spot_img

भीम रावल: देउवा, प्रचण्ड र नेपालले भारतीय योगगुरूलाई टिभी उद्घाटन गर्न दिएर विदेशीको चाकडी गरे

एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आमसञ्चारमा कानुनले रोकेको विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

bhim rawal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आमसञ्चारमा कानुनले रोकेको विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरूलाई टिभी उद्घाटन गर्न दिएर विदेशीको चाकडी गरेको आरोप लगाएका हुन्।

शनिबार ट्वीटरमा लेख्दै रावलले भनेका छन्, ‘प्रम देउवा,प्रचण्ड र माधव नेपालले कानुनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानुनको निर्लज्ज उल्लंघन हो।’

उनले ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसिसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्’ भनेका छन्। पतञ्जली आयुर्वेदका लगानीकर्ता तथा योगगुरू रामदेव, पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णले शुक्रबार काठमाडौंमा आस्था नेपाल र पतञ्जली नेपाल टिभी सञ्चालनमा ल्याएका छन्। दुबै टिभीको उद्घाटन मण्डिखाटारस्थित पतञ्जलीको आश्रममा प्रधानमन्त्री देउवाले गरेका थिए।

प्रचलित कानुनविपरीत अनुमतिबेगर नै सञ्चालनमा ल्याइएका विदेशी लगानीका दुई टिभी उद्घाटन गरेको भन्दै देउवाको आलोचना भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार