Viber Community
Nop Ads

मन्त्री झाक्री सचिवको कर्मचारी ‘सेटिङ’ भत्काउँदै

निजामतीमा ‘सेटिङ’ पछिल्लो समय नौलो विषय रहेन । त्यसमा पनि काम गर्ने कर्मचारीको टीम मिलाउनु नराम्रो नभए पनि ‘निहित इन्ट्रेस्ट’का लागि खटाइएको टोलीले जनताको भन्दा आफ्नो र खटाउनेको चाहनामा काम गर्ने हुँदा त्यसले सिङ्गो कर्मचारी बदनामित छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

ramkumari

नेपाल अनलाइन पत्रिका – काठमाडौं। निजामतीमा ‘सेटिङ’ पछिल्लो समय नौलो विषय रहेन । त्यसमा पनि काम गर्ने कर्मचारीको टीम मिलाउनु नराम्रो नभए पनि ‘निहित इन्ट्रेस्ट’का लागि खटाइएको टोलीले जनताको भन्दा आफ्नो र खटाउनेको चाहनामा काम गर्ने हुँदा त्यसले सिङ्गो कर्मचारी बदनामित छ । जसको उदाहरण हो शहरी विकास मन्त्रालय । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहको योजनामा २०७७ माघमा शहरी विकास विभागको महानिर्देशकलगायत आकर्षक निकायहरूमा कर्मचारीको सरुवा भएको थियो । तत्कालीन मन्त्री प्रभु शाहलाई आफूअनुकुल ब्रिफिङ गरी पहिलो नम्बरका सहसचिव पदम कुमार मैनालीलाई पन्छ्याएर तेस्रो बरिएताका नवराज प्याकुरेललाई महानिर्देशक बनाइएको थियो । जसको कर्मचारी वृत्तमा निकै आलोचना भएपनि त्यसै सामसुम पारिएको थियो ।

छानी-छानी मालदार निकायमा आफ्नालाई खटाइएको विषय नवनियुक्त मन्त्री रामकुमारी झाक्रिकहाँ पुगेपछि उनले महानिर्देशक प्याकुरेलसहित १८ जना कर्मचारीको सरुवा गरेकी छिन् ।

प्रशासनलाई प्राप्त जानकारी अनुसार शहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा र मन्त्रालयका सहसचिव पदम कुमार मैनालीलाई विभागमा पठाइएको छ । यसैगरी शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिलीप भण्डारीलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा खटाइएको छ भने त्यहाँका सिडिई रवीन्द्र बोहोरालाई विभागमा सरुवा गरिएको छ ।

टुकुचा ट्रिटमेन्ट प्लान्टका लागि कम्पनी छनौटमा सेटिङ भइरहेको कुरा मन्त्री झाक्रिकहाँ पुगेपछि सोबारे अहिले छानबिन भइरहेको छ । करिब ७ अर्बको उक्त आयोजनमा एक प्रतिशतको मात्रै हिसाब गर्दा सात करोड हुन आउँछ ।

यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका नारायण भण्डारीलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणको कायम मुकायम नायव विकास आयुक्तको कार्यालय काठमाडौँ, सिडिई सचिन्द्र कुमार देवलाई सघन शहरी तथा भवन निर्माण आयोजना दाङबाट सप्तरी, एकराज अधिकारीलाई शहरी विकास तथा भवन निर्माण विभागबाट सङ्घीय आयोजना कार्यान्वयन इकाई धनुषा, शिखर लामा तामाङलाई विभागबाट सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सा, रमेश थिंगलाई सङ्घीय आयोजना कार्यान्वयन इकार्य बाँकेबाट सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देही, त्यहाँ कार्यरत विदुर खड्कालाई सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँके, रोशन श्रेष्ठलाई नयाँ शहर आयोजना समन्वय इकाई बबरमहलबाट सङ्घीय अयोाजना कार्यान्वयन इकाई मोरङ र त्यहाँ कार्यरत गङ्गा प्रसाद यादवलाई सहरी विकास तथा भवन निर्माण विभाग, हिमाल के.सी.लाई विभागबाट नयाँ शहर आयोजना समन्वय कार्यालय, प्रकृर्ण तुलाधरलाई सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाबाट विशेष भवन निर्माण आयोजना बबरमहल, प्रदीप कुमार सिंहलाई मन्त्रालयबाट सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला सरुवा गरिएको छ ।

यसैगरी इन्जिनियरत्रय खड्ग बहादुर चौधरीलाई सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेबाट सघन शहरी तथा भवन निर्माण आयोजना दाङ, प्रदीप कुमार खनाललाई सङ्घीय आयोजना कार्यान्वयन इकाई धनुषाबाट शहरी विकास तथा भवन निर्माण विभाग र सुदर्शन शर्मालाई सघन शहरी तथा भवन निर्माण आयोजना झापाबाट मन्त्रालयमा सरुवा गरिएको छ ।

‘मन्त्रालय तथा मातहतका निकायहरूबारे आन्तरिक तथा बाह्य स्रोतहरूबाट जानकारी लिएपछि मन्त्रीज्यूले केही नीतिगत निर्णयसँगै सेटिङमा खटाइएको कर्मचारीको जालो तोड्नु भएको हो’, मन्त्रीको सचिवालय स्रोतले प्रशासनलाई भन्यो,‘राजनीतिक भविष्य उज्ज्वल रहेको महसुस गरेरै होला, खेलोमेलोमा नअल्झेर काम देखाउने हेतुले नै सुधारको सुरुवात गरेको देखिन्छ’ | यसबारे सचिव सिंहसँग प्रतिक्रिया लिँदा मन्त्रीले गरेको निर्णय आफूले कार्यान्वयन गरेको र अन्य केही नभएको बताए ।

अब पालो ‘डन कर्मचारी’ सरुवाको
मन्त्रालय स्रोतका अनुसार यसपछि वर्षौँदेखि मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत ‘डन कर्मचारी’ को सरुवा गर्ने तयारी रहेको छ ।

जसमध्ये पहिलो चरणमा काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्तको कार्यालय ललितपुरका आठौँ तहका पूर्ण महर्जन, जिल्ला आयुक्तको कार्यालय भक्तपुरका गणेश राम कोजु र जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत सुरेश रेग्मी रहेका छन् । ललितपुर र भक्तपुरमा दशकौँदेखि कार्यरत रहेका छन् । लामो समयदेखि एउटै ठाउँमा राखिनुको उद्देश्य नै ‘सेटिङ’मा काम गर्न सहज होस् भनेर रहेको सचिवालयका एक कर्मचारीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search