spot_img

अभिनेत्री खड्का: अरुको सहारामा फिल्म चलाउनुपर्छ भन्दा नराम्रो लाग्छ

कोभिड महामारीबीच हल खुल्दा नेपाली फिल्मले खासै प्रदर्शनको आँट गर्न सकेनन् । झन्डै २ वर्षपछि हल खुल्दा महामारीअघि प्रदर्शन रोकिएर बसेका फिल्मले पनि नयाँ मिति तोक्न सकेनन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

swastima khadka

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोभिड महामारीबीच हल खुल्दा नेपाली फिल्मले खासै प्रदर्शनको आँट गर्न सकेनन् । झन्डै २ वर्षपछि हल खुल्दा महामारीअघि प्रदर्शन रोकिएर बसेका फिल्मले पनि नयाँ मिति तोक्न सकेनन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर यसबीच प्रदर्शनमा आएको हिन्दी फिल्म ‘सुर्यवंशी’ले नेपालमै करोडौं रकम कमायो । अभिनेता अक्षय कुमारले भारतमा मात्र होइन नेपालका हलमा दर्शकको घुइँचो फर्काइदिए ।

हल खोलेसँगै प्रदर्शनमा आएको ‘डाँडाको वरपीपल’ले हलिउड फिल्मले पाएको दर्शक पनि बटुल्न सकेनन् । हिन्दी फिल्मले हलमा चहलपहल बढाइदिएपछि नेपाली फिल्मकर्मीले धमाधम फिल्मको प्रदर्शन तोक्न थाले । ‘चपलीहाइट ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’ले हिन्दी फिल्म पर्खिएको देखियो । कतिले नेपाली फिल्मकर्मीलाई आफ्नो फिल्ममाथि नै विश्वास नभएको, नेपाली फिल्ममा दर्शक तान्ने क्षमता नभएको भन्दै आलोचना गरे ।

फिल्म प्रदर्शनका लागि नेपालीले हिन्दी फिल्मकै भर परेको सुन्दा कस्तो लाग्छ ? राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्कालाई प्रश्न सोध्दा उनले जवाफमा नराम्रो लाग्ने सुनाइन् ।

‘बलिउड/हलिउड फिल्मसँग हाम्रो फिल्म जुध्दा हामीलाई खुसी लाग्दैन । तर फिल्म रिलिज गर्नलाई हामी बलिउड र हलिउड फिल्म कुर्नुपर्ने रहेछ भन्दा कलाकारका हिसाबले नराम्रो त लाग्छ । तर फिल्ममा ठूलो लगानी हुन्छ । लगानीकर्ताले त फिल्म प्रदर्शन गर्नु अगाडि २ चोटी सोच्छन् नि ! तर अरुको सहारामा फिल्म चलाउनुपर्छ भन्दा नराम्रो लाग्दो रहेछ,’उनले भनिन् । उनी अभिनित फिल्म ‘चपलीहाइट ३’ पुस २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार