सोमवार, मंसिर १३, २०७८
spot_img

रामदेवले सञ्चालनमा ल्याएका टिभीबारे प्रचण्डले भने-मैले सोध्दा त विधिवत् रूपमै हो भन्नुभाथ्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रामदेवको नेपालमा स्वीकृति नै नलिएको टिभी च्यानलको उद्घाटन भएको विषयमा जानकारी नभएको बताएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामदेवको नेपालमा स्वीकृति नै नलिएको टिभी च्यानलको उद्घाटन भएको विषयमा जानकारी नभएको बताएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको दुई टेलिभिजन च्यानल उद्घाटन कार्यक्रममा प्रचण्ड पनि सहभागी थिए।

‘स्वीकृत दिने व्यक्ति होइन, मेरो पार्टीले नेतृत्व गरेको मन्त्रालय पनि होइन,’ उनले भने, ‘मैले सोध्दा त विधिवत रूपमै हो भन्नुभाथ्यो।’

कानुनले विदेशी लगानी प्रतिबन्ध गरेको अवस्थामा भारतीय योगगुरू र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा दुई टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन्।

दर्ताबिना कुनै पनि सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार