Viber Community
Nop Ads

प्रकाशको नशा-नशामा देश र पार्टीको चिन्ता थियो

हामी चार जना सन्तानमध्ये ऊ कान्छो सन्तान हो। हामी तीन दिदीहरुको प्यारो भाइ थियो। मभन्दा ५ वर्ष कान्छो थियो ऊ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

renu dahal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। हामी चार जना सन्तानमध्ये ऊ कान्छो सन्तान हो। हामी तीन दिदीहरुको प्यारो भाइ थियो। मभन्दा ५ वर्ष कान्छो थियो ऊ । हामी चार जना सन्तानहरु सानै हुँदादेखि नै बुवा ‘होल टाइमर’ भएर पार्टीमा लाग्नुभएको थियो। म दुई वर्षको हुँदादेखि नै मामाघरमा बस्थें। म मामाघरमा हुँदादेखि नै प्रकाश कहिलेकाहीँ आउने गर्दथ्यो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

हामी सानै हुँदादेखि नै हाम्रो परिवार राजनीतिमा लागिसकेको थियो । ऊ ७ कक्षा पढ्दाखेरि नै जनयुद्ध सुरु भयो । जनयुद्ध सुरु भएदेखि पढ्ने स्थिति नै भएन। पढ्नका लागि हामीलाई कुनै अनुकूल वातावरण थिएन। क्रान्ति गर्ने हो, परिवर्तन ल्याउने हो भन्ने स्कुलिङ हामीलाई थियो। त्यतिबेला म पनि १० कक्षा पढ्दै थिएँ । पार्टीले मेरो र बहिनीको विवाह गरिदियो । विवाह गरि दिएपछि मकहाँ राखेर पढाउने भन्ने कुरा भयो। भाइ प्रकाश ८ कक्षादेखि १२ कक्षासम्म मेरोमा बसेर पढाइ अघि बढायो।

सानैदेखि प्रकाश ज्ञानी स्वभावको थियो । नयाँ–नयाँ काम गर्न ऊ एकदम इच्छुक हुने उसको स्वभाव थियो । केही पनि काममा ऊ पछाडि नहट्ने, जस्तोसुकै काम गर्न पनि तम्सिने उसको बानी थियो । वास्तवमा हाम्रो शिक्षा त्यति सजिलो भएन । कहिले चितवन त कहिले काठमाडौं, यसरी नै हामी पढ्दै छाड्दै गर्नुप-यो ।

काठमाडौंमा डेरा सर्दै हिंडिरहनुपर्ने बाध्यता थियो । जे–जस्तो भएपनि पढ्नमा भाइ ठीकै थियो । तर, नयाँ–नयाँ काम गर्न बढी इच्छुक थियो । उसको सबैभन्दा बढी चाहना बोर्डिङ स्कुलमा पढ्ने थियो । टाइसुट र जुत्ता लगाएर बोर्डिङमा पढ्ने उसको अत्यन्त धेरै चाहना थियो । तर, विविध कारणले त्यो पूरा भएन । हामी चारै जनाले सरकारी स्कुलबाटै शिक्षा लियौं ।

भाइ बच्चैदेखि नै राजनीतिमा होमिन पुग्यो । प्रकाश सानै हुँदादेखि नै बुवा पूर्णकालीन रुपले पार्टीमा लाग्नुभएको थियो । हाम्रो घरमा नेता, कार्यकर्ता आउने जाने चलि नै रहन्थ्यो । ऊ १२ कक्षा पढ्दापढ्दै नै पूर्ण रुपले राजनीतिमा लाग्यो । बुवासँगै कहिले रोल्पा जाने त कहिले कता, यस्तै हुँदाहुँदै ऊ सक्रिय रुपले राजनीतिमा होमिसकेको थियो ।

भाइले जहिले पनि पार्टी र बुवाको चिन्ता गर्ने । पार्टीलाई कसरी मजबुत बनाउने र बुवालाई कतैबाट कुनै किसिमको आरोप प्रत्यारोप आउन नदिन र सफल बनाउन ऊ सधैं गम्भीर भएर लाग्ने गर्दथ्यो । प्रकाश जहिले पनि बुवालाई आँच आउन नदिन सधैं बुवाको पछाडि लागिरहेको हुन्थ्यो । बुवालाई सफल बनाउन हरतरहले खटिने गर्दथ्यो र सचेत हुन्थ्यो । हुन त उसको स्वभाव दयालु थियो ।

तर, परिआएको बेला काममा कडा भएर प्रस्तुत हुनसक्ने खालको पनि थियो । पछिल्लो समय बुवाको सचिवालयलाई मजबुत र व्यवस्थित बनाउन उसले दिनरात मेहेनत गरेको थियो । हामीलाई के लागेको थियो भने ‘भाइ परिपक्व भइसक्यो र पार्टीको निडर सिपाहीजस्तै काम गर्नसक्ने भयो ।’ प्रहरी सुरक्षाकर्मीलाई पनि सही ढंगबाट कमाण्ड गर्न सक्दथ्यो प्रकाश ।

जसले प्रकाशलाई नजिकबाट बुझेको छैन, उनीहरुले सुनेको भरमै उसको नकारात्मक टिकाटिप्पणी गर्ने गर्दथे । जसले उसलाई नजिकबाट चिनेको छ, उनीहरुले प्रकाश कस्तो हो भनेर बुझिसकेका हुन्थे । प्रकाशको वास्तविक चरित्र के हो र ऊ कस्तो स्वभावको मान्छे हो भन्ने कुरा उसँग सङ्गत गर्ने र सहकार्य गर्नेहरुले राम्ररी बुझेका थिए । हावादारी, नबुझेर सोसल मिडियामा आएका कुराहरुकै भरमा आफ्नो दृष्टिकोण बनाइहाल्ने जुन प्रवृत्ति केही मान्छेहरुमा थियो, त्यसले समाजमा भ्रम सिर्जना गरेको थियो ।

प्रकाशले आफ्ना लागि भन्दा पनि समग्र पार्टी र बुवाका लागि काम गर्दथ्यो । वास्तवमा भन्ने हो भने भाइले आफ्नो व्यक्तिगत हितका लागि केही पनि गरेन । पार्टी र बुवाको लागि उसले जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्थ्यो। उसको समग्र विषयवस्तु बुझ्नेहरुले उसलाई एक परिपक्व, गम्भीर र लगनशील युवा व्यक्तित्व व्यक्ति मानेका थिए । प्रकाशले आफ्नो व्यक्तित्व पनि उचाइमा पु-याइसकेको थियो । आम युवा पङ्क्तिमाझ राम्रो प्रभाव छाड्न सफल भएको थियो ।

उसले त पार्टी र बुवाको सफलतालाई नै बढी ध्यान दिएको थियो । आफू म के हुन्छु भन्ने कहिल्यै पनि सोचेको थिएन प्रकाश । राजनीतिक हिसाबले ‘म यो हुन्छु, त्यो हुन्छु’ भन्ने भाइले कहिल्यै सोचेन । उसले आफूलाई कहिल्यै केन्द्रविन्दुमा राखेन । बुवालाई एक सफल राष्ट्रिय नेता बनाउने कुरामै उसको ध्यान थियो । त्यसरी हेर्दा प्रकाशमा राजनीतिक परिपक्वता थियो ।

जे–जस्तो भएपनि आज भाइको भौतिक शरीर हामीमाझ रहेन । तर, उसले गरेको त्याग र बलिदान हाम्रा लागि सधैं स्मरणीय नै रहनेछ । प्रकाशको निधन आज पनि हाम्रो लागि सपनाजस्तै भएको छ । परिवारका लागि त छँदैछ, सिंगो पार्टीमा समेत उसको निधनले अपुरणीय क्षति पुगेको छ । भाइको निधन हाम्रा लागि अकल्पनीय पीडा हो । तर, अब शोकलाई शक्तिमा बदल्नुबाहेक हामीसँग अर्को बिकल्प छँदै छैन । भाइका सपना साकार पार्न हामी जीवनपर्यन्त लागि रहनेछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search