बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

फेरि फुट एमालेमा, समानन्तर कमिटी बनाउदै रावल पक्ष

कैलाली क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कैलाली क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । विवादकै कारण कैलाली क्षेत्र नम्बर २ मा मंगलबार एमालेले गरेको महाधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले बुधबार (आज) फेरी महाधिवेशन प्रतिनिधि छनौटका लागि भेला आह्वान गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटेलमा भेला आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएको उनले बताएका छन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महाधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाइँले भने, ‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर २ मा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौँ ।’ बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार नौँ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको बताए । उनले पार्टीकाविरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन् ‘नेकपा एमाले लम्कीमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजनामा गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन ।

पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरी उचित कारबाहीको विषय बनाउनेछ । र त्यस्ता कार्यक्रममा भुलवश पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरूलाई सूचित गरिन्छ ।

अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरी बस्ने छुट छैन । त्यसैले कसैको उक्साहट, इगो र पार्टीको आन्तरिक जीवनलाई विरोधी शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चँदै दशौँ महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौँ ।’ एमालेले आजै धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search