बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

केपी ओली दबाबमा: पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।

Viber Community

नेपाल अनलाइन पत्रिका

Kp oli Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

वर्तमान अध्यक्ष केपी ओलीले दसौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्।तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरू धेरै भएका कारण मिलाउन समस्या भएको हो। एमालेले महाधिवेशनमा प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न बन्देज लगाएको छ।

घनश्याम भुसाललगायतका नेता कुन पदमा निर्वाचनमा लड्ने भन्ने द्विविधामा छन्। तर संसदीय दलका उपनेता सुवास नेम्वाङले केपी ओली ९अध्यक्ष० पछिको पदमा उम्मेदवारी दिने संकेत गरिसकेका छन्।

महासचिव ईश्वर पोखरेल विधानअनुसार महासचिवमा दोहोरिन नमिल्ने भएपछि उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। भीम रावल, अष्टलक्ष्मी शाक्यले पनि वरिष्ठ उपाध्यक्ष बन्ने चाहना राखेका छन्। माओवादीबाट एमालेमा आएका रामबहादुर थापाले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन्।

दसौं महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्य भइरहेकाले अहिलेसम्म कसैले पनि खुलेर उम्मेदवारी घोषणा गरेका छैनन्। वरिष्ठ उपाध्यक्ष एकजना मात्र हुने भएकाले सो पदका बाँकी आकांक्षीलाई उपाध्यक्षमा समेट्नुपर्ने बाध्यता छ।

रावल,शाक्य, नेम्वाङ, थापा, पृथ्वी सुब्बा गुरुङ, सत्यनारायण मण्डल, रघुजी पन्त, युवराज ज्ञवाली पनि त्यहीं समेटिनुपर्नेछ। राधा ज्ञवालीले पनि उपाध्यक्षका लागि तयारी गरेकी छन्। नेम्वाङ, थापा र ज्ञवाली नयाँ अनुहार हुन्।

अध्यक्षपछिको दोस्रो पदमा उम्मेदवारी दिने संकेत गरेका नेम्वाङले भने, ‘संसदीय दलमा म ओलीपछिकै पदमा छु।पार्टीमा पनि मेरो यस्तै उपस्थिति रहोस् भन्ने साथीहरूको चाहना छ, सल्लाह गर्दैछु।’

महासचिवका आकांक्षी पनि धेरै छन्। विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल महासचिवका दाबेदार देखिएका छन्। पौडेल एमाले–माओवादी एकीकरणका बेला महासचिव भैसकेकाले स्वाभाविक दाबेदार हुन्। नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार भई ईश्वरसँग थोरै मतले पराजित पाण्डेले यसपटक पनि सोही पदमा दाबी गरेका छन्।

पाण्डेले महासचिवभन्दा तल बसेर काम गर्न आफूलाई असजिलो हुने बताएका छन्। ‘पहिला पनि महासचिवमा थोरै मतले पराजित भएको हुँ, अहिले मेरो दाबी महासचिवका लागि स्वाभाविक हो तर यो महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको दिशामा उन्मुख भएकाले के हुन्छ भन्ने अवस्था छैन’, स्थायी कमिटी सदस्य पाण्डेले भने।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित शंकरले यसपटक महासचिवमा आकांक्षा राखेका छन्। हालका उपमहासचिव भुसाल दसौं महाधिवेशनबाट महासचिव बन्न चाहन्छन्। तर उनी महासचिव बन्ने सम्भावना कम रहेको एमाले वृत्तमा चर्चा छ। महासचिवका प्रमुख दाबेदार पौडेलले यो विषयमा अहिले केही पनि नबोल्ने बताएका छन्।

उनले केही छलफल नभएकाले अहिले नै उम्मेदवारी घोषणा गर्न हतार हुने बताए। ‘आन्तरिक छलफलपछि सबै विषय निर्धारण हुनेछ’,पौडेलले भने। महासचिवमा आकांक्षा राखेका मध्ये केहीलाई उपाध्यक्षमा समेट्नुपर्ने र केहीलाई उपमहासचिवमा राख्नुपर्ने भएकाले पनि समस्या खडा भएको एमाले नेताहरूले बताएका छन्।

त्यस्तै पदाधिकारीमा पर्ने उपमहासचिव पद एउटामात्र छ तर आकांक्षी धेरै छन्। हाल पौडेल र भुसाल गरी दुई उपमहासचिव छन्। गत असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिव एकजना मात्रै हुने व्यवस्था गरेको छ।

अहिले उपमहासचिवमा प्रदीप ज्ञवाली,गोकर्ण विष्ट, योगेश भट्टराईले पनि आकांक्षा देखाएका छन्। तर उनीहरूको बढुवा हुने सम्भावना निकै कम छ। सचिव पदका आकांक्षी पनि धेरै छन्। विधानअनुसार सातजना सचिव हुन्छन्। नयाँ अनुहारले सचिवमा दाबी गरिरहेका छन्।विष्णु रिमाल, गोकुल बाँस्कोटा, खगराज अधिकारी, महेश बस्नेत, किरण गुरुङ, शेरधन राई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा सचिवका लागि दाबी गरिरहेका नयाँ अनुहार हुन्।

माओवादीबाट एमालेमा आएका नेताहरूलाई पनि पदाधिकारीमा समेट्नुपर्ने भएकाले थप समस्या निम्तिएको छ। माओवादीबाट एमालेमा आएका लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि सचिवको दाबी गरिरहेका छन्। माओवादीबाट एमालेमा आएका र माधव नेपाललाई छाडेर एमालेमा बसेका प्रभावशाली नेताहरूलाई पनि पदाधिकारीमा मिलाएर लैजानुपर्ने दबाब नेतृत्वलाई परेको छ।

अध्यक्षबाहेकका पदाधिकारीमा आकांक्षा राख्ने नेताहरू धेरै भएकाले उनीहरूको व्यवस्थापनलाई ध्यानमा राखेर महाधिवेशनको हलबाट विधान संशोधन गर्नुपर्ने सुझाव आएको छ। एमालेका धेरै नेताले दसौं महाधिवेशन सर्वसम्मत हुने बताइरहेका छन्।

उनीहरूले कम्तीमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत भएपछि केन्द्रीय सदस्यमा भने निर्वाचन भए पनि फरक नपर्ने बताएका छन्। एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरेका छन्। ‘पार्टीलाई संकट परेका बेला सर्वसम्मत नेतृत्व चयन भए राम्रो सन्देश जान्थ्यो’,सुब्बाले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search