Viber Community
Nop Ads

कोरोना महामारीकै समयमा जग्गाको मूल्य २६ प्रतिशतले बढ्यो

कोभिड–१९ महामारीकै समयमा घरजग्गाको मूल्य २६.४५ प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोभिड–१९ महामारीकै समयमा घरजग्गाको मूल्य २६.४५ प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा गरेको अध्ययन अनुसार वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत गत वर्षको घरजग्गाको मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ कोरानाको शुरुआती अवस्था हो । यस वर्षको चैत महिनादेखि नेपालमा पूर्ण लकडाउन गरिएको थियो । घरजग्गाको कारोबार हुँदा थैली रकम र घरजग्गा पास गर्दा मालपोत कार्यालयलाई तिरिने राजस्व दुवैलाई आधार मानेर राष्ट्र बैंकले अध्ययन गरेको थियो । मालपोत कार्यलयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।

वित्तीय क्षेत्र विकास रणनीति (२०७४–२०७७/७८) मा घरजग्गा मूल्य सूचकांक तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो । घरजग्गा मूल्य सूचकांक तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धता समेतलाई दृष्टिगत गरी नमुनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्यांक स्रोत केन्द्रबाट तथ्यांक संकलन गरिएको राष्ट्र बैंकले बताएको छ ।

छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्यांक स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो ।

सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्यांक संकलन गरिएको हो । नेपालको सन्दर्भमा तथ्यांक उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकांक तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको छ ।

घरजग्गा मूल्य सूचकांक निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवं राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ । राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घरजग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको पाइएको छ ।

मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । यसै गरी, वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमुनाका रुपमा लिइएको थियो ।

घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रयमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

व्यापार मेलाको तयारी बुटवलमा

उद्योग व्यापार संघ बुटवलले आगामी पुस ८ गतेदेखि औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको छ ।

निजी क्षेत्रको माग: करको नीतिगत र व्यवहारिक कठिनाइलाई तत्काल सरल बनाउन

नेपाल उद्योग वाणिज्य महासंघले कानूनमा उल्लेख भएको व्यवस्था सरकारकै निकायबाट भिन्न व्याख्या हुँदा उद्योगी व्यवसायीहरूले व्यवहारिक कठिनाई भोग्नुु परेको भन्दै करका सम्बन्धमा रहेका कठिनाइहरूलाई तत्काल सरल बनाउँदै लैजानु पर्ने माग राखेका छन् ।

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट

साताको अन्तिक कारोबार दिन बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर...

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search