spot_img

गृहमन्त्री खाणले अकल्पनिय झड्का खाने सङ्केत !

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाण आफ्नै जिल्लामा धक्का खाने सङ्केत गरिएको छ । गृहमन्त्री बालकृष्ण खाण रूपन्देहीमा निकै कमजोर देखिएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

balkrishna khand

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाण आफ्नै जिल्लामा धक्का खाने सङ्केत गरिएको छ । गृहमन्त्री बालकृष्ण खाण रूपन्देहीमा निकै कमजोर देखिएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत रूपन्देहीमा सम्पन्न निर्वाचन परिणामलाई हेर्दा खाण आफ्नै जिल्लामा कमजोर देखिएका हुन्।

शुक्रबार सम्पन्न प्रदेशसभा क्षेत्र निर्वाचनमा तीन वटा क्षेत्रमा मात्र खाण निकटको प्यानल विजयी भएको छ।

खाण समूहबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट नवीनराज आचार्यको समूह र ‘ख’ बाट मदनप्रसाद पोखरेलको प्यानल विजयी भएको छ। आचार्य र पोखरेल दुबै केन्द्रमा देउवा र जिल्लामा खाण समूहमा रहेका छन्।

गृहमन्त्री खाणको गृहनगर र बलियो पकड रहेको भनिएको प्रदेशसभा निर्वाचन क्षेत्र ३ ‘क’ मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ। ३ ‘ख’ बाट भने देउवा खाण समूहका घनश्याम चालिसे नेतृत्वको प्यानल नै निर्वाचित भएको छ।

रुपन्देहीको क्षेत्र नम्बर २ अन्तर्गत दुई वटै प्रदेशसभा क्षेत्रबाट भने पौडेल पक्षको प्यानल विजयी भएको छ। २ को ‘क’ बाट लुम्बिनी प्रदेश प्रतिनिधिको रूपमा उम्मेदवार बनेका खाणका स्वकीय सचिव विजेश न्यौपाने पनि पराजित भएका छन्।

रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटिएर बनेको उक्त निर्वाचन क्षेत्रबाट न्यौपानेसँगै खाण समूहको प्यानल नै पराजित भएको हो।

सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार