बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

केपी ओलीका यी हुन् सम्भावित ७ उत्तराधिकारी, माहासचिव र उपाध्यक्षमा ल्याउदै छन् यी दुई पात्र !

नेतृत्व हस्तान्तरणको सवालमा नेकपा एमालेको दशौँ महाधिवेशन निरर्थक हुने भएको छ । केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण एमालेको दशौं महाधिवेशनलाई नेतृत्व परिवर्तनका दृष्टिले चासोरहित मानिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेतृत्व हस्तान्तरणको सवालमा नेकपा एमालेको दशौँ महाधिवेशन निरर्थक हुने भएको छ । केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण एमालेको दशौं महाधिवेशनलाई नेतृत्व परिवर्तनका दृष्टिले चासोरहित मानिएको छ । यद्यपि, ११ औं महाधिवेशनका लागि ओलीको उत्तराधिकारी को बन्न सक्छन् भन्नेबारे दशौं महाधिवेशनले प्रारम्भिक खाका भने तयार पार्ने देखिन्छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दशौं महाधिवेशनबाट एमालेमा अध्यक्षपछिको शक्तिशाली पद ‘महासचिव’ को होला भन्नेबारे लेखाजोखा हुन थालेको छ । दशौं महाधिवेशनमा महासचिव बन्न सफल व्यक्ति र सो पदका दाबेदार नै ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि स्वाभाविक दाबेदार मानिने छन् ।

महासचिव पदका लागि धेरै नेता आकांक्षी देखिएकाले पनि एमाले वृत्तमा भावी महासचिवबारे चासो र चर्चा बढ्न पुगेको हो । एमाले महासचिवको उम्मेदवारका रुपमा केही नेताले शंकर पोखरेलको नाम लिन थालेका छन् भने केहीले विष्णु पौडेल त केहीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको चर्चा गरिरहेका छन् ।

मंसिर १० गते चितवनको नारायणी किनारमा उद्घाटन गरेर सौराहामा हुने बन्दसत्रपछि नेतृत्वका लागि निर्वाचन हुनेछ । दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्येबाटै ११ औं महाधिवेशनको नेतृत्व लिने भएकाले पनि दशौं महाधिवेशनमा एमाले महासचिव को बन्ला भन्ने धेरैका लागि चासो हुन पुगेको हो ।

हुन त यसअघि आफूले कक्षा नदोहोर्याउने बताएका एमाले अध्यक्ष ओलीले पुनः एक कार्यकाल नेतृत्व सम्हाल्ने घोषणा गरे अनुसार तयारीसमेत गरिसकेका छन् । दशौं महाधिवेशनबाट अध्यक्षमा ओली दोहोरिने लगभग निश्चित भएपनि ११ औं महाधिवेशनबाट उनी बाहिरिने पनि निश्चित छ ।

एमालेको पछिल्लो विधानमा राखिएको ७० वर्षे प्रावधानका कारण ११ औं महाधिवेशनबाट अध्यक्ष ओली र हालका महासचिव ईश्वर पोखरेल समेत बाहिरिने पक्का छ । ओली र पोखरेलसँगै नेता सुवास नेम्वाङ पनि यही विधान कायम रहे ११ औं महाधिवेशनमा प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।

उमेर हदकै कारण कतिपय दोस्रो पुस्ताका नेतामध्येबाट ११ औं महाधिवेशनलाई मध्यनजर गरेर अध्यक्षपछिको कार्यकारी पद अर्थात् महासचिव पद कसले पाउला भन्नेमा धेरैको चासो हुन थालेको एमाले नेता कार्यकर्ताहरु बताउँछन् ।

किनभने, कम्युनिस्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण र शक्तिशाली पद भनेकै महासचिव हो । सोही कारण अहिले महासचिव पदमा जो पुग्छ अपवादबाहेक ११ औं महाधिवेशनमा एमालेको अध्यक्ष उही हुनेछ भन्नेमा कुनै शंका छैन । त्यसैले पनि दशौं महाधिवेशनमा महासचिवका लागि धेरै नेता आकांक्षी बनेका हुन् ।

दशौं महाधिवेशनमा एमाले महासचिव पदका लागि नेताहरु घनश्याम भुसाल, शंकर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, पृथ्वी सुब्बा गुरुङ लगायतका नाम चर्चामा छन् । यसबाहेक हाल सचिव रहेका प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि महासचिवमा आकांक्षा राख्नुपर्ने अवस्थामा छन् । ज्ञवाली, भट्टराई, विष्ट र पाण्डे ११ औं महाधिवेशनमा अध्यक्षको दावी गर्नकै लागि भए पनि यो पटक महासचिवमा दावेदारी गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search