले रावलतिरै औँला सोझ्याए।निर्विरोध अध्यक्ष चयन हुने योजना बनाएका ओलीलाई चुनौती दिने रावलको भनाइपछि प्रतिनिधि छनोटमै ओली पक्षले शक्ति प्रदर्शन गरेको उनीहरुको भनाइ छ।

ओलीले विधान महाधिवेशनबाटै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा प्रस्तुत गरेका छन्। नेतृत्वका दाबेदार मानिएका कुनै पनि एमाले नेताले अध्यक्षमा उठ्ने घोषणा गरेका थिएनन्। तर, कात्तिक २३ मा अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्षमा उठ्ने बताएका थिए।

एमाले महाधिवेशन प्रतिनिधि चयन सुरु भएकै बेला रावलको सो अभिव्यक्ति आएको थियो। औपचारिक रुपमा कात्तिक २७ गतेदेखि प्रतिनिधि छनोट प्रक्रिया सुरु गरिए पनि त्यसअघिदेखि नै विभिन्न स्थानबाट निर्विरोध प्रतिनिधि चयन भइरहेका थिए।

रावलको सो भनाइपछि परिस्थिति फेरिएको ओलीनिकट एक नेताले दाबी गरे। रावल कमरेडलाई दसौँ महाधिवेशनबाट पनि एमालेको पदाधिकारीमै अटाउने चाहना अध्यक्ष कमरेडले राख्नुभएको थियो,’ उनले भने, ‘जब उहाँले अध्यक्षमा उठ्ने घोषणा गर्नुभयो, अनि परिस्थिति अर्कै बन्यो।’

ओलीलाई शक्तिशाली अध्यक्ष बनाउन चाहेका नेतारकार्यकर्ताले रावलको अभिव्यक्तिपछि सक्रियता बढाएको उनको भनाइ छ। उनले यसबारे सर्कुलर नै भएको हुनसक्ने संकेत गरे।

‘आन्तरिक रुपमा पार्टीको अहिलेको लाइन, चाहना र टिमको विषयमा सूचना सर्कुलर गरियो होला, कतिले व्यक्तिगत रुपमा पनि भूमिका खेलेको हुनसक्छ,’ ती नेताले सुनाए।रावलले भने यस विषयमा आफू अझै छलफलमा रहेको बताए।

‘अहिले म महाधिवेशनको प्रतिनिधि छनोटको विषयकै छलफलमा छु,’ रावलले भने, ‘छलफल कस्तो हुन्छ त्यसपछि आफ्ना धारणा सार्वजनिक गर्नेछु। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीभित्र देखिएका समस्या छलफलबाटै समाधान हुने दाबी गरे।

‘पार्टीभित्र समस्या उठ्छ, ती समस्या बसेर छलफल गरेपछि समाधान हुन्छ, कोही व्यक्ति विशेषलाई लिएर यसलाई ल्याउने उसलाई नल्याउने भन्ने हुँदैन,’ तामाङले भने, ‘कोही गुट, समूह भनेर पनि ल्याउने कुरा भएन। अहिले हाम्रो पार्टी एक छ, गुट बन्ने सम्भावना पनि छैन।’

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि एक हजार ८ सय ९९ सय प्रतिनिधि छनोट भइसकेका छन्।बाँकी सय जनालाई पार्टीले मनोनयन गरेर प्रतिनिधि बनाउने एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव तामाङले जानकारी दिए।उनका अनुसार केही ठाउँ र निर्वाचन क्षेत्रबाहेक सबैतिर सर्वसम्मत प्रतिनिधि चयन भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search