सोमवार, मंसिर १३, २०७८
spot_img

एमाले पार्टीलाई ओलीले बनाए चलायमान, ओलीकै चर्चा पाँच दल एकातिर हुँदा पनि !

नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन । एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ। महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन । एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ। महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

ओलीमा नेतृत्व कौशलता छ । उनले सजिलै मान्छेको मन जित्छन । भाषण गर्ने शैली नै उनको फरक छ । उनी जहाँ गएर बोल्छन त्यही चर्चा हुन्छ । ओलीमा राजनीति क्षमता छ ।

ओलीका कारण नै एमाले पार्टी चर्चामा छ । जनआकर्षण पनि अत्यधिक बढेको छ। उनको सवालअनुसारको जवाफ आउँछ । त्यही नै रोचक हुन्छ । प्रतिवाद गर्न खप्पिस छन । त्यसैले पनि उनले जनता, कार्यकर्ता र नेताकै पनि मन जित्न सकेका छन । आजको मिति सम्म ओली महाधिवेशनमा अध्यक्षको एकल उम्मेदवार हुने अवस्था देखिन्छ।

पार्टी उपाध्यक्ष डा भीम रावल ओलीको घोषित वा अघोषित प्रतिस्पर्धी वा दाबेदार हुन चाहेको देखिन्छ। यसमा अरू कुनै पदमा घनश्याम भुसाल पनि अगाडि आउन सक्छन्। एमाले भित्र ओली नै सर्बमान्य भएका छन । उनको बिरोध गर्ने नेता भनेका भिम रावल लगायतका केही नेता छन ।

अरु सबै ओलीको गुनगान गाउने हुन । ओली बिना एमाले चलायमान हुदैनन् भन्ने कुरा एमाले भित्र धेरै नेताले बुझेका छन । सत्तारुढ दल संग टक्कर लिन सक्ने भनेको ओलीले मात्र हो । अरुले बोल्न पनि सक्दैनन् । ओली संग सत्तारुढ दल समेत डराउँछन ।

ओलीमा बोल्ने र तर्क गर्न सक्ने क्षमता छ । त्यो अरु नेतामा छैन । यति बेला ओलीले एमाले पार्टीलाई चलायमान बनाएका छन । पार्टी बिभाजन पछि उनी धेरै सक्रिय छन । पार्टीलाई पुरानै अबस्थामा फर्काउन उनी दिलो ज्यान दिएर लागेका छन ।

आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी गरिरहेका छन । उनी कति खेर पनि निराश हुदैनन् । उनमा सधै उर्जा छ । त्यो उर्जा नै उनको शक्ति हो । पाँच दल एकातिर उभिदा पनि उनी छिरिक्क भएका छैनन । उनी अझै एमाले शक्तिशाली छ भन्दै हिडिरहेका छन । भोली पनि एमाले शक्तिशाली पार्टी हुन्छ भन्दै हिडेका छन । आगामी निर्वाचन पछि फेरी मूल गेटबाट सिंहदरबार छिर्ने बताइरहेका छन । यो पाँच दल माथि गरेको चुनौति हो ।

अहिले उनी देशका बिभिन्न ठाँउमा घुमि संगठन बिस्तारमा लागेका छन । आफना नेता कार्यकर्ताहरुलाई संगठन बिस्तारका लागी निर्देशन दिइरहेकै छन । पार्टी पुरानो अबस्थामा फर्कन्छ की फर्कदैन त्यो भने अहिले यसै भन्न सकिदैन ।

आगामी चुनाव पछि त्यो कुरा सबै प्रस्ट भैहाल्छ । पूर्व माओवादी नेताहरुले ओलीको नै गुन गान गाइरहेका छन । टोप बहादुर रायमाझी त ओलीको भक्त नै जस्तो भएर भाषण गदै हिडिरहेका छन । दसौं महाधिवेशनबाट पूर्व माओवादी नेताहरुको अबस्था के हुने हो त्यो हेर्न बाँकी नै छ ।

आज जुन किसिमले ओलीको गुनगान गाएर पूर्व माओवादी नेताहरु हिडेका छन भोली महाधिवेशन जितेर आफूले चाहेको पद पाउन सक्छन की सक्दैनन् त्यो नै चासोको बिषय बनेको छ । संकटका बेला पनि ओलीलाई साथ दिने भनेका पूर्व माओवादी नेताहरु नै हुन । बरु भिम रावल लगायतका नेताहरुले असहयोग गरेका हुन । सरकार ढाल्न सहयोग गरेका हुन ।

त्यसैले आज ओलीले रावल लगायतका नेताहरुलाई लखेटिरहेका छन । एमाले भित्र भिम रावल लगायतका नेताहरुको भबिश्य त्यति राम्रो होला जस्तो छैन । पार्टीमा जिम्मेवारबिहिन हुने अबस्था देखिन्छ । नेपालको राजनीतिमा केपी ओली अझै केही बर्ष शक्तिशाली हुने संकेत देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार