सोमवार, मंसिर १३, २०७८
spot_img

प्रकाश भन्थे- ठूलो नेताको छोरा हुन कठिन रहेछ काका: मोहन वैद्य

नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले प्रकाश दाहालले आफूसँगको भेटमा ठूला नेताको छोरो हुनु कठिन रहेछ भन्ने गरेको स्मरण गरेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

mohan

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले प्रकाश दाहालले आफूसँगको भेटमा ठूला नेताको छोरो हुनु कठिन रहेछ भन्ने गरेको स्मरण गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सोमबार प्रकाशित प्रकाश दाहाल स्मृति पुस्तकमा वैद्यले लेखेका छन्, ‘जनयुद्ध विकसित हुँदै गएपछि हाम्रो नियमित भेटघाट त हुँदैनथ्यो । तर, समय समयमा हाम्रो भेट भई नै रहन्थ्यो । त्यसै बीचमा एकदिन प्रकाशले मसित भनेका थिए, ‘काका, ठूलो नेताको छोरो हुनु बहुतै अप्ठेरो हुँदोरहेछ । उनको त्यो भनाइ निकै गम्भीर, मार्मिक र ध्वन्यात्मक थियो ।’

वैद्यले प्रकाश दाहालको आफ्नो स्वत्व भएको स्मरण गरेका छन् । वैद्यले लेखेका छन्, ‘प्रचण्डजीको र मेरो सम्बन्धको लामो श्रृङ्खला छ । यो सम्बन्ध पार्टीगत सम्बन्ध नै हो । प्रचण्डजीसितको सम्बन्धकै कारण मेरो प्रकाशसित सम्बन्ध हुन पुग्यो । तर, एउटा निश्चित कालखण्डमा त्यो सम्बन्ध प्रकाशसित एक पृथक सम्बन्ध पनि हुन गयो । किनकि प्रकाशको व्यक्तित्व र पहिचानको आफ्नै विशिष्ट स्वत्व पनि थियो ।’

‘प्रकाशले मलाई नजिककै काका मान्दथे’ वैद्यले लेखेका छन्, ‘र, मैले पनि प्रकाशलाई नजिकैको भतिजा मान्दथें । आफ्नो परिवारमा कुनैबेला आमा सिताजी र कुनैबेला बाबाले छोडेर कतै हिंड्दा प्रकाश रूने, कराउने र पछि पछि लागेर दगुर्ने गर्दथे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार