Viber Community
Nop Ads

अमेरिकाले नेपालको पक्षमा गर्यो ठूलो घोषणा मोदी नै झस्किनेगरी, एमसीसी पास हुनुहुदैन भन्नेहरु समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

अमेरिकाले नेपालको नाम लिदै ठूलो घोषणा गरेको छ । अमेरिकाको घोषणाले भारत झस्किएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाल सार्वभौम देश भएकाले अबदेखि अमेरिकाले त्यही अनुसारको कुटनीति अबलम्बन गर्ने घोषणा गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकाले नेपालको नाम लिदै ठूलो घोषणा गरेको छ । अमेरिकाको घोषणाले भारत झस्किएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाल सार्वभौम देश भएकाले अबदेखि अमेरिकाले त्यही अनुसारको कुटनीति अबलम्बन गर्ने घोषणा गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

शुक्रबार साँझ पत्रकारसँग अन्तर्क्रिया गर्दै लुलेले अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताएका हुन् । अमेरिकाको यो अभिव्यक्तीको एमसीसी विरोधीहरु समेत प्रशंसा गरेका छन् । केही एमसीसीका कट्टर विरोधी अभियान्ता र नेताहरुले गलतलाई गलत र सहीलाई सही भन्नुपर्छ भन्दै प्रतिक्रिया दिएका छन् ।

उनले यो भन्दा अघि भारतलाई केन्द्रमा राखेर नेपालको विश्लेषण हुने भएको भएपनि अब यसमा परिर्वतन भएको बताए । भारतसँग अमेरिकाको सम्बन्ध सुमधुर भइरहेका बेला सहायक विदेश मन्त्री लुले दक्षिण एसियाका अरू मुलुकलाई भारतसँग नराख्ने बताएका हुन्।

नेपालमा अमेरिकाको सबैभन्दा ठूलो चासो यो मुलुक स्वतन्त्र र सार्वभौम भइरहोस् भन्ने रहेको लुले बताए। ‘नेपाल ठूलो देश छ र दुई ठूल्ठूला देश यसका छिमेकी छन्। यस्तो अवस्थामा नेपाल स्वतन्त्र र सार्वभौम रहिरहोस् भन्ने अमेरिकाको चाहना छ,’ लुले भने,‘अर्कातिर नेपाल धेरै सम्भावना भएको मुलुक हो।

हामी त्यो सम्भावनालाई सबैको विकासमा बदल्न सहयोग गर्न चाहन्छौं र नेपालमा अमेरिकी लगानी बढाउन चाहन्छौं।’भारतपछि विभिन्न देशमा राजदूत बनेर काम गरेका लुलाई दुई महिना अघिसम्म यो क्षेत्र पूरै हेर्नु पर्ने जिम्मेवारी आएको थिएन। दक्षिण तथा मध्य एसियाली मामला हेर्ने जिम्मेवारी पाएपछि उनले आफ्नो बुझाइअनुसार काम थाले।

‘भारतसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ। हाम्रो सम्बन्धका विभिन्न आयाम छन्। तर भारतसँगै दक्षिण एसियाका अरू मुलुकलाई पनि एउटै टोकरीमा राख्दा अरू मुलुकसँगको हाम्रो सम्बन्ध प्रशासनिकमात्रै हुन्छ,’ लुले भने। यसको थप व्याख्या गर्न उनले सँगै रहेकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङलाई अनुरोध गरे। किडरलिङ पहिलो पटक नेपाल आएकी हुन्।

‘लु सहायक विदेश मन्त्री नियुक्त भएपछि उहाँले मलाई यो क्षेत्रमा भारत र अरू मुलुकहरू नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकालाई छुट्टाछुट्टै राख्नुपर्छ भन्नुभयो,’ किडरलिङले भनिन्,‘त्यसो गर्दा अरू मुलुक मर्कामा पर्दैनन् र द्वीपक्षीय सम्बन्ध मजबुद् हुन्छ। अब हामी नेपालसहित दक्षिण एसियाका अरू मुलुकलाई भारत सँगै राखेर हेर्दैनौं, छुट्टै हेर्छौं। त्यही भएर म यहाँ आएकी हुँ।’

अमेरिकाको विदेश मन्त्रालयमा प्रवेश गरेको एक वर्षमै नेपाल आएका लु यसपालि दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री नियुक्त भएको दुई महिना नपुग्दै काठमाडौं आइपुगेका छन्। गत सेप्टेम्बरमा राष्ट्रपति जो बाइडेनले उनलाई सहायक विदेश मन्त्रीमा नियुक्त गरेका थिए।

‘१९९३ मा आउँदा मलाई नेपाल निकै धनी लागेको थियो। कला, संस्कृति, प्राकृतिक सम्पदाले नेपाल निकै धनी छ। यो धेरै सम्भावना भएको देश हो भन्ने मलाई लाग्छ,’ सहायक विदेश मन्त्री लुले भने।

चिनियाँ मूलका बुवा र अमेरिकी आमाका सन्तान लुले पाकिस्तानपछि भारतको नयाँ दिल्लीमा दुई पटक गरेर ६ वर्ष बिताए। भारतमा बस्दा उनले दक्षिण एसियाको भू–राजनीतिसँगै यहाँको कला, संस्कृति र सभ्यता चिन्ने मौका पाए। यो क्षेत्रमा भारतको प्रभाव पनि महशुस गरे।

पछिल्लो समय अमेरिका र भारतबीचको सम्बन्ध गहिरिँदो छ। चीनसँग चिसिएको दुबै देशको सम्बन्धले उनीहरूलाई झन् नजिक बनाइरहेको छ। यो क्षेत्रमा चीनको प्रभावलाई कम गर्न बनेको क्वाड गठबन्धनमा उनीहरूसँगै छन्। रणनीतिक गठबन्धन क्वाडमा भारत, अमेरिका, अष्ट्रेलिया र जापान सम्मिलित छन्।

‘एमसिसी ऋण होइन, अनुदान हो। संसारका थोरै मुलुकले मात्रै यो पाएका छन्। पैसा केमा खर्च गर्ने भन्ने सम्बन्धित देशका सरकारले नै छानेका छन्। अनुदान लिने कि नलिने निर्णय गर्न नेपाल सार्वभौम छ,’ लुले भने,‘तर धेरै ढिला भयो भने पैसा अन्त जान सक्छ।’

तपाईंले नेपाली नेताहरूलाई एमसिसी पास गर्न कुनै समय–सीमा भन्नुभएको छ रु भन्ने प्रश्नमा सहायक विदेश मन्त्री लुले समय सीमा नभए पनि अब एमसिसीबारे निर्णय गर्न नेपालले धेरै ढिला गर्न नहुने बताए। ‘यसअघि नै धेरै समय भइसकेको छ। अझै धेरै ढिला गर्नु राम्रो हुँदैन,’ लुले भने।

नेपाली नेताहरूसँगको कुराकानीका क्रममा एमसिसीबारे उनीहरूको धारणा सुनेर आफू आशावादी भएको उनले बताए। नेपालमा एमसिसीबारे केही गलत सूचनाहरू रहेको आफूले बुझेको उनले बताए। त्यस्ता गलत सूचनाका पछि कुनै बाह्य कारण छ भन्ने तपाईं ठान्नुहुन्छ रु भन्ने प्रश्नमा सहायक विदेश मन्त्री लुले यसमा बाह्य असर हुनुपर्ने कारण नभएको बताए।

‘नेपालले एउटा मुलुकसँग सम्बन्ध राम्रो बनाउन अर्कोसँग बिगार्नुपर्छ भन्ने मलाई लाग्दैन। नेपालले चीन, भारत, जापान, बेलायत, युरोपियन युनियनसँग राम्रो सम्बन्ध बनाओस् र विकास गरोस् भन्ने अमेरिका चाहन्छ,’ लुले भने।

प्रजातान्त्रिक प्रणालीका आफ्नै जटिलता भएकाले निर्णय गर्न केही समय लाग्नु स्वभाविक भएको लुले बताए।नेपालको राजनीति निकै जटिल भए पनि नेताहरू निकै फरासिला भएका आफूले पाएको उनले बताए।

‘यहाँको राजनीति निकै जटिल छ तर नेताहरू निकै फरासिला छन्। उनीहरू एक९अर्कासँग कुरा गर्छन् र आफूलाई लागेका कुरा भन्छन्,’ लुले भने,‘प्रचण्डलाई भेट्दा त मलाई रोचक लाग्यो। संसारका धेरै मुलुकमा युद्ध निकै रक्तपात भएर सकिन्छ। यहाँ त हिजोका विद्रोही अहिले नेता छन्।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भिम रावलले जितेर पनि किन अस्वीकार गरे पद ? यस्ताे छ कारण

एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search