मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

विष्णु पौडल र शंकर पोखरेलको सम्बन्ध : महासचिवमा को बलियो ?

विधान महाधिवेशन सकेर राष्ट्रिय महाधिवेशनको तीव्र तयारीमा लागेको नेकपा एमालेमा अबको नेतृत्व कस्तो हुने भन्ने यतिबेला आम चासो छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Vishnu, Shankar

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विधान महाधिवेशन सकेर राष्ट्रिय महाधिवेशनको तीव्र तयारीमा लागेको नेकपा एमालेमा अबको नेतृत्व कस्तो हुने भन्ने यतिबेला आम चासो छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विधान महाधिवेशनबाटै आफू अध्यक्ष बन्न सहज हुनेगरी विधान पारित गरेका अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्विकल्प निर्वाचित हुने लगभग पक्का भइसकेको छ । अध्यक्षमा आकांक्षीहरूलाई व्यवस्थापन गर्नका लागि एमालेले वरिष्ठ उपाध्यक्षको पद विधान महाधिवेशनबाट सिर्जना गरिसकेको छ ।

पार्टीभित्र आकांक्षीहरूको व्यवस्थापन गर्नका लागि ओली विभिन्न नेताहरूसँग निरन्तर संवादमा छन् । चितवनमा हुन लागेको १० औँ महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व छनोट गर्ने नेताहरूले बताइरहेका छन् ।

अध्यक्षबाहेक अन्य पदाधिकारीमा को–को आउलान् ? भन्ने विषय यतिबेला एमाले वृत्तमा चर्चा छ ।

पदाधिकारीमध्ये महत्त्वपूर्ण मानिने पद हो, महासचिव । महासचिवलाई अध्यक्षपछिको कार्यकारी पदका रूपमा पनि लिइन्छ । विगतको इतिहासलाई हेर्ने हो भने पनि महासचिव नै प्रमुख कार्यकारी पद थियो ।

केही समय अघिमात्र एमाले छाडेर नयाँ दल बनाएका माधवकुमार नेपाल पनि १५ वर्ष महासचिवकै रूपमा पार्टी नेतृत्वमा बसेका थिए ।

एमालेको आठौं र नवौं महाधिवेशनबाट महासचिव बनेका ईश्वर पोखरेल अहिले ओलीलाई अध्यक्ष छाडेर आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने दाउमा छन् । महासचिव पदमा पुनः नदोहोरिने पोखरेलले बताइसकेका छन् ।

पार्टीको कार्यकारी पद मानिने महासचिवको जिम्मेवारी कसको काँधमा आउला भन्ने धेरैको चासो छ । सहमतिकै आधारमा पदाधिकारी चयन गर्ने नेताहरूले बताइरहँदा ओलीको रोजाइमा पर्नेले नै महासचिवको जिम्मेवारी पाउने नेताहरू बताउँछन् ।

महासचिव को हुँदैछन् ? भन्ने प्रशंगमा गफगाफ भइरहँदा एक एमाले नेताले बताए, ‘यो पटक सबै पदाधिकारी बालकोट(ओली निवास)बाट नै निर्वाचित हुने हुन् । ओलीको रोजाइमा पर्नेले बाजी मार्छ ।’

महासचिव पदलाई ओलीको उत्तराधिकारीका रूपमा व्याख्या गर्न थालिएको छ । जसमा नवौं महाधिवेशनबाट उपमहासचिव बनेका विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलको चर्चा छ ।

चर्चा सुरु गरौँ पोखरेलबाट,

पार्टीभित्र बौद्धिक नेताको छाप बनाएका छन् पोखरेलले ।

नवौं महाधिवेशनसम्म पोखरेल पौडेलभन्दा निकै कमजोर थिए । दुवै जना ओली प्यानलबाट उपमहासचिवमा उठेका थिए, पोखरेलले त्यो महाधिवेशनमा हारे ।

कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

विद्यार्थी राजनीतिबाट स्थापित भई पार्टी राजनीतिमा प्रवेश गरेका उनी लामो समय काठमाडौंलाई आधार बनाएर केन्द्रीय राजनीतिमै सक्रिय रहे ।

काठमाडौंमै रहेका कारण पोखरेलको दाङको राजनीतिक आधार कमजोर थियो ।

पोखरेलले ०५१ सालको मध्यावधि र ०७४ को प्रदेशसभाबाहेक कुनै पनि निर्वाचनमा जित हासिल गरेका छैनन् । तर, सैद्धान्तिक विषयमा विशेष रुची र पकड राख्ने उनी केन्द्रीय तहका नेताहरूमा छुट्टै छाप छाड्न भने सफल मानिन्छन् ।

मुख्यमन्त्री बनेपछि प्रदेशको राजधानी र नामको विषयमा पोखरेलको चर्चा निकै भयो । एकातिर पौडेलले बुटवललाई राजधानी बनाउन लविङ गरिरहेका थिए भने पोखरेलको प्रयास दाङमै राजधानी बनाउनेतिर थियो ।

केन्द्रको राजनीतिमा छुट्टै छाप छाडेका पोखरेल राजधानी दाङ सार्न सफल भइदिए । धेरैका लागि यो अप्रत्यासित पनि थियो । किनभने, ओलीसँग नजिकको सम्बन्ध बढाउँदै गएका पौडेलले कुनै हालतमा राजधानी बुटवल बनाएरै छाड्ने धेरैको बुझाइ थियो ।

पोखरेलले यो मुद्दामा बाजी मारेपछि पौडेल केही कमजोर हुँदै गएको आंकलन अहिले पनि प्रदेशका नेताहरू गर्छन् ।

अनि पौडेलका कुरा,

नवौं महाधिवेशनबाट उपमहासचिव बनेका विष्णु पौडेल पनि ओलीका विश्वासपात्र मध्येका एक हुन् ।

०१७ सालबाट कलेजको पढाइ छाडेर कम्युनिस्ट आन्दोलनमा लागेको उनको इतिहास छ । पछिल्लो पटक रूपन्देहीको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

एमाले र माओवादीबीच एकता हुँदा पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीको ९ जना सचिवालयमध्ये महत्त्वपूर्ण मानिएको महासचिवमा पौडेलले नै बाजी मारे । त्यतिबेला ईश्वर पोखरेललाई ‘जिल’ खुवाउँदै पौडेल महासचिव बन्न सफल भएको भन्दै चर्चा चुलिएको थियो ।

पौडेललाई एमालेका नेताहरू तीक्ष्ण र चतुर पोलिटिकल खेलाडीका रूपमा लिन्छन् । नेकपा कालीन बेलामा महासचिव भएपछि चतुर मानिने पौडेल प्रचण्डतिर ढल्किएका हुन कि ? भन्दै धेरैले शंका गर्न थालेका थिए ।

नेकपा विभाजन भएपछिको एमालेमा पौडेल ओलीको कुनै कुरा नकाटी अघि बढिरहेका छन् । तर, यो महाधिवेशनबाट महासचिव बनेर ११ औँ महाधिवेशनमा अध्यक्ष बन्ने दाउ उनको देखिन्छ ।

पोखरेल–पौडेल सम्बन्ध !

दशौं महाधिवेशनमा महासचिवको सबैभन्दा बढी चर्चामा रहेका मध्येका नाम हो–पोखरेल र पौडेल ।

यी दुवै नेता अध्यक्ष केपी ओली निकट मानिन्छन् । ओलीले पनि यी दुवै नेतालाई परिस्थिति हेरेर पार्टीका काममा अघि बढाइरहेका हुन्छन् ।

एमाले र माओवादी केन्द्र एकता भएर बनेपछिको नेकपाको महासचिव ओलीले पौडेललाई बनाए । पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाएर पठाएका थिए ।

यी दुवै नेता लुम्बिनी प्रदेशबाट राजनीतिमा सक्रिय भएका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ बनेपछि भने दुई नेताबीचको सम्बन्धमा केही खटपट भएको निकटस्थहरू बताउँछन् ।

किनभने रूपन्देहीबाट प्रतिनिधिसभा सदस्य बनेका पौडेलको चाहना बुटवलमै राजधानी बनाउने थियो । दाङको देउखुरी क्षेत्रमा राजधानी निश्चित भएसँगै पौडेल अर्थमन्त्री बन्ने हल्ला चलेको थियो । उनलाई बुटवलवासीले अर्थमन्त्री बनेर राजधानी साट्न पाइन्न भनेर खबरदारी गरेका थिए ।

खबरदारी गरेको हप्ता दिनपछि पौडेल अर्थमन्त्रीमा नियुक्त भए । राजधानी सार्ने विषयमा बुटवलका जनता सडकमा ओर्लिँदा मुख नखोलेको आरोप पौडेलमाथि लाग्यो ।

यी दुवै नेताको ओलीसँग सम्बन्ध, राजनीतिमा चातुर्यता, एउटै प्रदेशबाट गरेका राजनीति मात्र समान छैन । यो पटक हुने महाधिवेशनमा देखिएको आकांक्षा पनि एउटै छ ।

ओलीको रोजाइमा को ?

नेकपा एकता बेलादेखि नै पौडेलले ओलीलाई नजिकबाट साथ दिएका छन् । अप्ठ्यारो पर्दा ओलीकै पक्षमा उभिएका छन् । तर सबैबीच उनका आफ्नै मान्यता, सर्त र स्वार्थ भएजस्तो बुझिन्छ । त्यसलाई केन्द्रमा राखेरै निर्णय गर्ने गरेको पनि देखिन्छ ।

यद्यपि, पौडेलप्रति ओलीको भरोसा कायमै छ भन्नलाई अर्थमन्त्री बनाइदिएपछि पुष्टि भएको थियो । बालुवाटार काण्डमा मुछिँदादेखि नै ओलीले दिएको साथलाई पौडेलले बिर्सन सकेका छैनन् ।

नेकपामा पाएको अवसरले उनलाई पार्टीको महासचिवका रुपमा स्थापित गरिदिएको छ । त्यो पदमा उनको परीक्षण भइसकेको छ । त्यसैले एमालेमा पनि महासचिवको जिम्मेवारी पाउन र भूमिका निर्वाह गर्न उनी उत्साहित देखिन्छन् ।

तर, एमाले विधान महाधिवेशनदेखि अहिलेसम्म आइपुग्दा भने त्यसलाई परिस्थिति अलिक फरक देखिएको छ ।

गत १५ असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा ओलीले पोखरेललाई खोजेपछि पौडेल झस्किएका थिए ।

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पढिरहेका ओलीले आफूलाई रुघाखोकी लागेको भन्दै पोखरेललाई खोजे । ओलीले भनेका थिए, ‘कमरेडहरू, मलाई अलिकति रुघाखोकीको कारणले प्रतिवेदन प्रस्तुत गर्न अलि समस्या भएकाले म कमरेड पोखरेललाई आग्रह गर्छु । मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ ।’

प्रतिवेदन लामो भएकाले ओलीले आफ्नो स्वास्थ्यावस्थाका ख्याल गर्दै पोखरेललाई पढ्न दिए । पढ्दा पढ्दै गाह्रो भएपछि अर्को व्यक्तिलाई पूरा गर्न लगाउनु सामान्य हो । तर, ओलीले रोजेका पात्रलाई लिएर सोही बेलादेखि विभिन्न अड्कलबाजी लगाउन थालिएको छ ।

एमालेका कतिपय नेता तथा कार्यकर्ताको अड्कल छ–अब ओलीले आफ्नो उत्तराधिकारीको रूपमा पोखरेललाई रोजे ।

पछिल्लो समय पोखरेल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । केन्द्रमा हुने राजनीतिक घटनाक्रमहरूको खुलेर सामाजिक सञ्जालबाट प्रतिवाद गरिरहेका हुन्छन्, पोखरेल । तत्कालीन नेकपादेखि अहिलेको एमालेमा देखिएका आन्तरिक विवाद मिलाउन उनी लुम्बिनीबाट तत्काल काठमाडौं आइपुग्थे । उनको सक्रियता सधैं पार्टीको केन्द्रमा रहन्थ्यो ।

नेकपा विवादको अन्तिम समयमा पनि पोखरेलले प्रचण्डसँग खुमलटार पुगेर पटकपटक सल्लाह गरेका थिए । केन्द्रको राजनीतिमा सधैं जमिरहेका पोखरेल यो पटक महासचिवमा बाजी मारेर पुरानो क्षतिपूर्ति पूरा गर्ने दाउमा रहेको निकटस्थ नेताहरूको अड्कल छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search